राष्ट्रपतिलाई दुर्व्यवहार गरेको आरोपमा १५ जना पक्राउ : गृहमन्त्री

काठमाडौं, पुस १२ । व्यवस्थापिका–संसद्को आजको बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले सार्वजनिक महत्वका केही विषयमा सरकारको धारणा प्रस्तुत गर्दै यही पुस १ गते जनकपुरमा भएको घटनाबारे जानकारी गराएका छन् ।
उनले जनकपुरमा राष्ट्रपतिमाथि भएको अपमानजक एवम् अभद्र व्यवहारको सरकारले निन्दा गरेको र उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा तीनवटै सुरक्षा निकायका उच्च पदाधिकारी सम्मिलित छानबिन टोली गठन गरिएको जानकारी दिए ।
जानकी मन्दिरमा तोडफोड तथा राष्ट्रपतिमाथि पेट्रोल बम प्रहार गरेको अभियोगमा ११ पुरुष र चार महिला पक्राउ परेकामा तीन जनालाई सार्वजनिक अपराध ऐन र एकलाई प्राचीन स्मारक ऐनअन्तर्गत कारबाही अघि बढाइएको गृहमन्त्रीले बताए ।
राष्ट्राध्यक्षमाथि अभद्र व्यवहार गर्ने तथा जानकी मन्दिरका महन्थमाथि कुटपिट गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि सरकार प्रतिवद्ध रहेको उनले स्पष्ट पारे ।
वार्ता र संवादको माध्यमबाटै तराई–मधेसमा जारी आन्दोलन समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै मन्त्री बस्नेतले इन्धनलगायत दैनिक उपभोग्य सामग्रीको सहज आपूर्तिको व्यवस्था मिलाउन बिना अवरोध राजमार्ग सञ्चालन गर्न सरकार क्रियाशील रहेको उनले बताए ।
तराई मधेसमा केन्द्रीत दलका सांसदको होहल्ला र नाराबाजीकाबीच गृहमन्त्रीले सार्वजनिक महत्वको विषयमा सरकारको धारणा प्रस्तुत गरेका थिए ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget