बाहुनीसँग बिहे गर्दा पार्टी नै छाड्नुपर्‍योः मीन विश्वकर्मा

२० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद मीन विश्वकर्माले आफूले बाहुनीसँग बिहे गरेकै कारण पार्टी छोड्नुपरेको बताएका छन् ।
नयाँ पत्रिकासँगको कुराकानीमा विश्वकर्माले आफूले बाहुनीसँग बिहे गरेपछि कम्युनिष्ट राजनीति गरिरहे पनि पार्टीले अहिले नै सामाजिक परिवर्तन भइसकेको छैन भन्दै आफू रहेको कमिटीले कारबाहीको पत्र लेखेको सुनाएका छन् ।
भोजपुर सदरमुका टक्सारमा जन्मिए हुर्किएको आफू भोजपुर सदरमुकामबाटै एमाले अखिलको राजनीतिमा जोडिएको विश्वकर्माले बताएका छन् । आफू अखिलमै हुँदा ४६ सालको आन्दोलन सुरु भएको भन्दै आन्दोलनकै क्रममा आफूलाई निरु पौडेलले मन पराएको र ४६ सालको आन्दोलन सकिएपछि साथीहरुलाई साक्षी राखेर २०४७६ वैशाख १७ गते विवाह बन्धनमा बाँधिएको उनले बताए । उनले भने -हामीले विवाह गरेपछि कमिटीमा रहेका साथीहरुले कारबाहीको पत्र लेखे, ‘किन कारबाही ?’ भनेर हामीले प्रश्न राख्यौ । ‘अहिलेनै सामाजिक परिवर्तन भएको छैन । यो विहेले समस्या निम्त्याउँछ भन्ने कमिटीको जवाफ पायौ ।’
आफूलाई कारबाहीको पत्र पाएपछि मनमोहन अधिकारीलाई भेटेको सुनाउँदै विश्वकर्माले अधिकारीले अबुझहरुले गरेको कारबाहीकै आधारमा पार्टी नछाड्न आग्रह गर्दै मदन भण्डारीलाई भेट्न आग्रह गरेको बताए । मदन भण्डारीसँगको भेटमा आफ्नो पीडा सुनाउँदै कम्युनिष्ट रहन नसक्ने भए भनेर सुनाउँदा भण्डारीले आफूलाई सम्झाउँदै तपाईले कस्तो नबुझेको, सारा नेपाली प्रजातन्त्रवादी बन्न चाहेकाले पार्टीलाई नै प्रजातन्त्रवादी बनाउँदै गरेको बताउँदै सुन्नुभएन जनताको बहुदलीइ जनवाद भनेको ? तपाईलाई बहुदल मनपर्छ नि होइन भनेको बताए । तर, आफूलाई कम्युनिष्टको नाम राखेर प्रजातान्त्रिक पार्टीजस्तो तरिकारले गरेको व्यवहार मन नपरेपछि कम्युनिष्ट पार्टी त्यागेको बताए ।
पछि गिरिजाप्रसाद कोइरालाले आफूलाई कांग्रेसमा आउन आग्रह गरेको बताउँदै विश्वकर्माले भने-‘पार्टीमा भएको कारबाहीको बारेमा गिरिजाप्रसाद कोइरालाले थाहा पाउनुभएछ । अनि मलाई कांग्रेसमा आउन आग्रह गर्नुभयो । मैले कांग्रेस नबन्ने स्वतन्त्र प्रजातन्त्रवादी बन्ने बताएपछि एक दिन मलाई नै खबर नगरी मेरो घरमा गिरिजाप्रसाद कोइराला, विजय गच्छदार, विनोद राईलगायतको टोली आएर कांग्रेसमा पनि स्वतन्त्र प्रजातन्त्रवादी हुन पाइने बताएपछि एक कार्यक्रमका बीच कांग्रेसमा प्रवेश गरेको हुँ ।’
onlinekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget