तराई आन्दोलनले बनाएको एउटा ‘मोडिफाइड् बस’

मंसिर १२, २०७२- साढे तीन महिनादेखि जारी तराई–मधेस आन्दोलनले लामो दूरीका बसको बिजोग भएको छ ।


सिसा नफुटाएको र ढुंगाले दुलो नपरेको सायदै कम सवारी भेटिन्छन् । यति हुँदा पनि व्यवसायीले गाडी चलाएका छन्, चालक र यातायात मजदुरले ज्यान जोखिममा राखेर गाडी हाँकिरहेका छन् ।

लामो दुरीका बसको हालत बिरत्तलाग्दो छ । व्यवसायीले प्लाष्टिक बेरेर, तारको जाली राखेर लामो दूरीका गाडी चलाइरहेका छन् ।

पूर्वबाट आइपुगेको एउटा मोडिफाइड् बस काठमाडौंमा शनिबार भेटियो । अगाडिको सिसा प्लाइउडले घेरेर बीचमा सिसा राखेर बसमा चालकलाई सुरक्षित गराइएको थियो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget