जोगवनी नाकाबाट राजेन्द्र महतो पक्राउ

पुस ११
जोगवनी नाकामा भएको झडपका घाइते भएका राजेन्द्र महतो

काठमाडौं– मोरङको विराटनगरस्थित जोगवनी नाकाबाट  मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पक्राउ परेका छन् ।
प्रहरीले उनलाई जोगबनी नाकाबाट पक्राउ गरेको घटनास्थलमै रहेका पत्रकार पंकज दासले रातोपाटीलाई जानकारी दिए ।

हिजो वीरगञ्जबाट विराटनगर पुगेका  महतो आज भारतसँगको सीमानाका जोगबनीमा धर्ना बस्न पुगेका थिए । तर, त्यहाँ धर्ना प्रहरीले अवरोध  गरेको थियो । प्रहरीले हस्तक्षेप गरेर धर्नास्थल खाली गराउन खोज्दा  आन्दोलनरत पक्ष र प्रहरीबीच झडप समेत भएको   छ । सो क्रममा  केहि आन्दोलनकारीसहित उनी  समेत घाइते भएको बताइएको छ ।

यसैबीच अहिलेपनि विराटनगरको रानी भन्सार क्षेत्र तनावग्रस्त छ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget