Latest Post

काठमाडौं, फागुन १८ । गत वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’पछिको पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।

मंगलबार दिउँसो ४ बजेर ३० मिनेटमा पनि सिन्धुपाल्चोकको चौतारा आसपास केन्द्रबिन्दू भएर ४.३ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

वैशाख १२ को शक्तिशाली भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूडमाथिका ४३७ ओटा पराकम्पनका धक्का मापन भइसकेका छन्
imagekhabar

अमेरिकाले आफ्ना नागरिकलाई नेपाल यात्रामा लागाएको ट्राभल एडभाइजरी वार्निङ हटाएको छ । अमेरिकी विदेश मन्त्रालयले सोमबार नेपालमा लगाइएको भ्रमण चेतावनी खारेज गरेको जानकारी दिएको हो ।



नेपालमा संविधान जारी भएपछि उत्पन्न नाकाबन्दी लगाएका परिस्थिति पछि अमेरिकाले गत असोज २१ मा आफ्ना नागरिकलाई नेपाल भ्रमणमा पालना गर्नु पर्ने एडभाइजरी वार्निङ जारी गरेको थियो।


अव भने अवस्था सामान्यीकरण भएको संकेत गर्दै अमेरिकाले यो चेतावनी हटाएको हो । यद्यपी अवस्था अनुसार यस्तो चेतावनी पुनः जारी हुन सक्ने अमेरिकाले जनाएको छ ।

केही दिन अघि मात्र अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाललाई स्पेसल ट्रेड प्रेफरेन्सेस (विशेष व्यापार ग्राह्यता) दिन स्वीकृति प्रदान गर्ने कानुनमा हस्ताक्षर गरेका थिए ।

अब नेपालबाट अमेरिका निर्यात हुने ६६ प्रकारका सामाग्रीमा भन्सार छुट हुने छ । जसमा कार्पेट, गार्मेन्टका उत्पादनदेखि यात्रा गर्दाको बखत प्रयोग हुने सामाग्रीसम्म छन् ।

यस्तै अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले नेपालबाट आयात गरिएका सामाग्रीले अमेरिकी अर्थतन्त्रलाई नकारात्मक असर पार्ने, नपार्ने अध्ययन गरेपछि नेपालबाट निर्यातित सामाग्रीमा वैधानिक भन्सार छुट प्राप्त हुने छ ।


 News24Nepal

नेपाली फुटवलका चर्चित खेलाडी भोला सिलवालले लगन गाठो कसेका छन। विराटनगरकी एलीजा आचार्यसंगको चार वर्षे प्रेमलाई भोलाले सोमवार लगन गाठो कसेका हुन ।
राष्ट्रिय फुटवल टिममा ११ वर्षयता खेलीरहेका १७ नम्वर जर्सिका भोलाले फा
ल्गुन १७ गते वीवीए अध्ययनरत एलीजासंग विवाह गरेर लक्की नम्वर बनाएका हुन । नेपाल पुलिस क्लवका उपकप्तान समेत रहेका भोला नेपाली फुटवलमा लामो समय टिकेर खेल्ने लोकप्रिय खेलाडी हुन ।
भोलाको विवाहमा सहकर्मी रविन श्रेष्ठ सहित उनका विराटनगरका साथीभाई ईष्टमित्रहरुको बाक्लो उपस्थिति थियो। फ्रेव्रुवरी २९ अर्थात हरेक चार वर्षमा एक पटक मात्र आउने सोमवारको दिन‘लिप ईयर’मा विवाह गरेका भोलाले अर्को संयोग जुराएका छन ।
nepaljapan

काठमाण्डौ १८ फागुन – सर्वोच्च अदालतको आदेशविपरीत सरकारले कानुनी मापदण्डबिना नै पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई विलाशी गाडी सुविधा दिएको छ ।सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई जथाभावी गाडी, इन्धनलगायतका सुविधा दिन थालेपछि सर्वोच्चले स्पष्ट कानुनी मापदण्ड नबनाई कसैलाई पनि सुविधा नदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका नाममा आदेश जारी गरेको थियो ।

मन्त्रिपरिषदको निर्णयका नाममा सरकारले दाहाललाई विलाशी गाडी, चालक, इन्धन मोबिल र मर्मत खर्च दिन थालेको हो । ‘उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पूर्व प्रधानमन्त्री दाहाललाई हलुका सवारी चालकसहितको सवारी साधन एक र मासिक २ सय ३० लिटर पेट्रोल, मोबिल ५ लिटर ९त्रैमासिक० प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत उपलब्ध गराउने’ मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ ।

दाहाल कानुनी मापदण्डबिना नै सरकारबाट गाडीलगायतको सुविधा पाउने नवौं भाग्यमानी नेता भएका छन् । यसअघिदेखि नै सरकारबाट विलाशी गाडीसहितको सुविधा पाइरहेकामा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल, तत्कालीन मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्व सभामुख सुवास नेम्वाङ र पूर्वगृहमन्त्री वामदेव गौतम र कांग्रेस सांसद अमरेशकुमार सिंह छन् ।
कान्तिपुर दैनिकबाट ।

समाजमा अपराध र त्यसको नियन्त्रण पनि पुरुषको आँखाबाट हुन्छ भनेर मैले भनेँ भने त्यो गतल हुन्छ कि सही ?

त्यो सही होइन । अपराध नियन्त्रण र अनुसन्धान गर्दा सबै पक्षको अध्ययन हुन्छ । अपराध गरेको प्रमाणित भए सजाय त एउटै हो । बरु, अपराधको सजायपछि समाजमा पुनस्र्थापित हुन पुरुषलाई भन्दा महिलालाई अलि अप्ठ्यारो हुन्छ । पुरुषलाई घरपरिवारले पनि सजिलै अपनाउँछ भने महिलालाई त्यो खालको वातावरण हुँदैन ।

हिंसापीडित महिलाको गुनासो–उजुरी सजिलैसँग दर्ता हुँदैन, किन ?

मलाई त त्यस्तो लाग्दैन । अहिले महिलालाई सबै क्षेत्रमा प्राथमिकता दिइएको छ । हिंसाको घटना दर्ता हुँदैनन् भन्ने होइन । किन दर्ता भएन भन्ने कुराचाहिँ घटना बुझेर मात्र भन्न सकिन्छ ।

मानव बेचबिखनमा किटानी जाहेरी दिँदा पनि अपराधीलाई प्रहरीले गिरफ्तार नै गर्दैन भन्ने महिलाको गुनासो गलत हो त ?

पीडितको बयान र त्यसअनुसारको प्रमाण तयार गरेर बेचबिखनको मुद्दा चल्ने हो । आरोपित व्यक्ति देशबाहिर भागेको छ भने एउटा कुरा हो, होइन भने घटनाको छानबिन कुन निकायबाट भएको छ र कुन युनिटले मुद्दा चलाएको छ, त्यो खुल्नुप-यो । सबैलाई एउटै बास्केटमा राखेर हेर्नुहुँदैन । कुन घटनाले कुन ठाउँमा प्राथमिकता पाएन, ल्याउनुस् मेरो कार्यक्षेत्रभित्र हो भने नगर्नेलाई सजाय दिन्छु । सबै ठाउँको जिम्मा त म लिन सक्दिनँ । महिला बेचबिखनजस्तो संवेदनशील विषयमा अपराधी छोड्ने काम त कुनै पनि हालतमा हुनै सक्दैन ।
सामान्यतया महिलाले त्यत्तिकै कसैमाथि आरोप लगाउँदैनन् । कुनै केस पुलिसको क्षमताभन्दा बाहिर रहेछ भन्ने भन्न सकिँदैन । फेरि किटानी जाहेरी आफैँमा पूर्ण हुँदैन । कारबाहीका लागि प्रमाण जुटाउन अनुसन्धान गर्नुपर्‍यो । त्यत्तिकै पुलिसले गरेन भन्ने कुरा मलाई उचित लाग्दैन ।

यो तपाईंको कार्यक्षेत्रभित्र पर्छ कि पर्दैन ?
पर्छ ।

पछिल्ला केही घटना हेर्दा समाज झनै क्रूर बन्दै गएको छ भन्ने लाग्दैन ?

समाज क्रूर बन्दै गएको छ भन्न त सकिँदैन । तर, प्रेममा धोका र ब्ल्याकमेलिङका कारण विक्षिप्त भएको बेला मानिस उत्तेजनामा आएर यस्ता घटना हुने गरेका छन् । मानिसलाई बाँध्ने भनेको कानुनले नै हो । भएका कानुन कडाइका साथ पालना गरेर अपराधी उन्मुक्त हुन सक्दैन भन्ने डर हुन जरुरी छ । परिवारले पनि छोराछोरी कहाँ, कसरी र कुन ठाउँमा छन् भन्नेमा ध्यान दिनुपर्छ । ध्यान दिनुको मतलब प्रतिबन्ध लगाउने भनेको होइन । प्रतिबन्ध लगाउँदा अर्को दुर्घटना हुनसक्छ । खासगरी युवाहरूसँग अभिभावक होइन, साथी बन्न सक्ने हो भने उनीहरूले आमाबुबासँग समस्या राख्छन्, त्यसबेला सजकता अपनाउन सकिन्छ ।

हत्या–हिंसाका घटना रोकिएका छैनन् । यस्तो अवस्थामा महिला कसरी सुरक्षित हुने ?

महिलालाई हाम्रो अनुरोध, कोही मान्छे आफ्नोपछि जबर्जस्ती लागेको छ वा कुनै खालको डर–धम्की दिएर दबाबमा राखेको छ भने नजिकको प्रहरीमा जानकारी गराउनुस् । आफूमाथि घरेलु हिंसा भइरहेको छ कि ? कसैले यौनजन्य हिंसा पटकपटक गरेको छ भने उसले बलात्कार पनि गर्न सक्छ । त्यो कुरा प्रहरीलाई नढाँटी भन्नुहोस् हामी तपाईंमाथि ठूलो घटना हुनबाट रोक्छौँ र बचाउँछौँ ।

कस्ता मुद्दालाई यहाँले प्राथमिकतामा राखेर अनुसन्धान गर्नुहुन्छ ?

महिलाको हकमा वैदेशिक रोजगारीको नाममा विदेशमा अलपत्र परेका, बेचबिखनमा परेका र अपहरणमा परेका मुद्दालाई प्राथमिकतामा राखेर अनुसन्धान गर्दै छौँ । यो समस्यामा परेपछिको कुरा भयो । तर, यो नहोस् भन्नका लागि एयरपोर्ट र बसपार्कमा एक खालको संयन्त्र निर्माण गरेर काम गरेका छौँ । दोस्रो, कुनै महिला अप्ठ्यारोमा वा बेचबिखनको जोखिममा छन् भने अपराध अनुसन्धान महाशाखाको ११७७ (विदेशको लागि ९७७-११७७ ) नम्बरको हटलाइन सेवामा जो कोहीले पनि प्रहरीलाई जानकारी दिएर उद्धारमा सहयोग गर्न सक्नुहुन्छ ।

महिलालाई एउटा काम भनेर अर्को काममा विदेश पठाउने म्यानपावर कम्पनी सञ्चालक र संलग्न व्यक्तिलाई छाड्दैनौँ । दिनमा दुई–तीनजना ल्याउने र मुद्दा चलाउने गर्दा मानव तस्करहरूको अखडामा भय पैदा भएको छ । पुलिसले मलाई एक घन्टा पनि राख्ने औकात छैन् भन्ने हाइप्रोफाइलको एउटा दलाललाई केही दिन भो समातेर थन्क्याएको छु । उसले धेरै महिला र किशोरीलाई ललाइफकाई विदेश पु-याएको छ । महिला बेचबिखन गर्ने र मेरो माथिसम्म पहुँच छ भन्नेलाई चिल्ला कारबाट थुतेर ल्याएको छु । माथिल्लो तहका मान्छेलाई समात्न सकियो भने स्थानीयस्तरमा सजिलै अपराध रोक्न सकिन्छ । जेसुकै भए पनि हामी हाइप्रोफाइलको नाममा मानव तस्करलाई छोड्नेछैन ।

महिलाको सहयोगका लागि हेल्पलाइन सञ्चालन गर्नुभएको छ । अहिलेसम्म कस्ता उजुरी वा गुनासो आएका छन् ? कस्तो अवस्थाका महिलालाई उद्धार गर्नुभएको छ ?

अहिले वैदेशिक रोजगारीको नाममा बेचिएका महिलासँगै पुरुषको पनि उद्धार गरेका छौँ । खासगरी महिलालाई एउटा काम भनेर म्यानपावरहरूले विदेश पठाउने अनि अर्कै ठाउँमा लगाउने गरेका छन् । यसरी विदेश पुगेका महिला नारकीय जीवन बिताउन बाध्य छन् । उनीहरूको उद्धार गरेका छौँ । यसमा हाम्रो शाखाले एनआरएनसँग मिलेर काम गरेको छ । इन्टरपोलमा पनि खबर गरेका छौँ । विदेशमा केही महिलाले पाएको दुःख र पीडा त भन्नै सकिँदैन । अस्ति भर्खर मकाउबाट एकजना किशोरीको उद्धार भयो । त्यसमा एनआरएनका मान्छेको पनि संलग्नता रहेछ । त्यसलाई त्यहाँबाट पनि घोक्र्याउँछु भनेर म्यासेज पठाएँ, अहिले त्यो तस्कर अर्को देश भागेको छ ।
अहिलेसम्म आएका केसहरूलाई हल गर्न सफल छौँ । अप्ठ्यारोमा परेका देशबाहिर र भित्रका सबैले हाम्रो हटलाइन सेवा ११७७ (विदेशको लागि ९७७-११७७ )मा फोन गरेर प्रहरीको सहयोग लिन सक्नुहुन्छ ।

उपत्यकाभित्र टोल र गल्लीका गुन्डालाई तह लगाउनुभयो । घरघरमा श्रीमती कुट्ने गुन्डाहरूलाई कहिले तह लगाउनुहुन्छ ?

बिनाकारण श्रीमानबाट पीडित महिलाले पहिले त हामीलाई खबर गर्नुप-यो । घरको कुरा थाहा पाउन अलिक अप्ठ्यारो हुन्छ । घरेलु हिंसामा परेको कुरा पीडित महिलाले भन्न नसकेमा छिमेकीले पनि खबर गरिदिनुप-यो । बाँकी काम हामी गर्दछौँ। घटना र हिंसाको प्रकृतिअनुसार कानुनी कारबाही हुन्छ । पीडित महिलालाई राज्यले हेर्नुपर्छ ।

पुलिसले घरेलु हिंसाका उजुरी नै दर्ता गर्र्न मानेन भने तपाईंकहाँ कसरी आउने ?

कानुनले मिलेर बस्न सक्ने अवस्था छ भने सम्झाइबुझाई पुनः घर पठाउन भनेको छ । त्यो राम्रो गर्नका लागि हो । तर, कहिलेकाहीँ नराम्रो पनि हुन्छ । पुलिसले उजुरी दर्ता नगर्ने भन्ने हुँदैन । एउटा अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालका अधिकारकर्मी महिलाले नेपालको पुलिसले काम गर्दैनन् भन्नुभयो । त्यसपछि मैले भने कुन ठाउँको पुलिस हो भन्नुस् त्यसलाई कारबाही गर्नुपर्छ । कृपया त्यसको नाम दिनुस् भनेर मैले फ्लोरबाट प्रश्न गरेँ । उहाँ नेपालको प्रतिनिधि भएर बोल्नुभएको थियो । कहाँ र कुन पुलिसले गरेन प्रमाणसहित आउनुपर्छ । होइन भने एउटा अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको पुलिसले काम गरेन भन्न मिल्दैन ।

जहाँ गयो, त्यहाँ काम भएन भन्ने मात्र आउँछ । त्यसपछि मैले अपराध महाशाखाबाट गर्न मिल्ने सबै काम गर्छु भनेर ११७७ (विदेशको लागि ९७७-११७७ ) हटलाइन सेवा सुरु गराएको हुँ ।

जिउँदै आगो लगाउने श्रीमानसँग पुलिसले घर पठाएका घटना पनि छन् । यस्तो जघन्य अपराधमा पनि मेलमिलाप हुन्छ ?

यस्तो त हुँदैन । म जिम्मा लिने ठाउँमा परिनँ भन्न पनि सक्दिनँ । तर, मेरो क्षेत्र अधिकारभित्र यस्तो हुनेछैन ।

नेपालले २३ वर्षपछि फुटबल जित्नुमा तपाईंको पनि योगदान छ । फुटबल टिममा पुरुषको ठूलो सम्मान भयो । तर, दुई स्वर्णसहित ३७पदक जिल्ने महिलालाई वास्तै गरिएन नि ?

महिलाले राष्ट्रका लागि गरेको योगदानको सम्मान गर्नुपर्दथ्यो । (बोल्दै गर्दा उहाँले गला अवरुद्ध पार्दै केही समय रोकिएपछि भन्नुभयो, साँच्चै भनौँ यो कुराले भावुक बनायो ) पुरुष खेलाडीलाई जसरी सम्मान गरियो, त्यसैगरी महिला खेलाडीलाई पनि गरिएको भए देशको कति ठूलो शान हुने थियो । (यत्तिकैमा फेरि बोल्न रोकिएर उहाँ पानी पिउँदै ) महिला खेलाडीमाथि गरिएको विभेदविरुद्ध आवाज उठेको छ, तर प्रभाव पार्ने गरी उठ्न सकेन । यो विडम्बना नै मान्नुपर्छ । वास्तवमा महिलाको उत्थानबिना समाजको विकास हुँदैन भन्ने सोच सबैमा ल्याउनु जरुरी छ ।

सामाजिक सञ्जालमार्फत महिलालाई फोहोरी म्यासेज पठाउनेलाई हतकडी लगाएर मात्र हल होला समस्या ?

पहिलो कुरा त जनचेतना नै हो । सामाजिक सञ्जालमा जाँदा नचिनेको मान्छेलाई साथी बनाउनुभएन । सक्कलीभन्दा नक्कली आईडी बनाएर खराब मनोवृत्तिका मानिसले काम गरिरहेका हुन सक्छन् भनेर बुझ्नुपर्‍यो ।
कसैले साथी बन्नका लागि अनुरोध पर्‍यो भने उसको स्टाटस त चेक गर्नुपपर्‍यो नि । बिनाकामै साथी किन बनाउने ? तीन–चार महिनामा पासवर्ड चेन्ज गर्ने र अनावश्यक कुरा लेख्नुभएन । सामाजिक सञ्जाल केका लागि र कति प्रयोग गर्ने भन्नेमा आफैँ सचेत हुनुपर्छ ।

समाजमा आपराधिक कार्य गर्नमा महिलाको प्रयोग बढेको हो ?

पहिलाभन्दा बढेको छ । महिला बेचबिखनमा महिलालाई नै प्रयोग गरिएको छ । म्यानपावरमाथि गरिएको प्रहरी अप्रेसनमा मैले एउटा अध्ययन पनि गरिरहेको छु । मानव तस्करमा कसरी र कस्ता खालका मानिस छन् । दलाली गर्न महिला लागेका छन् । यो पनि भोलिका लागि एउटा चुनौती नै हो । तर, तुलनात्मक रूपमा एकदमै कम महिलाले यस्ता काम गरेका छन् । यो हप्ता हामीले बेचिन लागेका महिलाको उद्धार गरेका छौँ । जसको उद्धार पर्‍यौँ ती किशोरीलाई महिलाले नै गाउँबाट काठमाडौं ल्याएका थिए । कतिपय ठगीको केसमा महिलालाई अगाडि सार्ने काम भएको छ । जस्तै पैसाको कारोबार कन्सल्टेन्सीमा महिलालाई अगाडि राखेर खाता खोल्ने र महिलाको खातामा पैसा पठाउन लगाउने अनि पैसा लिएर पुरुष भागेका मुद्दा पनि छन् । महिलालाई बढी विश्वास गर्ने भएकाले यस्तो काम गरिएको देखिन्छ । यसमा जनचेतना जगायो भने पुग्छ ।

विदेशमा नेपाली महिला हिंसामा परेको कुरा सुन्दा एउटा प्रहरी अधिकृतका रूपमा तपाईंलाई कस्तो लाग्छ ?

अत्यन्तै पीडा हुन्छ । राज्यको माथिल्लो निकायमा बसेर अपराध गर्ने मान्छे छन् । बदमासहरूको पहुँच राज्यको माथिल्लो निकायसम्मा हुने गर्छ । विदेशमा गयो स्टेट कन्सुलरदेखि राजदूतसँग उनीहरू नै पुगेका हुन्छन् । तर, पीडित कहाँ जाने ? म त मानव तस्कर स्वीप गर्न नै लागेको छु । काम गर्न थालेपछि धेरै लाग्दैन । सबै मिलेर गरौँ । चोर र दलालको जालो तोडियो भने पीडितलाई न्याय दिन सकिन्छ ।

यिनीहरूलाई हतकडी लगाएर मात्र समस्या समाधान होला त ?

मुख्य कुरा यिनीहरूको जालो तोड्ने हो । यिनीहरूको माथिल्लो ग्रुप नै खोरमा हाल्ने र समाजबाट विस्थापित गर्ने वातावरण तयार पार्नुपर्छ । ठूला दलाल र ठगहरू समाजमा सभ्य भएको सान देखाउने वातावरण समाप्त गरिदिनुपर्छ ।

फागुपूर्णिमा आउँदै छ । फोहोर पानी हानेर, महिला घरबाहिर निस्कनै गाह्रो । यस्ता गतिविधि रोक्न उपत्यकामा प्रहरीको के छ योजना ?

यसपालिको फागुमा महिलालाई केही हुँदैन । व्यापक प्रहरी परिचालन हुन्छ । जबर्जस्ती गर्नेलाई नियन्त्रण गरिन्छ । ढुक्क भएर हिँड्नुस्, प्रहरी महिलाका साथमा छ ।
महिला खबर
lightnepal

काठमाडौं– एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले एउटा वर्ग धनी, अर्को वर्ग गरीब, एउटा जाति अधिकार सम्पन्न र अरु जाति अधिकार विहिन भएको व्यवस्थाको अन्त्य गर्न संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएका छन् । माझी राष्ट्रिय मुक्ति मोर्चा, नेपालद्वारा मंगलवार राजधानीमा आयोजित लदी पर्व समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘संविधानमा व्यवस्था भए पनि व्यवहारमा अझै लागू भएको छैन ।’
प्रचण्डले अध्यक्षले माझी समुदायमा आफ्नो पहिचान र अधिकारमा जागरुकता आएको बताए ।
कार्यक्रममा माझी समुदायका महिलाहरुको उल्लेख्य उपस्थिति प्रति संकेत गर्दै प्रचण्डले भने,‘जहाँ महिला अगाडि हुन्छन्, त्याहाँ न्याय हुन्छ । अन्य समुदाय पनि माझी समुदायका जस्तै महिलाहरु झैं अगाडि बढ्नु पर्दछ ।’
अन्य जाति धर्मका समुदायका पर्वलाई सूचिकृत गरिएको जस्तै माझी समुदायको लदी पर्वलाई पनि सुचिकृत गरिनुपर्ने प्रचण्डको जोड थियो ।
माझी समुदायको यो पर्वलाई सूचीकृत गर्न सरकार र उच्च स्तरीय राजनीतिक समितिमा प्रस्ताव राख्ने प्रचण्डले विश्वास दिलाए ।
कार्यक्रम कुलबहादुर माझी अध्यक्षतामा र उर्मिला माझीको सञ्चालनमा सम्पन्न भएको थियो । प्रचण्ड आज नै काभ्रे जिल्लाका अगुवा कार्यकर्ता प्रशिक्षणका लागि त्यस तर्फ गएका छन् ।
ratopati

पोखरा- सराङकोटबाट उडेका ६ प्याराग्लाइडर्स फेवातालमा खसेका छन्। प्रि- वर्ल्डकप तथा खुल्ला नेपाल प्याराग्लाइडिङ प्रतियोगिताअन्तर्गत उडेका उनीहरु अचानक हावामा भूमरी आएपछि अनियन्त्रित भएर फेवातालमा खसेका हुन्।


उनीहरुको उद्दार कार्य जारी रहेको र तीन जनाको अवस्था गम्भिर रहेको छ। प्रतियोगितामा भाग लिएका उनिहरुले प्याराग्लाइडिङ पामेमा ल्यान्ड गर्नु पर्ने थियो। तर त्यस अगाडीनै भूमरी आए पछि दुर्घटना भएको हो। ६ जना प्याराग्लाइडर्स नै विदेशी हुन्।

साहसिक एवम् मनोरञ्जनात्मक खेलका रुपमा परिचित प्याराग्लाइडिङको प्रि–वर्ल्ड कप तथा खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता आइतबारदेखि सुरु भएको हो। नेपाल हवाई खेलकुद संस्था(ना)को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्धनमा प्रतियोगिता भएको हो।
nagariknews

मायाकी खानी
शुबिहानी !!
मानिसहरु भन्छन् छोराछोरी आफ्नै शरीरको विस्तारित रुप हो भनेर । सायद यसो भन्नुको मतलब भौतिक रुपमा सधैंसँगै हुनु भनेको होला । तर, तिमी हाम्रो प्रेमको, भावनाको, कल्पना, चाहना, धेरै कुराको विस्तारित रुप हौ । पत्र मार्फत तिमीलाई हाम्रो बाध्यताका निहुँ सुनाएर आफ्नो मनको असन्तुष्टि, ग्लानी र पछुतो पखाल्ने प्रयास गर्दैछौं । हुन त तिमीले एउटै प्रश्न; ‘मम्मी बाबा, तपाइँहरुको लागि प्राथमिकता म हो या अरु केही ?’ भनेर सोध्यौ भने हाम्रा यी सबै कुराहरु व्यर्थ हुन्छन्, हरेक कारणहरु अफसोच हुन्छन् । यत्ति सम्झ, यो तिम्रो बाबुआमाको मन बुझाउने एउटा बहाना हो ।

तिमी गर्भमा आयौ । हाम्रो प्रेमको प्रतीक तिमी यो धर्तीमा आउनुपूर्वको तिम्रो प्रतिक्षा तिम्रो जन्मसँगै पुरा भयो । नौ महिनासम्म तिमीलाई कोखमा बोक्दादेखि नै शारीरिक रुपमा अलि कमजोर भएछु । त्यसैले तिमी नौ महिना पुग्नु १५ दिन अघि नै अप्रेशन गरेर यस धर्तीमा पैदा गर्यौँ । सब दुखाई र पीडा बिर्सीएर तिम्रो कोमल शरीर सुम्सुम्याउँदै, हेर्दै रमाउँदै गर्दा अचानक तिमी गहिरो बिमारी हुन पुग्यौ । तिमी १६ दिनकी थियौ । तिम्रो जन्म र हाम्रो खुसी सपना जस्तै भयो । एक महिनासम्म तिमीलाई हस्पिटलमै राख्यौँ । धन्न, विज्ञान र प्रविधिको यो आधुनिक युगमा तिमीले रोगलाई जित्यौ र हामीलाई हर्षविभोर बनायौ । छोरी खास कुरा के भने नी, तिमी जन्मेको ३ महिना पुगेर ४ लाग्दा नलाग्दै तिमीलाई घरमा छाडेर हामी काममा हिंड्न बाध्य भयौँ । साह्रै मन पोल्छ यो कुराले ।

सधैं विवाद भयो मनभित्र, मनमनै द्वन्द्व चल्यो, धर्म, कर्म र प्रेमवीचको भिन्नतालाई लिएर । वाध्यता, परिस्थिति, बहाना र सम्बन्धबीचको प्राथमिकतालाई लिएर । तिमी हाम्रो प्रेम, तिमी हाम्रो जिम्मेवारी, प्राथमिकता जे भने पनि तिमी हौ हाम्रो, अनि फेरी हाम्रो काम ? जसले तिम्रो बाबुआमालाई एक बनायो जीवनभरलाई । हाम्रो कर्म हाम्रो धर्म पनि त हो छोरी । तर कहिलेकाहीँ मन भारी हुन्छ, अनि आफ्नै मनले आफैँसँग प्रश्न गर्छ, दुनियाँ हँसाउन हिँडेका हामीले कतै तिमीलाई पो रुवायौँ की ?

तिमी जन्मिदै हाम्रो भाग्य बनेर जन्मिएकी छौ छोरी । तिमी जन्मेपछि नै हामीलाई सरकारले सरसफाई दूत घोषणा गर्‍यो । सारा देशभरबाट फोहोरमैला हटाउने, स्वच्छताको एउटा अभियन्ता बनायो । तिमीलाई छोडेर हामी देशका ३० जिल्ला गयौं । सरसफाई सम्बन्धी चेतना फैलायौं । तर कसम, हरेक साँझ तिम्रो सम्झनामा मन आत्तिन्थ्यो, रुन्थ्यौं हामी तिमीलाई सम्झेर । पूर्व मेचीदेखि पश्चिम कालीसम्म पुग्दा हरेक निर्दोष बाल चेहरामा हामी हामै्र निर्दोष तर सजाय पाइरहेकी शुविहानीको देख्थ्यौँ ।

छोरी, त्यसपछि पनि हामी तिमीबाट अझै टाढा, सात समुन्द्र पारी अमेरिका प्रस्थान गर्यौँ । त्यतिबेला तिमी १४ महिनाकी थियौ । दुध चुसाउन नपाउँदा छाति नै अपवित्र भएको भानले साह्रै मन पोल्थ्यो । सबभन्दा ठूलो पाप गर्दैछु की भन्ने पीरले कयौँ रात निदाउन सकिन । छोरी, हामीलाई सबैभन्दा असह्य बज्रपात तब पर्‍यो, जतिबेला ७.६ म्याग्नीच्युडको भूकम्प गयो देशमा । भूकम्पका कारण यता देशमा धरहरा ढल्दै थियो, घर, भवन र संरचनाहरु ध्वस्त हुँदै थिए, उता हाम्रो मनमा त्यो भन्दा ठूलो कम्पन जारी थियो ।
काठमाडौं, सिन्धुपाल्चोक, दोलखा, गोरखा ध्वस्त भएको, हजारौं मानिसहरु पुरिएका र ज्यान गुमाएका खबरहरु सबभन्दा ठूलो सनसनी हाम्रै लागि भयो होला । नहोस् पनि कसरी, हाम्रो मुटुको टुक्रा त्यही भूकम्पको भूमरीमा छ । धेरै बेर फोन लागेन, अत्तोपत्तो छैन । छोरी, साँच्ची त्यो बेला हामी दुवै पागल नै भएका थियौं । न शरीरले काम गर्छ न दिमागले । तिमीलाई छोडेर आएको ग्लानीले यत्ति पोल्यो नी, मुटु नै खरानी भएको आभाष भयो । क्वाँ क्वाँ डाको छोडेर रुन पनि सकिन । छोरी, साँच्चै भन्दा मैले आमाको महत्व त्यो बेला मात्र बुझें । मेरी आमा पनि त्यहि भूकम्पको भूमरीमा हुनुहुन्थ्यो नी, तर कसम होला मलाई तिम्रो मात्र याद आयो । माया साँच्चै उँदो बग्दो रहेछ । त्यो मायाले आमाको महत्व र माया कस्तो हुँदो रहेछ भन्ने कुराको महसुस गरायो ।

जब फोनमा तिमी सकुशल रहेको थाहा पायौं, अनिमात्र सास फेर्न सकियो । छोरी खै कसरी बाच्यौं हामी त्यो पलसम्म, सास फेरेको सम्झनै छैन । हामी अमेरिका हाम्रो कर्मका लागि गएको । हाम्रो धर्म नै मानिसको मुहारमा मुस्कान ल्याउने हो, तर शुविहानी, तिम्रो मुहारको मुस्कान हामीलाई लामो समयसम्म खड्कियो । तिम्रो सानो आवाजले त्यो बेला हामीलाई फेरी एकपटक जीवन दियो छारी । दिनदिनै टिभि, पत्रपत्रिका र अनलाइनमा आउने समाचार र तस्विर, सामाजिक सञ्जालमा देखिएका चित्रले हामीलाई घायल बनायो । हजारौं मानिसहरु पुरिएको, ज्यान गुमाएको खबरले हामीलाई हँसाउन दिएन । अमेरिकामा कार्यक्रम गरेर हँसाउन मनले मान्दै मानेन । हामी सबै कार्यक्रम रद्द गरेर तुरुन्तै नेपाल फर्कियौं ।
अमेरिकामै हुँदा सानो बच्चा पुरिएको र जिवितै उद्धार गरिएको अनि अर्को त्यस्तै बच्ची पुरिएको ठाउँमा मृत भेटिएको दृश्य हेर्दा त म चिच्याउन पुगेंछु थाहै नपाई । हामी नेपाल फर्कियौं, एयरपोर्ट देखिनै मन कुँडिन थाल्यो । त्रास, हतास, पीडा, आतेस सबै एकैपटक महसुस भयो । हामी सिधै तिमीलाई भेट्न घर आइपुग्यौं । आउने वित्तिकै तिमीलाई च्याप्पै अँगालो मारेर रुन थालेंछु । तिम्रो निर्दोष हातको स्पर्श, सासको गन्धले म भित्र प्राण भरिदियो छोरी । तिमी मुसुक्क मुस्कुरायौ हामीलाई हेरेर । त्यतिबेला मैलै तिमीलाई देवीको रुपमा देखें । यति मिठो मुस्कान सहित, कति सजिलै हामीलाई माफ गर्‍यौ है । पछि मात्र थाहा भयो भूकम्पमा परी मेरी आमाको ढाड भाँचिएको रहेछ । मैले आमाको बारेमा त सोच्नै भुलेको रहेँछु । तिमीलाई भेटेपछि मात्र याद आयो । आमाको मनले पनि सजिलै  माफ गरी दिनुभयो ।

तिम्रो मुस्कानले हामीलाई आनन्दित मात्र बनाएन उर्जा र शक्ति पनि दियो । तिम्रो हाँसो देशभरका भूकम्प पीडितहरुको मुहारमा ल्याउन मन लाग्यो । कति तिमी जस्तै बालबालिका होलान् जसको हाँसो हरायो होला यो भूकम्पसँगै, कति विचल्लिमा परे होलान् भन्ने पीरले औडाहा भयो । मन मान्दै मानेन चुप लागेर बस्न, तिम्रो हाँसोको उर्जा लिएर हामी फेरी हिंड्यौं सकेसम्म धेरैको आँसु पुच्छ्न । फेरी तिमीलाई छाड्यौं हामीले छोरी । तिमी बुझ्छ्यौ होला नी यति ज्ञानी छौ । तिमीलाई एक्लै पारेर भएपनि तिमी जस्तै अवोध बालबालिकाको पीडाहरु कम गर्न निस्एिका हौं छोरी हामी । गाँस, बास, कपास नै गुमाएकाको सानो भएपनि साहारा बन्न हिंडेका हौं हामी । आखिर तिमी त हामी नहुँदा पनि तिम्रा बाबुआमा जति नै माया गर्ने, ठूलोबाबा, ठूलोमामुको साथमा छौ नी । उहाँहरुको साथको हामी पनि सधैं ऋणी छौं । भूकम्पमा कतिले त बाबु आमा र आफन्त नै गुमाएर टुहुरा समेत भएका छन् ।
त्यसपछि हामी अहोरात्र उद्धार र राहत वितरणमा लाग्यौं । सानै भएपनि धेरै ठाउँमा सहयोग बाँड्न सफल भयौं । तिमीलाई एक्लै रुवाएर भएपनि धेरै ओठहरुमा मुस्कानको बिऊ रोप्यौं । यो बेला फेरी कर्मले हामीलाई जित्यो । ११ वटा जिल्ला पुगेर, म्याट, त्रिपाल लगायतका आवश्यक सामाग्री बाँड्यौं । हाम्रो टेलिसिरियल छायाङ्कन स्थानमा पुगेर धेरै सहयोग वितरण गर्‍यौं । नुवाकोटको ओखरपौवामा ४० वटा चर्पी निर्माण गर्‍यौं । नुवाकोटकै महाकाली निमाविको ७ कोठे भवन निर्माण सकेपछि त्यहाँका बालबालिकाको खुशी हामीलाई तिम्रो हाँसो जस्तै लागेको थियो । उनीहरुलाई, झोला, कापी, किताब वितरण गर्दा हामीलाई एकदम आनन्द भएको थियो छोरी ।

त्यसपछि हामी अर्को महान काममा लाग्यौं । काभ्रेको डाँडागाउँको पहरी बस्तीमा एउटा बस्ती नै बसाल्न सफल भयौं जसलाई हामीले धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती को नाम दियौं । १८ परिवारले ती घरमा ओत पाए । तिमीजस्ता धेरै बच्चाहरु यो जाडोमा कठ्याङ्ग्रिनु परेन छोरी । यो झण्डै ३ महिनाको अवधिमा मैले त तिमीसँग कहिलेकाहीँ भेटीरहेँ । तिम्रो बाबाले १/२ पटक मात्र भेट्न पाउनुभयो ।
आशा छ तिमीले हामीलाई बुझ्ने छौ । आजभोलि पनि त हामी विभिन्न कार्यक्रममा हिडी रहन्छौं । धुर्मुस सुन्तली सरसफाइ अभियान देशभर जारी छ । अचेल त तिमी हाँसी हाँसी विदा दिन्छौ । साह्रै आनन्द लाग्छ । तिम्रो माया हाम्रो लागि शक्ति हो छोरी । यहि मायाको साहारामा हामी बाँचुञ्जेल सबैलाई हँसाइरहन पहल गर्ने छौं । तिमी पनि सधैं यसरी नै हाँसीरहनु ।
उही, तिमीलाई धेरै माया गर्ने
बाबा, मामु/धुर्मुस,सुन्तली
UJYAALO ONLINE

फागुन १८, काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का उपचारपछि घर फर्किएका छन् । पेटमा समस्या भएपछि नर्भिक अस्पताल भर्ना भएका पारस आज डिस्चार्ज भएका हुन् । उनले आफ्नो फेसबुक पेजमार्फत् आफू अस्पतालबाट घर फर्किएको जानकारी गराउँदै छिट्टै मैदानमा आउन बताएका छन् ।

ekantipur

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget