एउटा वर्ग धनी, अर्को वर्ग गरीब हुने व्यवस्थाको अन्त्य नै संघीय गणतन्त्र :प्रचण्ड

काठमाडौं– एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले एउटा वर्ग धनी, अर्को वर्ग गरीब, एउटा जाति अधिकार सम्पन्न र अरु जाति अधिकार विहिन भएको व्यवस्थाको अन्त्य गर्न संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएका छन् । माझी राष्ट्रिय मुक्ति मोर्चा, नेपालद्वारा मंगलवार राजधानीमा आयोजित लदी पर्व समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘संविधानमा व्यवस्था भए पनि व्यवहारमा अझै लागू भएको छैन ।’
प्रचण्डले अध्यक्षले माझी समुदायमा आफ्नो पहिचान र अधिकारमा जागरुकता आएको बताए ।
कार्यक्रममा माझी समुदायका महिलाहरुको उल्लेख्य उपस्थिति प्रति संकेत गर्दै प्रचण्डले भने,‘जहाँ महिला अगाडि हुन्छन्, त्याहाँ न्याय हुन्छ । अन्य समुदाय पनि माझी समुदायका जस्तै महिलाहरु झैं अगाडि बढ्नु पर्दछ ।’
अन्य जाति धर्मका समुदायका पर्वलाई सूचिकृत गरिएको जस्तै माझी समुदायको लदी पर्वलाई पनि सुचिकृत गरिनुपर्ने प्रचण्डको जोड थियो ।
माझी समुदायको यो पर्वलाई सूचीकृत गर्न सरकार र उच्च स्तरीय राजनीतिक समितिमा प्रस्ताव राख्ने प्रचण्डले विश्वास दिलाए ।
कार्यक्रम कुलबहादुर माझी अध्यक्षतामा र उर्मिला माझीको सञ्चालनमा सम्पन्न भएको थियो । प्रचण्ड आज नै काभ्रे जिल्लाका अगुवा कार्यकर्ता प्रशिक्षणका लागि त्यस तर्फ गएका छन् ।
ratopati

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget