एयर इन्डियाको जहाजमा बम राखेको धम्कीपछि १०० जनाको उद्धार, लगेज फिर्ता
मुम्बई— एयर इन्डियाको एउटा जहामा बम राखेएको सूचना पाएपछि प्रहरीले जहाजमा रहेका सबै १०० जनाको उद्धार गरेको छ। जहाजमा ८९ आन्तरिक र ४ अन्तर्राष्ट्रिय सहित ९३ यात्रु उद्धार गरिएको छ। विमानमा ७ जना चालक दल सदस्य थिए। बम डिस्पोजल टोलीले चालक दललाई पनि उद्धार गरेको छ।
नयाँ दिल्लीबाट गोवा हुँदै मस्कोका लागि एयर इन्डियाको एआई ५१६ उडान सुरु गरेपछि गोवाको कालाङ्गुटे प्रहरी कार्यालयमा फोन गरी बम जडान गरिएको सूचना दिइएको थियो।
एक व्यक्तिले फोन गरेर सो विमानमा बम जडान गरिएको खबर प्रहरी सहायक निरीक्षक मार्लिन डी सोउजालाई दिएको थियो। बम राखिएको जानकारी दिने व्यक्ति विदेश सिंह भएको प्रहरीले पहिचान गरेको छ। बम राखिएको सूचनापछि प्रहरीले विमानस्थलमा बम डिस्पोजल टोली सहित उद्धारकर्ता तैनाथ गरेको थियो। सुरक्षाकर्मीले विमानमा सावधानीपूर्वक खोजी गरिरहेका छन्।
फोन कल पाउना साथ मार्लिनले स्टेट पुलिस कन्ट्रोल रुमलाई तत्काल जानकारी गराएका थिए। त्यसपछि विमानस्थलमा आएको बम डिस्पोजल टोलीले विमानलाई पूरै खाली गरेर निरीक्षण थालेको हो। सबै यात्रु र चालक दललाई ओरालेर बम खोजिरहेको सुरक्षा युनिटले यात्रुका सबै लगेज समेत फिर्ता गरिएको छ।
सो विमान २ः२५ बजे गोवाबाट मस्कोका लागि उड्नुपर्ने थियो।
nagariknews
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.