'भारत–नेपाल सम्बन्धमा उतार–चढाव आइरहन्छ। त्यस्तो अवस्थमामा वार्ताबाट त्यसलाई हल गरेका छौं। पछिल्ला समयमा पनि केही कठिनाइहरु आए, तर अब ती हटिसकेका छन्। प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण निकै राम्रो रह्यो र यसले हाम्रो सम्बन्धलाई सही बाटोमा फर्काएको छ,' राजदूत रेले भने।
नेपाली संविधानमा महिलाका पक्षमा भएका समनताका व्यवस्थाहरुका आधारमा ठूलो उपलब्धि भएको उनले बताए। 'राम्रो कानुन बनाउनु आवश्यक छ, साथै त्यसलाई कसरी कार्यन्वयन गर्ने त्यो विषयमा पनि सोच्नु पर्छ,' राजदूत रेले भने।
शिक्षाले कानुन कार्यन्वयनमा मद्दत गर्ने भएकाले भारत सरकारले नेपालमा सञ्चालन हुने योजनामा विद्यालय निर्माण र छात्रावृत्तिलाई प्रथामिकता दिएको उनले दाबी गरे।
nagariknews
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.