मजदुरी गरेर कमाएको ५० रुपैयाँले बनायो करोडपति

शुक्रबार, २८ फागुन
एजेन्सी । भारतको पश्चिम बंगालका २२ वर्षीय मोफिजुल रहिमा शेख मजदुरीमा पाएको ५० रुपैयाँबाट करोडपति बनेका छन् ।
अघिल्लो दिन कामको खोजीमा पश्चिम बंगालबाट केरलाको कोझिकोड शहर पुगेका उनी मजदुरी गरेर कमाएको ५० रुपैयाबाट करोडपति बनेपछि घर फर्कने तयारीमा लागेका छन् ।
शेख बुधबार कोझिकोड पुगेर मजदुरी गरेर कमाएको पैसाले चिठ्ठाको टिकट खरिद गरेका थिए । सोही टिकटले उनको भाग्य खोलिदिएको छ ।
आफूलाई चिठ्ठा परेको थाहा पाएलगत्तै कसैले आफूले जितेको रकम चोरिदिन्छ कि भन्ने डरका कारण उनले प्रहरीमा पुगेर सुरक्षा मागेका थिए ।
सडकको किनारमा बसेर चिठ्ठाको टिकट बेचिरहेका एक अपांग व्यक्तिप्रतिको दयाका कारण उनले टिकट किनेका थिए ।
तीन दिनपछि उनले चिठ्ठा आफूलाई परेको थाहा पाएपछि प्रहरीमा पुगेका थिए ।
nepalsandesh

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget