भ्रष्टाचारीविरुद्ध जासुसी गर्न विशेष टोली
सिन्धुलीः एकीकृत माओवादी परित्याग गरेका डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले दलाल र भ्रष्टचारीलाई कारबाही गर्ने भएको छ ।
नयाँ शक्तिको नवगठीत केन्द्रीय परिषद तथा सचिवालय सदस्य गंगानारायण श्रेष्ठले सिन्धुलीमाढीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
नयाँ शक्तिले तयार पारेको अन्तरीम परिषद निर्देशिका २०७२ अनुसार देशका ७५ वटै जिल्लामा शुसासन निगरानी विशेष टोली गठन गरेर उनीहरुमार्फत गोप्यरुपमा भ्रष्ट्राचार र अनियमितताको निगरानी गर्ने भएको छ ।
श्रेष्ठले देशमा भ्रष्टाचार र अनियमिततालाई अन्त्य गर्दै शुसासन र सदाचार कायम गर्न अभियानकै रुपमा दलाल र भ्रष्ट्राचारीलाई दशैभर एक साथ घेराबन्दीमा पारेर कारबाही थालनी गर्न लागिएको बताएका हुन् ।
यसका लागि नयाँ शक्तिले भुमिगतरुपमै अनुगमन तथा रिपोर्टीङ संयन्त्रको गठन गर्ने जनाएको छ । जिल्ला परिषद् र त्यस्ता कार्यालयमा नयाँ शक्तिले हेल्प डेक्सनै संचालन गर्ने समेत तयारी गरेको छ ।
नयाँ शक्तिले गठन गरेको गोप्य निगरानी संयन्त्रको अनुगमन र हेल्प डेक्समा सर्वसाधरणले गरेको गुनासोको आधारमा दलाल र भ्रष्ट्रचारीलाई नियन्त्रणमा लिएर अख्तियार तथा सरकारी निकायलाई जिम्मा लगाउने उनले बताए ।
‘देशमा सबभन्दा धेरै मालपोत, यातायात, राजस्व कार्यालयहरुमा दलालहरुको सक्रियतामा अनियमितता तथा भ्रष्ट्राचार हुने गरेको पाइएको छ’, श्रेष्ठले भने, ‘पहिलो चरणमा त्यस्ता कार्यालयहरु निगरानीमा राखिने छ । सँगसँगै अन्य सार्वजनिक महत्वका कार्यालयहरु समेतलाई निगरानीमा राखेर कारबाही गरिने छ ।’
मालपोत, यातायात र राजस्व कार्यालय चौवीसै घण्टा निगरानीमा रहने छ । ‘त्यहाँ अनियमिततामा सक्रिय दलालहरुलाई संयन्त्रको घेराबन्दीमा पारेर पार्टीले कारबाहीका लागि सरकारको जिम्मा लगाउने छ,’ उनले भने ।
नयाँ शक्तिले महिला हिंसा, समाजमा हुने अनैतिक कार्यको पनि निगरानी गर्ने जनाएको छ । समाजमा हुने विकृति, विसंगति, भ्रष्टाचार र अनियमितताका विषयमा उजुरी गर्न आउने र पिडितका लागि निशुल्क सेवा प्रदान गर्ने बताइएको छ ।
सरकारले भ्रष्ट्राचार र अनियमितताको अन्त्यका लागि शून्य सहनशीलता अभियान लिइ अनुसार उक्त अभियानलाई नै सहयोग गर्न यस्तो अभियानको थालनी गरेको नयाँ शक्तिका अर्का केन्द्रीय परिषद सदस्य तथा सशस्त्र प्रहरीका पूर्व एआइजी ऋसवदेव भट्टराईले बताए ।
‘देशमा मौलाउँदै गएको भ्रष्ट्राचारले आर्थिक उन्नतिमा बाधा गरेकोले भ्रष्ट्राचारको अन्त्य गर्दै सुसासन कायम गर्न विशेष दस्ताका साथ निगरानी संयन्त्र बनाउन लागिएको हो,’ भट्टराइले भने । देशैभरी यस्तो संयन्त्रको गठनको लागि आवश्यक तयारी पुरा गरि सकिएको उनको भनाइ छ ।
पार्टीले देशैभरि महिला हिंसाको अन्त्यका लागि ‘सुशासन, समानता र समृद्धिका लागि महिलाको सबैखाले उत्पीडन अन्त्य गर्ने साधन नयाँ शक्ति बनाऊ’ भन्ने मुलनाराका साथ आफ्ना गतीविधि सुरु गरएिको नयाँ शक्तिको तिन नम्बर प्रदेश इन्चार्ज बलावती शर्माले बताइन् ।
नयाँ शक्तिले काठमाडौं उपत्यकालाई स्वच्छ, सफा र सुन्दर बनाउन ‘ग्रीन काठमाडौं, क्लिन काठमाडौं अभियानको थालनी गर्ने बताइएको छ ।
annapurnapost
Post a Comment