‘राजा आऊ देश बचाऊ’ भन्दै पशुपतिमा नाराबाजी

काठमाडौंः शिवरात्रिका अवसरमा सोमबार साँझ पूर्वराजा ज्ञानेन्द्र शाह पशुपतिनाथमा पुग्दा उनका समर्थकहरुले चर्को नाराबाजी गरेका छन् ।

साँझ ६ बजेर ४५ मिनेटमा पशुपतिनाथ दर्शन गर्न छिरेका उनी करिब १० मिनेटपछि पशुपतिबाट निस्कँदा सयौं समर्थकहरुले घेरेर नाराबाजी गरेका हुन् ।


राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले दर्शन गरेर फर्केको एक घन्टापछि पशुपतिनाथमा पुग्दा ज्ञानेन्द्रको पक्षमा सयौं समर्थकले नाराबाजी गरेका हुन् ।

बाजागाजसहितको टोली लिएर पशुपति दर्शन गर्न सजिलै पसेका पूर्वराजा शाह निस्कने क्रममा भने सयौं समर्थकले घेरेपछि प्रहरीलाई सुरक्षाव्यवस्था मिलाउन हम्मे परेको थियो ।

पूर्वराजा शाहका समर्थकहरुले पशुपतिनाथ परिसरमा करिब २० मिनेटसम्म उनको पक्षमा नाराबाजी गरे ।

समर्थकहरुले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, श्री ५ महाराजधिराज सरकारको जय र राजा आऊ देश बचाऊ भन्दै चर्का नारा लगाए ।

प्रहरीको कडा सुक्षाबीच पूर्वराजा शाह साँझ सात बजे पशुपतिनाथ परिसरबाट बाहिरिएका छन् ।
annapurnapost

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget