अझै दुई वर्ष कसैले सरकार ढाल्न सक्दैन: प्रधानमन्त्री

फाल्गुन २६, २०७२- प्रधानमन्त्री केपी ओलीले कांग्रेस र मधेस केन्द्रित दललाई आफू नेतृत्वको राष्ट्रिय सरकारमा आउन आह्वान गरेका छन् ।

२४ औं झापा जिल्ला परिषद्बाट स्वीकृत बजेट नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहलाई बुधबार सम्बोधन गर्दै उनले राष्ट्रिय सरकारको पक्षमा जोड दिएका हुन् ।

‘वर्तमान सरकारलाई अबका दुई वर्ष कसैले चाहेर पनि परिवर्तन गर्न सक्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार राजनीतिक दाउपेचका लागि नभई मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भएकाले कांग्रेसलगायत मधेस केन्द्रित दलसमेतलाई सरकारमा आउन आह्वान गर्छु ।’ कहीँकतै असन्तुष्टि भए संवादका माध्यमबाट निकास खोज्न सकिने भन्दै प्रधानमन्त्री ओलीले सबैका न्यायोचित माग सम्बोधन हुनेमा दुबिधा नराख्न पनि आग्रह गरे ।
लोकतान्त्रिक विधिबाट बनेको लोकतान्त्रिक संविधान कसैले खोस्न पनि नसक्ने र अनुचित दबाबबाट परिवर्तन पनि हुन नसक्ने प्रधानमन्त्री ओलीको कथन छ । ‘राजा महाराजाले चाहे जसरी अब संविधान खोसिन पनि सक्दैन,’ उनले भने, ‘कुनै शक्ति केन्द्रले दबाब दिएर यो परिवर्तन पनि हुनेवाला छैन ।’

प्रधानमन्त्रीले मुलुकमा व्याप्त ऊर्जा संकटको चर्चा गर्दै अबको एक वर्षभित्र अहिले उत्पादित विद्युतो तीन गुणा वृद्धि गर्न नसके नेपाली जनताका अगाडि उभिएर बोल्दा आफू लज्जित हुनुपर्ने तर्क गरे । ‘अबको वर्ष दिनभित्र मुलुकको विद्युत् उत्पादन कम्तीमा ९ सय मेघावाट बनाउन सकिनँ भने मैले तपाईंहरूका अगाडि कसरी उभिनु ?,’ प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्रीले कृषि क्षेत्रको विविधीकरणमा ध्यान पुर्‍याउन जोड दिएका थिए ।

कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अग्नि खरेल, संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही, सांसद मोहन टुडुलगायतले बोलेका थिए । जिविस झापाले आर्थिक वर्ष ०७३/०७४ का लागि १ अर्व ७ करोड ६१ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।



ekantipur

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget