एउटै पदमा उठेर आफूलाई हराएको भन्दै केसी गगनसँग नराम्ररी रिसाएका हुन् । काँग्रेसभित्र ज्वाईं उठेका कारण केसीले हारेको चर्चासँगै केसीले आफूनिकटस्थसँग ज्वाईंबारे क्रुद्ध टिप्पणी गरेका हुन् ।
आफूलाई हराउने डिजाइनअन्तर्गत नै गगनलाई कृष्ण सिटोला प्यानलबाट महामन्त्रीमा उठाइएको आरोप केसीको छ । ‘मैले तपाईं कुनै प्यानलबाट टिकट लिन सक्ने हो भने म पछि हट्छु भनेको थिएँ’, केसीको भनाइ उद्धृत गर्दै पारिवारिक श्रोतले भन्यो, ‘प्यानलभन्दा बाहिरबाट उठ्नु नै मलाई हराउने डिजाइन हो ।’ गगनले आफूलाई आउने भोट काटेका कारण शशांकलाई फाइदा पुगेको निष्कर्ष केसीको छ ।’
एउटै पदमा उम्मेदवारी दिएपछि ज्वाईं÷ससुराबीच दुरी बढेको छ । लामो समय संस्थापनमा रहेका केसी देउवा प्यानलबाट महामन्त्री लडेका थिए । संस्थापनले आफ्नो उचित व्यवस्थापन गर्न नसकेको भन्दै गगन कृष्ण सिटौला प्यानलबाट महामन्त्री उम्मेदवार बनेका हुन् । सभापतिको दोश्रो चरणको निर्वाचनमा भने गगनले शेरबहादुर देउवालाई सघाए ।
महामन्त्रीमा केसीले १ हजार १७ र गगनले ५ सय ८४ मत पाएका थिए । शशांक १ हजार ४ सय १७ मतसहित विजयी भए ।
kathmandutoday
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.