काठमाडौँ । जापान सरकारले भूकम्पबाट अति प्रभावित जिल्लामा सहकारी खेती, साना सिँचाइ, उन्नत बीउ तथा मलखादको सहुलियतपूर्ण ढुवानीका निम्ति समकक्षी कोषबाट रु १० करोड उपयोग गर्न नेपाललाई अनुमति दिएको छ ।
कृषि उत्पादकत्व वृद्धिका लागि जापान सरकारको वित्तीय सहयोगमा स्थापना भएको उक्त कोषको रकम उपयोग गर्न नेपाल सरकारले गरेको अनुरोधअनुरुप जापानले त्यस्तो अनुमति दिएको यहाँस्थित जापानी राजदूतावासले जनाएको छ । दुबै मुलुकका सरकारको परामर्शमा उक्त कोषको रकम आर्थिक एवम् सामाजिक विकासका परियोजनामा खर्च गर्न सकिने प्रावधान छ ।
purbelinews
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.