लिटरेचर फेस्टिभल पोखरामा सुरु, बाबुरामदेखि राजेश हमाल, रेखा थापासम्मको जमघट

पोखरा, माघ १५ । पोखरामा शुक्रबारदेखि नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ ।

पोखरा, माघ १५ । पोखरामा शुक्रबारदेखि नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ ।

फेवातालको किनारमा सुरु भएको महोत्सवको बेलायती सेनाका पूर्वकर्णेल तथा लेखक जेपी क्रसले उद्घाटन गरे ।

काठमाडौंबाहिर पहिलोपटक पोखरामा आयोजना गरिएको साहित्य महोत्सवको यो पाँचौं संस्करण हो ।
माघ १८ गतेसम्म चल्ने महोत्सवमा भारतका दुई लेखक र नेपालका ६० भन्दा बढी लेखक, कलाकार, गीतकार, राजनीतिज्ञहरुले झन्डै ३० ओटा विषयमा छलफल गर्नेछन् ।

महोत्सवको पहिलो दिन शुक्रबार भूगोलविद् डा. पिताम्बर शर्माको प्रमुख मन्तव्यसहित डा. बाबुराम भट्टराई, योगेश भट्टराई र सुधीर शर्माबीच नयाँ शक्तिमाथि बहससमेत भएको छ ।

त्यस्तै, भारतीय लेखिका इरा त्रिवेदी तथा उदय प्रकाशसँग साहित्यकाबारे संवाद भएको छ ।

फेस्टिभलमा राजेश हमाल र दयाहाङ राई, रेखा थापा, गौरी मल्लसहितका कलाकारहरुले विभिन्न साहित्य, कला, संगीतका विषयमा छलफल गर्नेछन् ।

फेस्टिभल अवधिभर नेपाली हिरो, नेपाल कसरी बनाउने, संविधान र पहिचान, नेतृत्वमा संकट, मिडियामा मधेस, दोस्रो पुस्तकको सकस, इन्डिया इन लभ, सीमान्त स्वरहरुलगायतका विषयमा छलफल हुने महोत्सव निर्देशक अजित बरालले जानकारी दिए ।

महोत्सवमा पुस्तक विमोचन, प्रदर्शनी र हस्ताक्षर कार्यक्रम पनि समावेश गरिएको छ । सन् २०११ बाट सुरु भएको साहित्यिक महोत्सव काठमाडौंमा हुँदै आएको थियो ।
imagekhabar

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget