भारतले भन्यो, संविधान संशोधन सकारात्मक


काठमाडौं: मधेसमा उत्पन्न समस्याको सम्बोधन गर्न शनिबार गरिएको संविधान संशोधनको भारतले स्वागत गरेको छ ।

भारतीय विदेश मन्त्रालयले आइतबार निकालेको संक्षिप्त विज्ञप्तीमा नेपालमा संविधान संशोधन हुनुलाई सकारात्मक कदमकारुपमा उल्लेख गरेको छ ।

भारतले अन्य महत्वपूर्ण विषयहरुमा पनि रचनात्मक संवादबाट सम्बोधन गर्दै सहमतिमा पुग्ने विश्वास लिएको छ ।

मधेस आन्दोलनलाई सम्बोधन गर्न तत्कालीन कांग्रेस सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकलाई पारित गर्ने प्रतिवद्धतासहित सरकारले गत पुस ५ गते तीन बुँदे निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को तीनबुँदे निर्णयलाई पनि भारतले औपचारिक रुपमा विज्ञप्ती निकालेर स्वागत गरिसकेको छ ।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget