भारतमा अर्काे आतंकवादी हमलाः प्रहरीको भ्यान उड्यो, ७ जनाको मृत्यु

काठमाडौं, १४ माघ । भारतमा बुधबार राति आतंकवादी हमला भएको छ ।
विद्रोही माओवादीले झारखण्डमा पर्ने पलामूको छतरपुर–जपला रोड नजिकैको काला पहाडी गाउँमा प्रहरीको गाडी बमले उडाइएदिएका छन् । यो घटनामा सात जना प्रहरी अधिकारी मारिएको भारतीय च्यानल आजतकले जनाएको छ । घटनामा ६ जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा एक हवलदार, एक चौकीदार, चार कान्स्टेबल र एक ड्राइभर रहेका छन् । घाइते भएका प्रहरी अधिकारीको अवस्था गम्भीर छ । विद्रोही माओवादीले प्रहरीको हतियार समेत लुटेर लगेका छन् ।
आईजी एमएस भाटियाले घटनामा ७ प्रहरी अधिकारी मारिएको बताए । प्रहरीको ४०७ नम्बरको कारलाई बमले उडाइएको थियो । त्यसमा सवार प्रहरी अधिकारी मारिएका हुन् । तीनको जनाको अवस्था भने अज्ञात रहेको छ । उनीहरुलाई विद्रोही माओवादीले अपहरण गरेको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरी मुख्यालयका प्रवक्ता एडीजी एसएस प्रधानले पलामू प्रमण्डलका डीआइजी साकेत सिंह र एसपी कन्हैया मयूर पटेल घटनास्थल पुगिसकेको बताए । घाइते प्रहरीअधिकारीलाई उपचारका लागि हेलिकप्टरबाट मेदिनीनगर लगिएको बताइएको छ ।
बुधबार भएको यो घटना लामो समयपछि भएको हो । यसअघि विद्रोही माओवादीले वर्ष २०१४ मा लोकसभा चुनावको अन्तिम चरणमा दुमकामा ल्याण्ड माइन ब्लास्ट गरेका थिए । जसमा कांग्रेस आईका केन्द्रीय नेता समेत मारिएका थिए ।
यस्तै भर्खरै मात्र पञ्जाबको पठानकोटमा आतंकवादी हमला हुँदा ७ जना प्रहरी मारिएका थिए ।
dainikkhabr

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget