वेलायतले जबरजस्ती ल्याउन खोजेका हेलिकोप्टर रोक्दा नेपालले ४६ करोड गुमायो

चिनुक हेलिकोप्टरचिनुक हेलिकोप्टर
काठमाडौं— आवश्यक छैन भन्दाभन्दै वेलायतले भूकम्पका बेला ल्याउन चाहेका तीन चिनुक हेलिकोप्टरलाई फर्काउँदा परिणाम नेपाललाई निकै महँगो सावित भएको छ। सो बापत् वेलायत सरकारले नेपाललाई दिने सहयोगबाट ४६ करोड ३३ लाख रुपैयाँ कटौती गरेको छ।

भूकम्पका कारण घर तथा पूर्वाधार हल्लिएको अवस्थामा करिब १५ हजार केजीका चिनुक हेलिकोप्टर उडाउँदा त्यसले स्थिति अझ खराब बन्ने भन्दै सरकारले वेलायती सहयोग अस्वीकार गरेको थियो। जरुरी छैन भन्दाभन्दै वेलायतबाट काठमाडौं ल्याउन खोजिएका हेलिकोप्टर नेपालले रोकेपछि ती भारतमै अड्किएका थिए।

वेलायतको लेखा परीक्षण कार्यालय नेशनल अडिट अफिसले हेलिकोप्टरका कारण ३ मिलियन पाउन्ड (४६ करोड ३३ लाख) खर्च भएको उल्लेख गरेको छ। सो रकम वेलायतको अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी) बाट क्षतिपूर्ति गरिएको जनाइएको छ। 'तत्काललाई सो रकम रक्षा मन्त्रालयबाट असुलउपर गरिएको थियो। पछि डिएफआईडीले त्यो क्षतिपूर्ति गर्‍यो', लेखा परीक्षण कार्यालयलाई उदृत गर्दै डेलीमेल अनलाइनले लेखेकाे छ।

वेलायतले नेपाल पठाएका तीन वटा चिनुक हेलिकोप्टर एक महिनासम्म नयाँ दिल्ली स्थिति इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ भएर वेलायत फर्किएका थिए। वेलायती करदाताहरुले सन् २०११ देखि १०१४–२०१५ मा १ बिलियिन पाउन्ड आपतकालीन मानवीय सहयोगका लागि खर्च गरेको लेखा परीक्षण कार्यालयले उल्लेख गरेको छ।
nagariknews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget