२० जिल्लाको एक मधेस नभएसम्म आन्दोलन रोकिन्नः यादव

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादब। तस्विर: मिथिलेशकार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादब। तस्विर: मिथिलेश
लहान— संघिय समाजवादी फोरम नेपालका अध्यक्ष एवं मधेसी मोर्चाका संयोजक उपेन्द्र यादवले २० जिल्लाको सिङ्गो मधेस प्रदेश नपाएसम्म अान्दोलन जारी रहने बताएका छन्। 'यो आन्दोलन महाभारतको लडाइँ हुन्छ', उनले भने।

आन्दोलन लडेर अधिकार खोस्ने अभ्यास भएको उनको भनाइ छ।

लहानमा बिहीबार पार्टी प्रवेश कार्यक्रम सम्बोधन गर्दै यादवले भने,'संविधान पुर्नलेखन र परिवर्तण नभएसम्म आन्दोलन रोक्ने सवालै पैदा हुदैन ।' मौषममा पनि उतार चढाव आउँछ उनले भने,'आन्दोलनमा पनि उतार चढाव आउँछ तर रोकिदैन।'

प्रादेशिक सिमङ्कनले मधेसको धर्तीलाई पाँच टुक्रामा विभाजन गरेको भन्दै उनले भने, 'यो सिमाङ्कनले मधेसकै धर्तीमा मधेसीलाई समाप्त पार्ने षड्यन्त्र हो।' मधेसलाई स्वायत प्रदेश अर्थात मधेसका २० जिल्लालाई सिंगो मधेस प्रदेशको रुपमा स्थापित नगराएसम्म आन्दोलन निरन्तर चलिरहने उनको भनाई छ।

नागरिकता सम्बन्धी नयाँ संविधानको व्यवस्थाले नेपाल र भारतबीच बेटिरोटीको सम्बन्ध समाप्त पार्ने उनको टिप्पणी थियो। पञ्चायतदेखि अन्तरिम संविधानसम्म भारतीय चेली नेपाली युवकसँग विवाह गर्दा तुरुन्त बैवाहिक अंगिकृत नागरिकता पाउँथ्यो, जुन अहिलेको संविधानले हटाइदिएको उनको आरोप थियो।

कार्यक्रममा नेकपा एमालेका सगरमाथा अञ्चल कमिटि पूर्व सदस्य सत्यनारायण यादव सहित एमाओवादी र नेपाली कांग्रेसका दर्जनौ कार्यकर्ताहरु संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए। नवप्रवेशीहरुलाई फोरम अध्यक्ष यादवले फुलमाला र अविर लगाएर स्वागत गरेका थिए।

बलजफ्ती संविधान जारी गरेर कार्यन्वयन हुनु अगाबै बलजफ्ती संशोधन गर्नुले संविधान मृत सावित भैसकेको उनको टिप्पणी थियो। बलजफ्ती बिना सहमति भएको संविधान संशोधनले मधेसको माग सम्बोधन गर्दैन उनले भने,'मधेसको माग सम्बोधन नगर्ने संशोधन मान्य हुदैन्।'
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget