धरानमा कांग्रेस संस्थापन पक्षको शक्ति प्रदर्शन

धरान :  तेह्रौं महाधिवेशनको संघारमा कांग्रेस संस्थापन पक्षले धरानमा शक्ति प्रर्दशन गरेको छ । सोमबार कांग्रेस संस्थापन पक्षका कार्यकर्ताहरुले शक्ति पर्दशन गरी धरानमा मोटरसाइकल ¥याली निकालेर शक्ति पर्दशन गरेको हो ।

तेह्रौं महाधिवेशनमा काग्रेस सुनसरीमा दुई समुहले छुट्टा छुट्टै उमेद्वारी घोषणा गरेपछि संस्थापन पक्षले धरानमा शक्ति पर्दशन गरी सहभोजको आयोजना गरेको थियो ।

धरानको शिवमार्गबाट सयौंको संख्यामा निस्किएका काग्रैस संथापन पक्षका कार्यकर्ताहरुको मोटरसाइकल ¥याली बजार पक्रिमा गरी सप्तरंगी पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।


सभामा कांग्रेस संस्थापन पक्षबाट धरान उपमहानगरपालिको सभापतिमा तिलक राईले उमेद्वारी घोषना गरेका छन् ।

कांग्रेसको महाधिवेसन अगाडि जिल्ला, नगर र निर्वाचन क्षेत्रको अधिवेशन गर्नुपर्ने भएपछि कांग्रेस सुनसरीमा यतिबेला चुनावी सरगर्मी बढेको हो ।

सुनसरीका काग्रेस नेताहरु यतिबेला नेतृत्व हत्याउन कार्यकर्ताहरुको घर दैलोमा पुगेर भोट मागिरहेका छन् । कांग्रेसको यहि माघ १५ गते गाँउ, नगर र माघ २२ मा क्षेत्र साथै माघ २७ मा जिल्ला अधिबेशन हुँदै छ ।

कांग्रेस सुनसरीको नेतृत्वका लागि पार्टी संस्थापन पक्षका बर्तमान सभापति शेखर कोइराला,संस्थापनकै रामबहादुर बस्नेत र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका अगमलाल चौधरीले उमेद्वारी दिने घोषणा गरेका छन् ।

देउवा पक्षको कमजोर अबस्था भएका कारण संस्थापन पक्षकै बस्नेत र कोइराला विच प्रतिष्पर्धा हुने काग्रेस कार्यकर्ताहरुको विश्लेषण गरिएको छ ।

धरान उपमहानगरपालिकामा भने संस्थापन पक्षका तिलक राई र देउवा पक्षका हालका सभापति किशोर राई भिड्ने भएका छन् ।

यस पटक संस्थापन पक्षले क्रियाशिल सदस्य बढी स्वीकृत गराएपछि किशोरको अवस्था कमजोर रहेको आँकलन गरिएको छ ।

इटहरीमा उपमहानगरमा सभापतिमा हालका सभापति हेमकर्ण पौडेल र देउवा पक्षका विकास केसीले उमेद्धारी घोषणा गरिसकेका छन् ।

इनरुवा नगर सभापतिमा संस्थापनकै राजन मेहताले दोहो¥याउने भएका छन् । देउवा पक्षका श्रवण यादवले पनि इनरुवा नगरसभापतिमा उम्मेदवारी दिने भएका छन् ।

सुनसरीबाट चन्द्र श्रेष्ठ, विनोद राई, दिलकुमारी राई, सिताराम मेहता, मिना सुब्बा, मिन विक लगायतले केन्द्रीय सदस्यमा उमेद्वाारी दिने बताइएको छ ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget