सुजाताद्वारा सभापति पदको उम्मेदवार हुने अाैपचारिक घाेषणा

माघ १४, २०७२- कांग्रेस नेतृ सुजाता कोइरालाले कांग्रेसको १३ औं महादिवेसनमा सभापति पदमा उम्मेदवारी दिने पत्रकार सम्मेलन गर्दै अाैपचारिक घोषणा गरेकी छिन् ।

प्रेस युनियन मोरङले काेइराला निवास विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उनले सो घोषणा गरेकी हुन् । पार्टीलाई नयाँदिशा दिन आफूले सभापति पदका लागि उम्मेदवारी दिन लागेको उनले बताइन् ।

‘नेपाली कांग्रेस प्रजातन्त्र र बहुदलिय प्रतिष्पर्दामा विश्वास राख्ने पार्टी हो,’ उनले भनिन्, ‘त्यसैले म पनि प्रतिष्पर्दाबाटै सभापति बन्न चाहन्छु । उठि सकेपछि हार–जित जे हुन्छ त्यसलाई स्विकार्छु ।’

उनले गरेको देशव्यापी भेटघाटमा पनि कार्यकर्ताहरुले सभापतिमा उठ्न भनेको र त्यसबाट थप उत्साही भएर आफूले सो पदमा उम्मेदवारी दिने निर्णय गरेको बताइन् ।
eKantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget