मधेस-पहाड छुट्याउने चलखेल सफल हुन दिन्न: प्रधानमन्त्री अोली

'सिंहदरबारमा फोटो झुन्ड्याउन प्रधानमन्त्री भएको होइन'
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस र पहाड छुट्याउन ‘चलखेल’ भइरहेको भन्दै सरकारले त्यसलाई कुनै हालतमा सफल हुन नदिने बताएका छन्।

नेकपा एमाले काठमाडौँ जिल्ला सङ्गठन कमिटीले बिहीवार बोडेमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलार्इ  सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालीको अस्तित्व र एकतालाई तलमाथि पर्न नदिने बताएका हुन्।

एमालेका अध्यक्ष समेत रहनुभएका उनले आफूले देशले झुक्ने गरी कुनै कदम नचाल्ने बताउँदै दुनियाँका अरु मुलुक उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र रहेको उल्लेख गरे।

देशको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र अखण्डताविरुद्व कुनै सम्झौता नगर्ने र अरु कसैलाई गर्न पनि नदिने ओलीले बताए। प्रधानमन्त्री ओलीले जनताद्वारा निर्वाचित दुई तिहाइ संविधानसभा सदस्यले बनाएको र पारित गरेको संविधान परिवर्तन गर्न असम्भव रहेको बताए।

देशलाई अगाडि बढ्न नदिने र परिवर्तन संस्थागत हुन नदिने प्रयास चौतर्फी रुपमा उठे पनि देश परिवर्तनको गतिमा अघि बढिसकेको बताउँदै उनले संविधानको कार्यान्वयन गर्दै सरकार आत्मनिर्भरताको बाटोमा अघि बढ्ने बताए। प्रधानमन्त्री ओलीले देशमा विद्यमान भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

‘काँग्रेसले धोका दियो’

ओलीले आफू सिंहदरबारमा फोटो झुन्ड्याउन प्रधानमन्त्री नभएको उल्लेख गर्दै मुलुकका लागि केही गरेर देखाउने दाबी गरे। उनले काँग्रेसले यो सरकारलाई सहयोग नगरेर धोका र बेइमानी गरेको उल्लेख गर्दै सरकारलाई अप्ठ्यारो पार्न काँग्रेस पनि लागिपरेको अारोप लगाए।

तराईका केही स्थानमा अराजक समूहले परिस्थिति बिगार्ने कार्य गरिरहेकाले त्यसतर्फ सबै सचेत रहनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले छिमेकीसँग सुमधुर सम्बन्ध कायम राख्र्दै राष्ट्रिय स्वाभिमानलाई बलियो बनाउने उल्लेख गरे। रासस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget