अफिसमा फेसबुक प्रतिबन्धित छ ? जुकरवर्गले ल्याए नयाँ बेबसाइट

प्रायः कार्यालयहरुमा आजकल फेसबुक प्रतिबन्धित हुन्छ । कर्मचारीको कार्यक्षमता घटेको भन्दै आजकल साना ठूला अधिकांश कार्यालयहरुले फेसबुक नचल्ने बनाएका हुन्छन् ।
तर, फेसबुक आजकल यति ठूलो सोसाइटी भइसक्यो कि केही घण्टा फेसबुकबाट टाढा रहनुभयो भने तपाइँले आफ्नो सर्कलको केही न केही कुरा छुटाइरहनुभएको हुन्छ ।
फेसबुक केवल स्टाटस लेख्न र तस्वीर हेर्न मात्र प्रयोग हुँदैन् । फेसबुकमा आनन्दको मुख्य स्रोत हो साथीभाइसँगको च्याट सम्बाद ।
यदि तपाइँ फेसबुकमा रमाउनुहुन्छ र फेसबुक प्रतिबन्धित भएका कारण चिन्तामा हुनुहुन्छ भने चिन्ता नलिनुस्, तपाइँलाई फेसबुक मालिक मार्क जुकरवर्गले नयाँ वेबसाइट ल्याइदिएका छन् ।
फेसबुकका मालिकले केही महिना पहिले नै सार्वजनिक गरेको यो नयाँ साइटको नाम हो- म्यासेन्जर डट्कम, जुन धेरैलाई अहिलेसम्म थाहा छैन् ।

फेसबुकले स्मार्टफोनका लागि ल्याएको म्यासेन्जर एप करोडौं प्रयोगकर्ताले डाउनलोड गरे पनि म्यासेन्जर वेबसाइटका बिषयमा भने निकै कमलाई थाहा होला ।
यदि तपाइँले फेसबुकको सट्टा म्यासेन्जर डटकम खोल्नुभयो तपाइँले एउटा क्लिन डिजाइनको वेबसाइट देख्नुहुनेछ । जहाँ तपाइँले म्यासेन्जर एपमा जस्तै च्याट गर्न सक्नुहुन्छ ।
वास्तवमा यो म्यासेन्जर एपकै वेब भर्सन हो जुन फेसबुकको विकल्पका रुपमा तपाइँले प्रयोग गर्न सक्नुहुन्छ । फेसबुक डोमेन ब्लक गरिएका धेरै अफिसमा यही डोमेनमार्फत् आनन्दले फेसबुकमा आफ्ना साथीसँग च्याट गर्न सकिन्छ ।
तपाइँलाई थाहै छ कि, फेसबुक म्यासेन्जर केवल म्यासेजिङ एपमात्र हैन, त्यसबाटै भ्वाइस कल गर्न, ग्रुप म्यासेज गर्न र भिडियो च्याट गर्न पनि मिल्छ ।
म्यासेन्जर वेबसाइटबाट पनि तपाइँले यी सबै सुविधा प्रयोग गर्न सक्नुहुन्छ ।
टाइप गर्न अल्छि लाग्यो ? यहाँ क्लिक गर्नुहोस्
-बिजनेस इनसाइडरको सहयोगमा
onlinekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget