अर्थ, गृह र अापूर्ति मन्त्री अायल निगमको थानकोट डिपोमा !

अर्थ, गृह र अापूर्ति मन्त्री अायल निगमको थानकोट डिपोमा !
काठमाडाैं-नेपाल अायल निगमको थानकोटस्थित डिपोमा प्रयाप्त इन्धन भण्डारण भएपनि उपभोक्ताले नपाएको गुनासो अाएपछि सरकारका तीन मन्त्रीले थानकोट डिपोमै पुगेर निरिक्षण गरेका छन्। अर्थमन्त्री बिष्णु पाैडेल, गृह मन्त्री शक्ति बस्नेत र अापूर्ति मन्त्री गणेशमान पुनसहितको टोलीले थानकोटस्थित डिपोमा निरिक्षण गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा अोलीको निर्देशनमा तीन मन्त्रीसहितको टोली शुक्रबार बेलुका थानकोट डिपोमा पुगेका प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

डिपोमा रहेका डिजेल, पेट्रोल र मट्टितेल राख्ने ट्याङ्कहरू भरिएको र इन्धन राख्ने ठाउँ नहुँदा भरिएका तेलका ट्यांकरहरू केहीदिनदेखी अलपत्र अवस्थामा रहेका थिए। तेल प्रयाप्त हुँदा पनि व्यवस्थापन र वितरणमा थानकोट डिपो र अायल निगमले अानाकानि गर्नुको पछाडि अनियमितताको अाशंका गरिएको थियो।

थानकोट डिपोमा कार्यरत कर्मचारी श्रोतकाअनुसार बिहीबार र शुक्रबार इन्धन लिनका लागि मन्त्रालय र विभिन्न विभागको पत्र लिएर इन्धन लिन पुगेका राष्ट्रिय गाैरवको अायोजनाका प्रतिनिधिलाइ डिपो भित्र छिर्न कडाइ गरिएको थियो। अघिपछिभन्दा सर्वसाधारण र सञ्चारकर्मीलाइ डिपो क्षेत्र भित्र छिर्न र त्यहाँका गतिबिधिबारे जानकारी लिन रोकिएको थियो।

डिपोमा तेल भण्डारण प्रयाप्त हुँदा र भरिएका तेलका ट्यांकरले भण्डारणको ठाउँ नपाउँदासमेत अति महत्वका राष्ट्रिय गाैरवका अायोजनाले बारम्बार इन्धन माग गर्दा पाएका छैनन्। इन्धनको अपूर्ति बढेको तर सर्वसाधारणका लागि उपलब्ध हुन नसकेकोप्रति गुनासो र अाक्रोश बढ्दो छ।

थानकोटमा रहेको पेट्रोलको ट्यांक नम्बर १ र २ को क्षमता १५ लाख २० हजार लिटर रहेकोमा दुबै भरिएका छन्। डिजेलका ट्यांक नम्बर १ र २ को क्षमता ६३ लाख लिटर छ, दुबै ट्यांक भरिएका छन्।

मटितेलका १, २ र ३ नम्बर ट्यांकको क्षमता ७० लाख ६० हजार छ, तीनवटै ट्यांक भरिएका छन्।

थानकोटस्थित अायल निगमको डिपो श्रोतबाट प्राप्त विवरण।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget