सरकारले मुलुकलाई साम्प्रदायिक मुठभेडमा धकेल्न खोज्यो: यादव

समाजवादी फोरमद्वारा रंगेली घटनाको भत्सना
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोरङको रंगेलीमा तीन जनाको ज्यान लिने गरी मधेसी मोर्चाका कार्यकर्तामाथि गोली चलाएर सरकारले आन्दोलनलाई साम्प्रदायिक मुठभेडतर्फ धकेल्न खोजेको आरोप लगाएका छन्।

समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गरी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका मोर्चामाथि गोली प्रहार गर्नुले मधेस आन्दोलनलाई कमजोर बनाउने र मधेशी, आदिवासी जनजाति, खस, थारु, महिला लगायत सीमान्कृत समुदायलाई पहिचान र अधिकार नदिने षड्यन्त्रमा लागेको रङ्गेली घटनाले प्रष्ट पारेको उल्लेख गरेका छन्। ‘मोर्चाको शान्तिपूर्ण विरोध प्रदर्शनमाथि भएको दमनकारी घटनाको फोरम नेपाल घोर विरोध एवं भत्र्सना गर्दछ, यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।’

यादवले वार्ता र संवाद मार्फत् नयाँ संविधन संशोधन गरी मुलुकलाई निकास दिनुको सट्टा सरकारले आन्दोलनकारी माथि चरम दमन गरी आफै वार्ता बिथोल्न लागि परेको गम्भीर आरोप समेत लगाएका छन्। ‘सरकारले एकातिर वार्ता गर्ने अनि अर्कोतिर जनता भिडाउने र आन्दोलनकारी माथि दमन गर्ने निकृष्ट कार्य तत्काल बन्द गरी सार्थक वार्ता मार्फत् देशलाई निकास दिने तर्फ गम्भीर हुन आह्वान गर्दछौं, विज्ञप्तिमा उल्लेख छ।’
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget