'निजगढ विमानस्थलका लागि सात खर्ब लाग्ने'


फोटो :फाइल स्केच
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले निजगढ विमानस्थल निर्माणका लागि पाँच चरणमा काम गरिसक्ने गरी  सात खर्ब रुपैयाँको बजेट अनुमान गरिएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले स्वदेशी पुँजीबाटै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने योजनासहित काम भइरहेको बताए ।


मन्त्री पोखरेलले गौतमबुद्ध विमानस्थलमा निर्माणकार्य द्रुतगतिमा भइरहेको पनि बताए ।

उनले देशका ७५ वटै जिल्लामा विमानस्थल निर्माण गर्नेगरी जग्गा प्राप्तिको योजना सुरु गर्न लागेको बताउँदै सम्भव भएका स्थानमा विमानस्थल र सम्भव नभएकामा हेलिप्याड भए पनि बनाउने प्रष्ट पारे।

मन्त्री पोखरेलले आगामी वर्षभित्र १० लाख पर्यटक नेपाल भित्र्याउने योजना रहेको बताउँदै हिन्दू तथा बौद्ध धर्मावलम्बीका संस्कृतिलाई प्रवद्र्धन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि आगामी जेठ ८ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्ध जयन्ती मनाउने, लुम्बिनी, पोखरा, नमोबुद्धलाई जोडेर नेपालभित्रै बौद्ध सर्किट निर्माणको योजना पनि रहेको बताए।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget