माघ १४ गते-
नेपालमा कुनै पुरुषले एउटी श्रीमती हुँदाहुँदै अर्की ल्यायो भने के होला ? पक्कैपनि जेठी श्रीमतीले मुद्धा हाल्छिन् र बहुविवाह गर्ने श्रीमान् र श्रीमती हुँदाहुँदै आउने अर्की महिलाले पनि जेलको चिसो खानुपर्ने हुन्छ ।
तर अफ्रिकाको एउटा देशले हाम्रो देशको ठीक उल्टो नियम ल्याउँदै वहुविवाह नगर्ने पुरुषलाई जन्मकैद हुने व्यवस्था गरेको छ । सुन्दा पनि अचम्म लाग्न सक्ला तर यो सत्य हो ।
यो देश र इथियोपियाबीच भएको युद्धको क्रममा धेरै पुरुषको मृत्यु भएपछि अहिले त्यहाँ पुरुषको संख्या निकै कम छ ।
महिलाको संख्या अत्यधिक र पुरुषको संख्या कम भएपछि त्यहाँको सरकारले हरेक पुरुषले कम्तिमा दुई महिलासँग विवाह गर्नुपर्ने नियम ल्याएको हो ।
बहुविवाह गर्न नमान्ने व्यक्तिलाई कठिन श्रमसहितको जन्म कैदको सजाय हुनेछ भने आफ्नो श्रीमानलाई बहुविवाह गर्नबाट रोक्ने महिलालाई पनि जन्म कैदको सजाय हुने भएको छ ।
जम्मा चालिस लाखको हाराहारीमा जनसंख्या रहेको एरिट्रियामा डेढ लाखभन्दा बढी पुरुषको युद्धका क्रममा मृत्यु भएको थियो ।
यो नयाँ नियमको महिला अधिकारकर्मीले भने यसले महिलाको स्वाभिमानमाथि प्रहार गरेको भन्दै विरोध गरेका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
etajakhabar
Post a Comment