भारतीय पक्षबाट अचानक रक्सौल नाकामा सिल, नेपालीलाई भारत प्रवेशमा रोक


वीरगन्ज, १३ माघ - भारतले मंगलबार दिउसो अचानक रक्सौल नाका सिल गरेको छ। भारतले पूर्वसूचना बिना मङगलवार दिउँसो तीन बजे देखि साँझ साढे पाँच बजे सम्म रक्सौल नाका सिल गरेको हो।

भारतले पूर्वसूचना बिना मङगलवार दिउँसो तीन बजे देखि साँझ साढे पाँच बजे सम्म रक्सौल नाका सिल गरेको हो। रक्सौल भन्सार कार्यालय नजिकै रहेको फलामे ढाट (बेरियर) भारतीय प्रहरीले मंङगलवार दिउसो तीन बजे देखि झारेर नाका सिल गरेका हुन् ।

साँझ पाँच बजे भने भारतीय प्रहरी आफैले ढाट हटाए पछि नाका सुचारु भएको थियो।बिना जानकारी भारतले एक्कासी नाका सिल गरे पछि रक्सौल वीरगन्ज ओहोर दोहोर गर्ने नेपाली यात्रुहरुलाइ सास्ती भएको थियो।

ढाट खसाएर नाका सिल गरेपछि भारतीय बर्दिधारी प्रहरीले वीरगन्ज तर्फबाट मोटरसाइकल र साइकलमा सवार भएर रक्सौल जान लागेका नेपालीलाई छिर्न दिएनन् । पैदल यात्रुहरुलाइ पनि भारतीय प्रहरीले रक्सौल छिर्न अवरोध गरेका थिए।

नाका सिल गरेर भारतीय प्रहरीले रक्सौल छिर्न नदिएपछि दशगजा क्षेत्रको मितेरी पुलमा नेपाली नम्बर प्लेटका मोटरसाइकल र यात्रुहरु अलपत्र परेका थिए। नाका सिल भएको एक घण्टापछि वीरगन्जबाट फर्कन लागेका भारतीय नम्बर प्लेटका मोटरसाइकल र भारतीय यात्रुहरुलाइ रक्सौल छिर्न दिएपनि भारतीय प्रहरीले नेपाली नम्बर प्लेटका मोटरसाइकल र यात्रुहरुलाइ भने नाकामै रोकिदिएका थिए।

भारतीय प्रहरीले नाका सिल गरे पछि रक्सौलबाट वीरगन्ज फर्किन लागेका नेपाली मोटरसाइकल चालक र यात्रुहरु पनि सीमा पारि रक्सौल मै अलपत्र परेका थिए। दिल्लीबाट आएका भतिजोलाइ लिन रक्सौल रेल्वे स्टेशन जानु थियो, रक्सौल भन्सार कार्यालय वारी मितेरी पुलमा भेटिएका वीरगन्ज ६ कुम्हाल टोलका नन्दु कुमारले अन्नपूर्णपोष्टसंग भने ,‘ तर भारतीय प्रहरीले रक्सौल कस्टमकै ढाटमा मोटरसाइकल रोकिदियो, अब यही कुरेर बसेको छु।

उनले थपे , ‘नाका किन सिल गरेको भनेर सोध्दा उपरका आदेश है (माथिको आदेश हो )भनेर भारतीय पुलिसले जवाफ दिए। भारतले गत सोमबार देखि नेपाली नम्बर प्लेटको मोटरसाइकल सहितका सवारी सधानको रक्सौल प्रवेशमा प्रवेश अनुमतिको नियम लागु गरेर कडाइ गरेपछि नेपालीहरुलाइ कठिनाइ भएको छ। मंगलवार अचानक नाका नै सिल गरिदिएपछि रक्सौल जान चाहने नेपालीहरुलाइ झन सास्ती भएको थियो।

सदियौं देखि रक्सौल जान पास चाहिन्थेन तर अहिले पासको नियम लगाइदिएपछि नभएको झमेला खेप्नु परेको छ , वीरगन्ज घडीअर्वाका सन्तोष साहले भने ,‘ अब त नाका नै सिल गरिदिन थालेको छ , भारतको चरित्र बुझीनसक्नु छ।

नेपाली यात्रुहरुलाइ रक्सौल छिर्न नदिएका भारतीय प्रहरीले नाका सिल गर्नुको कारण बारे कुनै प्रतिक्रिया दिन मानेन् ।नाका सिल गरिएको बारेमा प्रतिकृया लिन जादा रक्सौल भन्सार कार्यालयमा पनि कोहि जिम्मेवार कर्मचारी र अधकिारी भेटिएनन्।

यता नेपाली भूमी तर्फको दशगजा क्षेत्रमा टेण्ट हालेर धर्नामा बसेका मधेसी दल कार्यकर्ताहरुले पनि भारतीय प्रहरीले अचानक भारत तर्फको नाका सिल गरेको बताए। धर्नामा बसेका तमलोपाका नेता रमतुल्लाह खाँले भने , ‘ एक्कासी भारतीय पुलिसले नाका सिल गरिदियो , हामी पनि आश्चर्यमा परयौ । भारतीय प्रहरीले नाका सिल गर्नुको कारण आफुलाइ पनि थाहा नभएको उनले बताए।

पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले पनि रक्सौलमा भारतीय पक्षले अचानक ढाट राखेर नाका ठप्प पारेको बताए। ढाट राखेर केहि घण्टा नाका ठप्प पारेको खबर मलाइ पनि आयो , उनले भने ,‘तर उनिहरुले किन गरे त्यो मलाइ पनि थाहा छैन। दशगजा क्षत्रेको मितेरी पुलमा मधेसी दलको धर्ना जारी नै छ । संविधान र सीमांकनको विरोध गर्दै मधेसी दलले गत असोज ७ गते देखि मितेरी पुलमा धर्ना दिएर वीरगन्ज रक्सौल नाका ठप्प पार्दै आएका छन्। साभार: अन्नपूर्ण पोस्ट
dcnepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget