काठमाडौं– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद घोषणा गर्न आयोजना गरेको कार्यक्रममा अर्बपति बिनोद चौधरी समेत सहभागि बनेका छन् । उनले आफू शुभकामना तथा बधाई दिनमात्रै आएको तर पार्टी प्रवेश नगरेको स्पष्ट पारे । यसअघि उनी एमालेको तर्फबाट पहिलो संविधानसभामा समानुपातिक सभासद थिए ।
चौधरीको प्रतिक्रिया उनकै शब्दमाः

बामपन्थी पृष्ठभूमिबाट सशस्त्र आन्दोलनको बाटो रोजेर त्यहाँबाट प्रधानमन्त्री बन्दै यहाँ आउनु भएका बाबुराम भट्टराईले आफ्नो अनुभव र पृष्ठभूमिमा यो प्रयास गर्नु भएको छ । यो सरहानीय छ । विकासको एजेण्डालाई मूख्य बनाउने भन्नु भएको छ । यो नीजि क्षेत्रका लागि खुसीको कुरा हो । पूर्ण सफल हुनुहोस्, स्वच्छ राजनीति र सुशासन अहिले आवश्यकता छ । राजनीतिलाई लाभ हानीका रुपमा मात्रै नहेरौं । जनता र स्टेक होल्डरका भावनालाई आत्मसात गरौं । हाम्रो सहयोग र समर्थन रहन्छ । म उद्यमी हुँ । म शुभकामना र बधाई दिन आएको हुँ ।
दर्शकदीर्घामै बसेका उनी करीब ५ मिनेट भाषण गरेपछि अर्को कार्यक्रमको लागि निस्किएका थिए ।
ratopati
Post a Comment