वासिंटन, माघ १ । अमेरिकामा सर्वाधिक राशीको चिठ्ठाको विजेता कम्तीमा तीन जना हुन सक्नेछन् । १.६ अर्ब डलर राशीको चिठ्ठा जित्ने टिकट क्यालिफोर्निया, टेनिसी र फ्लोरिडाबाट बिक्री भएको बताइन्छ । यद्यपी विजेताको पहिचान भइसकेको छैन ।
यसअघि १९ औं पटकसम्म चिठ्ठाको विजेता नभएपछि यसको रकम पनि बढ्दै गएको थियो । अधिकारीहरुका अनुसार चिठ्ठा विजेता टिकट तीनवटा देखिए पनि त्यस्ता टिकट अझै छन् कि छैनन् भन्ने जान्न केही घण्टा लाग्नेछ ।
बुधबार अमेरिकाभर हजारौं मानिस चिठ्ठा जित्ने आशाका साथ टिकट बिक्री केन्द्र बाहिर जम्मा भएका थिए । एक व्यक्तिले चिठ्ठा जित्ने सम्भावना तीस करोडमा एकको अनुपातमा रहने अधिकारीहरुको भनाई छ ।
चिठ्ठाको विजेता तीनजना मात्र भएमा उनीहरुबीच समान रुपमा १.५८६ अर्ब डलरका दरले रकम बाँडिने छ । उक्त राशीमा सरकारले ३९.६ प्रतिशत कर असुल्ने छ ।
विश्वकै सर्वाधिक राशीको चिठ्ठा भने स्पेनमा खेलाइन्छ । एल गोर्डो नामको सो चिठ्ठा सन् २०१५ मा २.४ अर्ब डलर राशीमा खेलाइएको थियो । (एजेन्सी)
Post a Comment