कलैयामा धोती जुलुस

पुस १७, २०७२- अंग्रेजी नयाँ वर्षको अवसर पारेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र कांग्रेसका अगुवाहरु मिलेर कलैयामा शुक्रबार धोती जुलुस निकालेका छन् । मोर्चाका अगुवा नेता ओमप्रकाश साहको नेतृत्वमा ‘मधेसीको शान धोती हाम्रो पहिचान’को नारा लगाउँदै कुर्ता र धोतीमा सजिएका उनीहरुले कलैया नगर परिक्रमा गर्दै भरत चोकमा पुगी कोणसभा गरेका छन् ।

कोण सभामा मोर्चाका नेताहरुले वार्ता सार्थक नबनेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । अब प्रत्येक अंग्रेजी वर्षको प्रथम जनवरी १ लाई धोती दिवसको रुपमा मनाउन स्थापना दिवसको सुरुवात गरिएको मोर्चाका नेता प्रमोद गुप्ताले बताए । ‘मधेसीको धोती संस्कृति लोप हुँदै गएकोले त्यसको संरक्षणको लागि धोती दिवस स्थापना गर्ने उदेश्यले जुलुस गरिएको हो,’ उनले भने ।
ekantipur

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget