‘आमाको शवमा चढेर दूध चुसेछु’ – व्याकुल माइला

 ‘आमाको शवमा चढेर दूध चुसेछु’ – व्याकुल माइला
– लुइटेल दिनेश
दर्दनाक इतिहासले सुन्दर भविष्य बनाउछ । ओखलढुंगाको थाक्ले गाविस दूधकोसी किनार सोकमाटारमा
जन्मिएका प्रदीपकुमार राईलाई आज सबैले व्याकुल माइला भनेर चिन्छन् ।
बाल्यकालमा कसले माया गर्यो ? प्रश्नको जवाफमा व्याकुलले भने, ‘बुबाले धेरै माया गर्नुभयो । हजुरआमाको दूध चूसेर हुर्केको मान्छे हुँ ।’
गणतन्त्रले आम नेपाली जनतालाई के दियो के दिएन ? यो प्रश्न अनुत्तरित छ । तर, धनलक्ष्मी र मानबहदुर राईका माइला छोरा प्रदीपकुमारलाई ठूलो सम्मान दियो । त्यो सम्मान हो, राष्ट्रगीतका रचनाकार ।
डेढ वर्षकै उमेरमा आमाको मायाबाट बन्चित व्याकुल सानैदेखि सिकुटे थिए । दूध कटुवा भएकैले होला रोगी पनि थिए । बाल्यकालमा कसले माया गर्यो ? प्रश्नको जवाफमा व्याकुलले भने, ‘बुबाले धेरै माया गर्नुभयो । हजुरआमाको दूध चूसेर हुर्केको मान्छे हुँ ।’
बुबा भन्नुहुन्छ ‘तँलाई केही थाहा छैन । तेरी आमा मरेर लम्पसार परिसकेकी थिई । त चाहिँ मरिसकेकी आमाको शरीरमाथि चढेर दूध चुसिरहेको थिइस’
हातको औँलाबाट जसरी दूध आउदैन हजुरआमाको दूध पनि त्यस्तै थियो । तर, आमाको बात्सल्य खोज्दै व्याकुल हजुरआमाको दूध चुस्थे । व्याकुलले भावुक हुँदै भने, ‘मैले थाहा पाउदा पनि हजुरआमाको दूध नआए पनि म चुसिरहेको हुन्थेँ ।’
हजुरआमाले बाध्यताले दूध चुसाएको बताउदै भन्छन्, ‘उहाँले आफ्नो लाम्टो चुसाएर बात्सल्य दिनुभयो । म हजुरआमाका सुकेका लाम्टा चुसेर हुर्किएको हुँ । दूध नआए पनि त्यो चुसाउनु हजुरआमाको बाध्यता थियो ।’
डेढ वर्षमै आमाले छोड्नुभयो
हजुरआमाले दूध चुसाएको बताउदै भन्छन्, ‘उहाँले आफ्नो लाम्टो चुसाएर बात्सल्य दिनुभयो । म हजुरआमाका सुकेका लाम्टा चुसेर हुर्किएको हुँ । दूध नआए पनि त्यो चुसाउनु हजुरआमाको बाध्यता थियो ।’
व्याकुलले आमाको माया डेढ वर्ष मात्र पाए । आमाको सम्झना गर्दै भन्छन्, ‘म डेढ दुई वर्षको हुँदा आमा बित्नुभएको रहेछ ।’  आमाको कुरा गर्ने बित्तिकै भावुक हुने व्याकुल आमा बितेको समयको दर्दनाक संस्मरण बुबाले सुनाउने गरेको बताउछन् ।
व्याकुल भन्छन्, ‘बुबा भन्नुहुन्छ, ‘तँ सानो थिइस् । तँलाई केही थाहा छैन । तेरी आमा मरेर लम्पसार परिसकेकी थिई । त चाहिँ मरिसकेकी आमाको शरीरमाथि चढेर दूध  चुसिरहेको थिइस ।’
‘आमाको विदाईको भावुक क्षणको सम्भना भए पनि बुबाले धेरै कुरा साट्न पनि सक्नुहुन्न । आमाको कुरा गर्नासाथ बुबा रुन थाल्नुहुन्छ ।’
यत्ति भन्दै गर्दा आँखाभरी आँसु पारेका व्याकुलको केही समय गला अवरुद्ध भयो । मौनता तोड्दै भने,‘आमाको लाशमाथि चढेर दूध चुसेको कुरा बुबाले सुनाउदा सधै रुने गर्छु ।’
धनलक्ष्मीको अन्तिम बिदाईका बारे मानबहादुर समेत धेरै खुल्न सक्दैनन् । व्याकुल भन्छन्, ‘आमाको विदाईको भावुक क्षणको सम्भना भए पनि बुबाले धेरै कुरा साट्न पनि सक्नुहुन्न । आमाको कुरा गर्नासाथ बुबा रुन थाल्नुहुन्छ ।’
‘अरु सबै पीडामा हुँदा म रमाइरहेको हुन्थेँ रे !’ व्याकुल फेरी भावुक हुँदै भन्छन्, ‘मलाई आमा बित्नुको पीडा थाहा नहुँदाको समय सम्झदा अहिले पनि धेरै पीडा हुन्छ ।’
व्याकुलले आमाको बारेमा धेरै कुरा काकाबाट थाहा पाएका रहेछन् । आमाको अन्तिम सस्कार सकेर चोखिने बेलामा व्याकुल बुबाको काखामा निदाएको प्रसंग काकाले सुनाएका रहेछन् । काकाले सुनाएको कुरा बतााउदै भन्छन्, ‘अरु सबै पीडामा हुँदा म रमाइरहेको हुन्थेँ रे !’ व्याकुल फेरी भावुक हुँदै भन्छन्, ‘मलाई आमा बित्नुको पीडा थाहा नहुँदाको समय सम्झदा अहिले पनि धेरै पीडा हुन्छ ।’
आमाको तस्बिर पनि छैन
व्याकुल माइलाले जीवनका कुनै खुशी आमासँग साट्न पाएनन् । यत्तिमात्र होइन, उनले जीवनमा आमाको तस्बिरसम्म देख्न पाएनन् । भन्छन्, ‘त्यो बेला तस्बिर खिच्ने चलन नै थिएन । चलन भए पनि आमाको तस्बिर कसैले राखिदिएनन् । अब तस्बिर पाउने सम्भावना नै छैन ।’
‘त्यो बेला तस्बिर खिच्ने चलन नै थिएन । चलन भए पनि आमाको तस्बिर कसैले राखिदिएनन् । अब तस्बिर पाउने सम्भावना नै छैन ।’
आमा शब्द सम्झदा तपाईंको दिमागमा कस्तो स्केच बन्छ ? प्रश्नको जवाफमा माइला भन्छन्, ‘मेरो दिदी हुनुहुन्छ । उहाँ जस्तै हुनुहुन्थ्यो कि जस्तो लाग्छ । अलि होचोहोचो कद, अलिकति गोलो अनुहार ।’
आमाका विषयमा माइलालाई अरुले विभिन्न कुरा सुनाउछन् ।  ‘तिम्री आमा साह्रै राम्री र असल थिइन । के गर्नु र चाँडै मर्नु रैछ !’ यस्ता कुराले व्याकुललाई अझ बढी भावुक बनाउने गर्दछ । उनी भन्छन्, ‘यस्ता कुरा सुन्दा आमाको याद असाध्यै आउछ । भावुक हुन्छ र एकछिन चुप लागेर बस्छु ।’
‘तिम्री आमा साह्रै राम्री र असल थिइन । के गर्नु र चाँडै मर्नु रैछ !’ यस्ता कुराले व्याकुललाई अझ बढी भावुक बनाउने गर्दछ । उनी भन्छन्, ‘यस्ता कुरा सुन्दा आमाको याद असाध्यै आउछ । भावुक हुन्छ र एकछिन चुप लागेर बस्छु ।’
माइली आमाका माइला छोरा
व्याकुलका बुबाले तीन विवाह गरेका थिए । तीन आमाको कुरा गर्दा माइला भन्छन्, ‘जेठी आमाको नाम हर्कशरी राई हो । उहाँ  अझै   हुनुहुन्छ । माइली अर्थात् मेरी आमाको बितेपछि बुबाले कान्छी आमाको रुपमा मइरत्न राईलाई विवाह गर्नुभएछ ।’
बुबाले तेस्रो विवाह गर्नुको कारण कोट्याउदै माइला भन्छन्, ‘बुबाकी माइली अर्थात् मेरी आमाको निधनपछि बुबाले मेरो हेरचाहका लागि कान्छी आमा विवाह गर्नुभएको रहेछ ।’
व्याकुलका बुबाले तीन विवाह गरेका थिए । माइला भन्छन्, ‘जेठी आमाको नाम हर्कशरी राई हो । उहाँ  अझै   हुनुहुन्छ । माइली अर्थात् मेरी आमाको बितेपछि बुबाले कान्छी आमाको रुपमा मइरत्न राईलाई विवाह गर्नुभएछ ।’
व्याकुलकी जेठी आमाका  नरेश राई र भाइ दिलिपकुमार राई दुई सन्तान हुन् । माइली आमा अर्थात् व्याकुलकै आमाबाट जन्मिएको एक छोराको सानैमा मृत्यु भएछ । दाइको मृत्यु भएको बताउदै व्याकुल भन्छन्, ‘मेरी आमाको कोखबाट जन्मिएको म भन्दा माथिको दाइको सानैमा निधन भएछ । म भन्दा मुनी अर्को बच्चा जन्मने क्रममा आमा बित्नुभएको रहेछ ।’ एउटै कोखको कुरा गर्दै उनले भने, ‘अहिले माइली आमाका सन्तानमा म र  दिदी रुपामाया राई छौँ ।’
व्याकुलको हेरचाह गर्न मानबहादुरले कान्छी श्रीमतीको रुपमा विवाह गरेकी मइरत्नका भने सन्तान नभएको व्याकुल सुनाउछन् । भन्छन्, ‘कान्छी आमाको तर्फ सन्तान भएनन् । उहाँले हामीलाई माया गरेर हुर्काउनुभयो ।’
‘मेरी आमाको कोखबाट जन्मिएको म भन्दा माथिको दाइको सानैमा निधन भएछ । म भन्दा मुनी अर्को बच्चा जन्मने क्रममा आमा बित्नुभएको रहेछ । अहिले म र  दिदी रुपामाया राई छौँ ।’
बाल्यकालका दुःख
बाल्यकाल सम्झदै व्याकुल भन्छन्, ‘मेरो बाल्यकालमा मैले थाहा नपाउदै थुप्रै उथलपुथल आएका थिए । आमाको माया नपाए पनि हजुरआमा र बुबाको मायामा हुर्किएँ ।’
व्याकुलका बुबाका आफ्नै खालका संघर्ष थिए । सर्घष गरेरै उनका बुबाले त्यो जमानामा पढेका रहेछन् । व्याकुल र उनका बुबा भन्दा पनि उनका हजुरबाको छुट्टै कथा सुनाउछन्, हजुरबा नजन्मदै उहाँको बुबा बित्नुभएछ । मेरो हजुरबा चाहिँ गर्भे टुहुरो हुनुहुन्थ्यो । हजुरबाले  बाल्यकालमा अति धेरै दुःख पाएको कुरा अहिले पनि बुबाले सुनाउनु हुन्छ ।’
परिवारमा बाल्यकालदेखि नै दुःख आइपरे पनि माइलाको परिवार गाउँघरको हुने खाने नै थियो ।

मास्टरका छोरा
परिवारको पृष्ठभूमि बताउदै माइला भन्छन्, ‘हजुरबाको पालादेखि नै हाम्रो परिवार हुनेखाने मै पथ्र्यो । हजुरबुबालाई वीरसिंह साहुँ भन्थे । हजुरबा अरुलाई ठगेर साहुँ बन्नुभएको होइन  । कपास खेती गरेर, तान बुनेर पैसा कमाउनु भएको रे ।’
व्याकुलका बुबा मास्टर थिए । बुबा मास्टर भएकाले उनले घरमै अक्षर लेख्न सिके । कालो पाटीमा लेख्न सिकेको सम्झदै व्याकुल भन्छन्, ‘बुबा मास्टर हुनुहुन्थ्यो । उहाँले सानैदेखि पढाउनुभयो । कालो पाटीमा लेखेर अक्षर चिनेको हुँ । त्यसबेला कपी कलम नभए पनि बुबाले कालो पाटीमा खरिले लेख्न सिकाउनु हुन्थ्यो ।’
‘बुबा मास्टर हुनुहुन्थ्यो । कालो पाटीमा लेखेर अक्षर चिनेको हुँ । त्यसबेला कपी कलम नभए पनि बुबाले कालो पाटीमा खरिले लेख्न सिकाउनु हुन्थ्यो ।’
विद्यालय प्रवेश
मास्टरका छोरा व्याकुलले गाउँकै महादेवस्थान प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेका हुन् । उनले पढ्दा प्रावि भएको महादेवस्थान अहिले मावि भएको छ । उनले त्यहाँ तीन कक्षासम्मको औपचारिक शिक्षा लिएका हुन् ।
व्याकु चार कक्षा पढ्न सुनकोसी किनारमा रहेको हर्कपुर निम्न माद्यमिक विद्यालयमा पुगे । त्यहाँ चारदेखि सात कक्षासम्म पढेका उनले  मावि स्तरको पढाई भगवती माविबाट पुरा गरेँ ।
‘आठदेखि दशसम्म पढ्न मेरो गाउँबाट तीन चार घण्टा उकालो हिडेर जानु पर्थ्र्यो । कक्षा आठ पढुन्जेल चार घण्टाको बाटो धाएरै स्कुल गएँ । नौ र दश कक्षा पढ्दा डेरा लिएर उतै बसेँ ।’
भगवती माविमा पढ्न जादाको अनुभव साट्दै व्याकुल भन्छन्, ‘आठदेखि दशसम्म पढ्न मेरो गाउँबाट तीन चार घण्टा उकालो हिडेर जानु पर्थ्र्यो । कक्षा आठ पढुन्जेल चार घण्टाको बाटो धाएरै स्कुल गएँ । नौ र दश कक्षा पढ्दा डेरा लिएर उतै बसेँ ।’ माइलाले दुःखका साथ स्कुल शिक्षा पुरा गर्दै २०४६ सालमा एसएलसी पास गरेका हुन् ।
कलेज जीवन
काका काठमाडौँ भएकाले माइला एसएलसी पास गरेपछि काठमाडौँ आए । माइला भन्छन्, ‘माइला र कान्छा काका काठमाडौँमा भएकाले म काठमाडौँ नै आएँ । हामी सानै छदा काकाहरुले बिए, एमए पढेको कुरा गाउँमा हामी सुन्थ्यौँ ।’
क्याम्पस पढ्न काठमाडौँ आएको सम्झदै व्याकुल भन्छन्, ‘एसएलसी पास गरेपछि २०४७ सालमा काठमाडौँ आएँ । ल क्याम्पसमा आइएल पढेँ ।’
पाँच वर्ष खरिदार
आइएल पास गरेपछि व्याकुल  एउटा प्रोजेक्टमा काम गर्न थाले । प्रोजेक्टमा काम गरेको सम्झदै भन्छन्, ‘२०४५ सालको भूकम्पले भत्किएका विद्यालय पुननिर्माण र पुनस्थापनाका लागि एउटा सरकारी पोजेक्ट परेको थियो । त्यो प्रोजेक्टमा खरिदार भएर पाँच छ वर्ष काम गरेँ ।’
‘२०४५ सालको भूकम्पले भत्किएका विद्यालय पुननिर्माण र पुनस्थापनाका लागि एउटा सरकारी पोजेक्ट परेको थियो । त्यो प्रोजेक्टमा खरिदार भएर पाँच छ वर्ष काम गरेँ ।’
प्रोजेक्टमा जिल्लामै गएका काम गरेका माइलाले प्रोजेक्ट सकिए लगत्तै काठमाडौँ आएर बिएल पढेँ ।
पैसा अभावले इन्जिनियर भएनन्
व्याकुलका घरभित्रका तीन दाजुभाइले एकसाथ एसएलसी पास गरेका थिए ।  त्यो क्षण सम्झदै व्याकुल भन्छन्, ‘म, काकाको छोरा गणेशदाइ र  भाइ दीलिपले एकसाथ एसएलसी पास गरेका थियौँ ।’
व्याकुलको चाहना इन्जिनियरिङ पढ्ने थियो । तर आर्थिक अभावले उनको इन्जिनियर बन्ने सपना पुरा भएन । एसएलसी पास गरेपछिका दिन सम्झदै व्याकुल भन्छन्, ‘दाइले मानविकी पढ्छु भन्नुभयो । मलाई कानुनमा भर्ना गरिदिएर भाइलाई व्यवस्थापन पढ्न लगाउनुभयो ।’
‘राजनीतिक गर्न सजिलो हुन्छ कानुन नै पढ् भन्नुभयो । कानुनको भाषा मलाई अति निरस र टिठलाग्दो लाग्यो । आइएल पढ्दा दिक्क लागेको भए पनि बिएल पढ्दा कानुमा रस  बस्यो ।  अनिमात्र कानुनी भाषा बुझ्न थाले ।’
माइलाले कानुन नपढ्न जोड गरेका थिए । तर, उनका काका र दाइले राजनीति गर्न सजिलो हुन्छ भन्दै कानुन पढ्न बाध्य गराएका थिए । भन्छन्, ‘राजनीतिक गर्न सजिलो हुन्छ कानुन नै पढ् भन्नुभयो । कानुनको भाषा मलाई अति निरस र टिठलाग्दो लाग्यो । आइएल पढ्दा दिक्क लागेको भए पनि बिएल पढ्दा कानुमा रस  बस्यो ।  अनिमात्र कानुनी भाषा बुझ्न थाले ।’
बिएल पढिसकेर अधिवक्ताको लाइसेन्स समेत लिएका व्याकुल व्यवसायिक रुपमा कानुनमा भने सक्रिय छैनन् । कानुनको पढाइको सदुपयोग कसरी गर्दै हुनुहुन्छ भन्ने प्रश्नको जवाफ दिदै व्याकुल भन्छन्, ‘कानुनको सदुपयोग पैसा कमाएर मात्र हुँदैन जीवनका हरेक क्षेत्रमा कानुन उपयोगी हुन्छ । व्यक्तिलाई हरेक कुरामा कानुन चाहिन्छ । कानुनको सदुपयोग मैले जीवनका पलपलमा गरिराखेको छु ।’ नयाँ पेजबाट ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget