Latest Post


अनमोल केसीका सबै फिल्मले मनग्य पैसा बटुल्छन्, अनमोलको माग पनि बढिरहेको हुन्छ तर उनका को–स्टारको भने अत्तोपत्तो हुँदैन । जस्तो कि, होस्टेलमा अनमोलसँग रोमान्स गरेकी प्रकृति श्रेष्ठका त्यसपछि सम्झनलायक फिल्म आएनन् । एक वर्ष बितिसक्दा पनि जेरीकी आना शर्मा नयाँ फिल्ममा अनुबन्ध भएको सुनिएको छैन ।

जबकि, आनाको सुन्दरता र अभिनय दुवै अब्बल मानिएको थियो । त्यसैले ड्रिम्सकी साम्राज्ञी राज्यलक्ष्मी राणाको पनि त्यस्तै हाल हुने आशंका गरिएको छ । किनभने, अघिल्ला फिल्ममा जस्तै ड्रिम्समा अनमोलभन्दा उनकी हिरोइन साम्राज्ञीको काम अब्बल मानिएको छ । तर, मिडिया र फिल्मवृत्तमा अनमोलकै बढी चर्चा छ । प्रतिष्ठित परिवारकी साम्राज्ञी प्रकृति र आनाभन्दा अलग होलिन् त ?

 म्यानमार , म्यानमारको नयाँ राष्ट्रपतिमा यहाँको नेशनल लिग फर डेमोक्र्यासीका एकजना वरिष्ठ नेता टिन च्यो बिजयी हुनुभएको छ ।
म्यानमारको संसदमा मङ्गलबार भएको गोप्य मतदानमा उहाँले सर्वाधिक मत प्राप्त गरी विजयी हुनुभएको घोषणा म्यानमारको संसदले अपरान्ह घोषणा गरेको हो ।  उहाँ म्यानमारमा कैयौँ दशकपछि पहिलो नागरिक राष्ट्रपतिका रुपमा बिजयी हुनुभएको हो । उहाँ म्यानमारमा आगामी पाँच वर्षका लागि निर्वाचित हुनुभएको हो ।

यो जित सुकीको हो– नवनियुक्त राष्ट्रपति

यसैबीच मङ्गलबार भएको यस निर्वाचनबाट आफू राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो– यो जित सुकीको हो ।  उहाँले सम्वाददाताहरुसँग भन्नुभयो– यो जित दिदी सुकीको जित हो, उहाँलाई नै बधाई र धन्यवाद छ । आफूले सुकीको आज्ञापालकका रुपमा कामगर्ने पनि उहाँले बताउनुभयो ।

च्यो म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको दल नेशनल लिग फर डेमोक्र्यासीका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । उहाँ सुकीको एक विश्वासपात्रका रुपमा पनि चिनिनुहुन्छ । म्यानमारको संविधानले सुकीलाई यस पदका लागि प्रतिबन्ध लगाएकोले उहाँले नै च्योलाई अघि सार्नुभएको हो ।

purbelinews

काठमाडौँ, २ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले मित्र राष्ट्र चीनका प्रधानमन्त्री लि केकियाङको निमन्त्रणामा यही चैत ७ देखि १४ सम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।  मन्त्रिपरिषद्को सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीको जनवादी गणतन्त्र चीनको भ्रमणलाई स्वीकृत गरेको हो । प्रधानमन्त्री भएपछि यो उहाँको दोस्रो विदेश भ्रमण हुने छ । यसअघि उहाँले मित्र राष्ट्र भारतको गत फागुन ७–१२ गतेसम्म भ्रमण गर्नुभएको थियो ।
त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क का देशहरुले युवासम्बन्धी नीति तथा रणनीति तर्जुमा गर्न, युवाको अधिकार, समृद्धि, क्षमता तथा रोजगारीका लागि कानुनी आधार सुनिश्चित गर्न एवम् युवामैत्री नीति प्रवद्र्धन गर्दै युवा वर्गको क्षमता र सीप विकास गरी रोजगारीको अवसर सिर्जना गर्न ‘युथ चार्टर अफ द साउथ एसियन एसोसिएसन फर रिजनल कोअपरेसन’ सार्क युवा बडापत्र स्वीकृत गरी नेपालका तर्फबाट हस्ताक्षर गर्न उपप्रधानमन्त्री कमल थापालाई अख्तियारी दिने निर्णय गरिएको सूचना तथा सञ्चारमन्त्री राईले बताउनुभयो ।
त्यसैगरी १८ औंँ सार्क शिखर सम्मेलनमा जारी भएको काठमाडौँ घोषणापत्र बमोजिम नेपाल भारतबीच हुने ‘अर्बिट फ्रिक्वेन्सी कोअर्डिनेसन अफ सेटलाइट फर सार्क रिजन’ विषयको समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरिएको छ ।
नेपाल र रुसी महासङ्घबीच सम्बन्ध स्थापना भएको साठी वर्ष पुगेका अवसरमा हीरक महोत्सव मनाउन परराष्ट्रमन्त्री थापाको अध्यक्षतामा २९ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ । नेपालका लागि बोस्निया हर्जगोभिना, इटली र भियतनामका लागि अवैतानिक महावाणिज्यदूतमा क्रमशः साहिल अग्रवाल, प्रतिभा पाण्डे र राजेशकाजी श्रेष्ठलाई नियुक्त गर्नका निम्ति स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।
सीमाङ्कन आयोगमा पौडेल
बैठकले संविधान बमोजिम गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित तथा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाङ्कन निर्धारण गर्न पूर्वसचिव बालानन्द पौडेलका अध्यक्षतामा नौ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको छ । सो आयोगका सदस्यमा श्याम भुर्तेल, डोरमणि पौडेल, डा माधव अधिकारी, धीरज शाह, सुनिलरञ्जन सिंह, पवित्रा श्रेष्ठ सुब्बा र सदस्य सचिवमा नेपाल सरकारका सहसचिव रहनुहुने छ । सो आयोगका एक सदस्यको स्थान पछि पूर्ति गरिने छ ।
देशका विभिन्न महत्वपूर्ण क्षेत्रमा एक हजार बिघासम्मको क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय समेत गरिएको छ । त्यसैगरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तराईका विभिन्न जिल्लामा भएको आन्दोलनका क्रममा घाइते भएका १९ जनाको उपचार खर्च बिलबमोजिम व्यहोर्न रु ३१ लाख १७ हजार ५०० निकासा गरिएको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिनुभयो । सो काम अगाडि बढाउनका लागि अर्थ र गृह मन्त्रालयलाई व्यवस्था गर्न निर्देशन दिइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्ताव बमोजिम समृद्ध नेपालका लागि सडक, रेल र यातायात विकासको पाँचवर्षीय रणनीतिक योजनालाई स्वीकृत गरिएको छ । त्यसैगरी झापा जिल्लाको दमक नगरपालिकामा ५४० फि अग्लो विश्वकै सबैभन्दा अग्लो बुद्धको मूर्ति स्थापना गर्नका लागि अन्य संरचनासहित दमक विराट् बुद्ध उद्यान निर्माण गर्न दमक नगरपालिकालाई सैद्धान्तिक सहमति दिने निर्णय गरिएको छ ।



त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सम्पूर्ण कर्मचारीलाई रासन बापत नगद रकम उपलब्ध गराउने सम्बन्धी कार्यविधि स्वीकृत गरिएको छ ।
संयुक्त राष्ट्र सङ्घ पार्क विकास समितिको कार्यकारी निर्देशकमा लक्ष्मीनारायण चौधरीलाई नियुक्त गर्ने निर्णय समेत बैठकले गरेको छ । सरकारले सहसचिव कुमार कोइरालासहित २२ सहसचिवको सरुवा पनि गरेको छ ।

काठमाडौं, चैत २ । दिन–प्रतिदिन युवा शक्तिले देश छाड्नुको पीडा नेपालका हरेक गाउँले भोगिरहेका छन् ।

रेमिट्यान्सकोभरमा देश चलिरहँदा ग्रामीण बस्तीहरुमा भने अनेकखाले समस्याहरु प्रकट हुन थालेका छन् ।

यस्तै दुखेसो बोकेर राजधानी आइपुगेका छन्, चर्चित फिल्म ‘क्याराभान’ का नायक थिन्ले लोन्डुप ।

गत सोमबार राति थिन्ले लोण्डुप बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटिए ।

केही वर्षअघि निर्माण भइ विश्वभर चर्चित बनेको क्याराभान फिल्मका तिनै परिचित अनुहार प्रधानमन्त्री केपी ओलीलाई गाउँको दुखेसोसहितको ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका थिए ।

थिन्लेको गाउँ, डोल्पाको सालडाङ गाविस ५ मा वन्यजन्तुले हैरानपार्ने गरेको रहेछ । बालीनाली बिगार्ने, खाइदिनेदेखि घरपालुवा जनावर पनि जोगाउन हम्मेहम्मे पर्ने गरेको गुनासो थिन्लेले गरे ।
imagekhabar

काठमाण्डु, २ चैत– सोमबार साझ नेपाल आएका भारतीय विदेश मन्त्रालयका सचिव एस जयशंकरले मंगलबार बिहानै काठमाण्डुको बत्तिसपुतलिस्थित एक होटलमा मधेस केन्द्रीय दललाई भेटेको १० घण्टा नपुग्दै उनीहरुले नयाँ निर्णय सार्वजनिक गरेका छन् ।

मधेस केन्द्रीत १५ दलको मंगलबार दिउँसो काठमाण्डुमा बसेको बैठकले ०६२ ०६३ सालको जस्तै जनआन्दोलन गर्ने निर्णय गरेका हुन् ।
सरकारले मधेसीको माग पुरा गर्ने विषयमा कुनै चासो नदिएको भन्दै उनीहरुले आन्दोलन चर्काउने निर्णय गरेका हुन् ।
चैत दोश्रो सातादेखि संयुक्त जनआन्दोलन नाम दिएर आन्दोनल थाल्ने मधेस केन्द्रीत दलले निर्णय गरेका छन् ।
kathmandutoday


काठमाडौँ,   संघीय गठबन्धनले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।




संघीय समाजवादी फोरम नेपालको मुख्यालय तिनकुनेमा आज बसेको गठबन्धनको बैठकले चैत ७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

गठबन्धको विज्ञप्तिअनुसार चैत ७ गते शान्तिबाटीकामा जम्मा भइ माइतीघर मण्डलासम्म नारावाजी र कालोझण्डासहित पुगेर प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउने दिन विशेष तयारीका साथ आउने गठबन्धनले निर्णय गरेको छ ।

प्रधानमन्त्री ओली चैत ७ गते चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रम छ । ओलीको कार्यक्रमलाई विरोध स्वरुप संघीय गठबन्धनले राजधानीमा प्रदर्शनको कार्यक्रम तय गरेको हो ।

मधेसी मोर्चासहितका विभिन्न साना दलहरू रहेको यो गठबन्धनमा आजदेखि पुनः दुई दल थपिएका छन् । गठबन्धनमा पहिला १३ वटा दल थिए । आज अरु दुई दल थपिएपछि अब संघीय गठबन्धनमा १५ वटा दल भएका छन् ।
News24Nepal


बडी बिल्डीङ चानचुने खेल होइन ,यसका लागि लामो त्याग र तपस्याको आवश्यकता पर्छ। त्यसमाथि पनि अन्तर्राष्ट्रिय प्रतियोगिता अनि महिला प्रतियोगी र पदक। नेपाली खेलक्षेत्रका लागि यो लगभग असम्भव सरह नै हो। तर बिदेशमा उच्च अध्यनमा आएकी एक नेपाली चेलीले फिजिकल फीटनेशको अन्तर्राट्रिय स्पर्धामा दुई स्वर्ण पदक जितेर तहल्का मच्चाएकी छिन्।
खेलक्षेत्रको फरक विधाका रुपमा परिचित फिजिकल फीटनेश र बडिबिल्डीङमा नेपाली मुलकी प्रकृती श्रेष्ठले मेलवर्नमा भिन्न स्पर्धामा दुई स्वर्ण पदक जितेकी छिन्। अस्ट्रेलियाको मेलवर्नमा सन्चालित आएनबीए राइजिङ स्टार एन्ड रोक्की अफ दी इयर नामक फीटनेश प्रतिस्पर्धामा श्रेष्ठले सफलता हात पारेकी हुन।
सीड्नीमा बसोबास गर्दै आएरहेकी प्रकृतीले अर्का नेपाली नेचुरल बडिबील्डर सन्तोष श्रेष्ठको प्रशिक्षण र सहयोगमा प्रतियोगितामा सहभागिता जनाएकी थिइन्।
अस्ट्रेलियाको सन्चारक्षेत्रमा पछिल्लो एक दशकदेखि कार्यरत प्रकृती श्रेष्ठले लक्ष्य लिएर अगाडि बढे सफलता हात पार्न सकीने कुरा बताइन्।
‘प्रवासमा नेपाली महिलाहरू पनि खेलक्षेत्रको माध्यमबाट अगाडि बढ्न सक्छन भन्ने कुराको यो गतिलो उदाहरण हो,’ सिड्नीका पुराना फुटबलर राजु मानन्धरले भने, ‘प्रकृतीको यो सफलतालाई नेपाली समाजले एउटा उदाहरणको रुपमा लिनुपर्छ।’

setopati


२ चैत, एजेन्सी ।

सन् २०१६ को टी-२० विश्वकप आज देखि भारतमा शुरु हुँदैछ । आयोजक भारत र न्यूजिल्याण्डबीच केही बेरमा खेल शुरु हुनेछ । वर्ष २०१६ भारतीय कप्तान धोनीका लागि फलिफाप सावित भएको छ ।

न्यूजिल्याण्ड विरुद्ध १६ खेल खेलेका भोनीले ५८ को औषतमा ५८१ रन बनाएका छन् । उनको बेष्ट स्कोर ८४ छ । भारतका विराट कोहोलीले न्यूजिल्याण्डको विरुद्ध ११ पारी खेल्दै ५३ रनको औषतमा ५३३ रन बनाएका छन् । पछिल्लो समय भारतका युवराज पनि टी-२० को फर्ममा छन् ।

यद्यपी एक दिवसीय विश्वकपको गत सिजनको फाइनलिष्ट न्यूजिल्याण्ड भारतले कम आक्न सक्ने टिम होइन ।

न्यूजील्याण्डको टिममा धुवाँदार ब्याट्स्म्यान मानिने केही खेलाडीहरु भारतका लागि टाउको दुखाइ बनिरहेका छन् । न्यूजिल्याण्डका चर्चित ओपनर ब्राण्डेन म्याकुलमको सन्यासले भारतलाई केही राहत भएपनि मार्टिक गुपटिल सबैभन्दा खतरनाक ब्याट्सम्यान मानिन्छन् ।

त्यसैगरी न्यूजिल्याण्डकै कोलिन मुनरो पनि विष्फोटक ब्याटिङका लागि चर्चित छन् । गत वान डे विश्वकपको फाइनलमा २३७ रनको धवाँदार पारी खेलेका गुपटिलले जादु देखाएका थिए । त्यसैगरी मुनरो पनि पछिल्लो समय चम्किएका ब्याट्सम्यान हुन् ।

यी २ ब्याट्स्यान भारतको लागि टाउको दुखाइ हुन सक्ने ठानिएको छ ।

पहिलो पटक गर्भवती भएको थाहा पाउँदा तपाईलाई कस्तो अनुभूतिको महशुस गर्नुभयो ?
मेरो विवाह भएको साँढे तीन वर्ष पुगीसकेपछि अब प्लान बनाएर बच्चा जन्माउनु पर्दछ भनेर गर्भवती हुनुभन्दा पहिले डाक्टरमा गएर आफ्नो स्वास्थ्यको जाँच गराएकी थिए । सँगै श्रीमान्को पनि स्वास्थ्य जाँच गराएका थियौँ । त्यसरी हामीले दुवैजनाको सल्लाहमा गर्भ राख्ने निर्णय गर्यौँ ।
सुरुमा गर्भवती भएको थाहा पाउँदा त मलाईं साह्रै डर लागेको थियो । म एकदमै काम गर्ने महिला हुँ । कामकाजी महिलाहरु जतिखेर पनि बाहिर हिडिरहनु पर्ने हुन्छ । एक्कासी अब कतिवटा कामहरु रोकिने हो भन्ने सोचेकी थिए । तर श्रीमानले हैन केही हुँदैन नडराउ सबै काम हामीले सँगै मिलेर गर्ने हो भन्नुभयो । त्यसपछि दोस्रो दिनदेखि अब आफूलाई कसरी खुशी राख्न सकिन्छ भन्ने तर्फ बढी ध्यान दिन थाले ।
सुरुको तीन महिनामा तपाईंलाई कस्तो अनुभव भयो ? कसरी आफ्नो स्वास्थ्यको ख्याल राख्नुभयो ?
सुरुको तीन महिना त सुत्दैमा बित्यो । धेरै थाकिन्थ्यो । कामको लोड धेरै थियो । धेरै वाकवाकी लाग्ने, थकाइ लाग्ने, गाह्रो हुनेसँगै शरिरमा पनि परिवर्तन आउँन थाल्यो । सानो सानो कुरामा चित्त दुख्ने, रुन मन लाग्थ्यो । त्यसमा पनि खशीको मासुको गन्ध नै मलाई मन नपर्ने भएको थियो ।
म गर्भवती भएको सुरुवाती समयमा दशैं परेको थियो । दशैं, तिहार भरी मैले मासु पनि खाइन । गर्भवती हुदाँको सुरुवाती समयमा सानो चित्त हुँदो रहेछ । सानो सानो कुरामा पनि म श्रीमानसँग खुबै झगडा गथ्र्ये । तर पनि महिलाहरुको लागि गर्भवती हुँदाको सुरुवाती समयलाई एकदमै खतराको रुपमा लिने गरिन्छ । यो समयमा गर्भको बच्चा खेरजाने संभावना लगायतका विभिन्न समस्या देखिने भएकाले चाहिने भन्दा धेरै ठाउँहरुमा जाने गरिन । हिड्दा पनि दौडधुप कम भयो । भारी सामानहरु उठाउन छोडिदिए । त्यसपछि खानापानदेखि आफ्नो स्वास्थ्यलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्नेतर्फ नै बढी लाग्न थाले । पहिले म दुध खादैँनथ्यें । क्याल्सियमको कमी थियो मलाई । त्यसपछि मैले दूध, सागसब्जी लगायतका पोषिलो खानेकुराहरु खान थाले ।
यो समयमा श्रीमानको सहयोग कति आवश्यक हुन्छ ?
महिलाहरुका लागि श्रीमानको सहयोग भएन भने त एकदमै गाह्रो छ । यस्तो अवस्थामा एक्लैले कत्तिवटा कामहरु गर्न सकिदैँन । गर्भवती भएको समयमा सामानहरु उठाउन सकिदैँन । आफ्नो सुरुवाल फेर्नेदेखि मोजा लगाउन पनि गाह्रो हुन्छ । हातखुट्टा सुनिन्छ । दिनभर काम गर्यो भने राती सुत्न पनि गाह्रो हुन्छ । शरिर दुख्छ । श्रीमानले श्रीमतीको शरिर मसाज गरिदिने, कुरा सुनिदिने, खानेकुरा ल्याइदिनु गर्नुपर्दछ यो समयमा । साथै सबैभन्दा महत्वपूर्ण त यो समयमा चाहिने भनेको श्रीमानको माया र परिवारको सहयोग नै हो ।
कस्तो अवस्थामा तपाईले डाक्टरको सहयोग लिने गर्नुभएको छ ?
मैले अलि ढिला नै बच्चा जन्माउँदै छु । धेरै सोच विचार गरेर हामीले यो निर्णय गरेका हौँ । एक पटक बच्चा चल्न थालेपछि दिनभर बच्चा नै चलेन पेटमा । त्यसबेला एकदम डर लाग्यो रातभर । भोलिपल्ट बिहानै डाक्टरमा गएर अल्ट्रासाउन्ड गराए । त्यसपछि सबै ठिक रहेछ भन्ने थाहा पाए र मन ढुक्क भयो ।
पहिलो प्राथमिकता भनेको सन्तान हुँदारहेछ । जे गरे पनि सुरुमा मेरो सन्तान ठिक छ कि छैन भन्ने हुन्छ । २८ हप्ता भएदेखि हरेक दिन मैले बिहान र बेलुका मेरो बच्चा ठिक छ कि छैन ? पेटमा खेलीरहेको छ कि छैन भनेर थाहा पाउन केहि समय दिन्छु, पेट छामेर बस्छु ।
जाडो महिना थियो त्यतिबेला म धेरै जसो घरमै बसिरहेकी थिएँ । दिनभर घरमा बस्दा म बिरामी हुने रहेछु भन्ने मलाई त्यतिबेला नै थाहा भयो ।
एकदिन मलाई एक्कासी रिङ्गाटा लाग्यो । त्यस अघि कहिल्यै पनि त्यस्तो भएको अनुभव थिएन । त्यसपछि तुरुन्तै डाक्टरलाई फोन गरेर आफ्नो समस्या सुनाए । डाक्टरले पानी खानुस अनि दुई घण्टासम्म हेर्नुहोस् तपाईको बच्चा चलेको छ भने ठिक छ छैन भने मलाई फेरी फोन गर्नुस भन्नुभयो । अनि नआत्तिएर बसें । गर्भवती भएको समयमा सधैं बाँयातिर ढल्कनु पर्दछ । त्यसै अनुरुप ढल्के । बच्चा चलेपछि ढुक्क भएर आनन्दसँग बसें ।
एकपटक फेरि धेरै काम गरेर मेरो खुट्टा दुख्न थाल्यो । त्यस्तो समस्या पनि अगाडि कहिल्यै देखिएको थिएन । पल्टाउनै नमिल्ने भएपछि फरी डाक्टरलाई फोन गरें । डाक्टरले त्यसमा तातो लगाउन र सिटामोल खान सल्लाह दिनुभयो । त्यसको दुई दिनमै त्यो समस्या पनि हल भयो । जति पढें पनि केतिपय अवस्थामा केहि हुने बित्तिकै मनको शान्तिका लागि पनि डाक्टरलाई फोन गरिहाल्छु ।
यस्तो अवस्थामा आफ्नो सुन्दरताको कसरी ख्याल राख्नुहुन्छ ?
पहिले पहिले महिलाहरुले आफू गर्भवती हुदाँ आफ्नो पेट लुकाएर हिड्ने गर्दथ्यें । प्राय महिलाहरु गर्भवती हुने बित्तिकै मिडियाबाट टाढा हुने गर्नुहुन्थ्यो । तर अहिलेको यो समयमा आएर हामीले त्यस्तो गर्नु हुदैँन । काम गर्ने महिलाहरुले गर्भवती हुने बित्तिकै आफूलाई लुकाउनु हुँदैन । जो कोहिले पनि लुकाउनु पर्ने अवस्था अहिले छैन ।
मैले आफूले समय सापेक्ष लुगाहरु लगाउने, मेकअप गर्ने गर्दछु । किनभने आफू जति राम्रो देखियो, मनलाई पनि त्यति नै राम्रो लाग्दो रहेछ । यत्तिकै कुनै मेकअप र गेटअप बिना हिड्दा आफूलाई पनि यत्तिकै अल्छि लाग्ने रहेछ । यो अवस्थामा महिलाहरु मोटाउने गर्दछन् । त्यसरी मोटाउने बित्तिकै म राम्री देखिन्न भन्ने जस्तो भाव मनमा आउँने रहेछ । त्यसैले फेसन, लुगा, मेकअपमा ध्यान दियो भने आफूलाई पनि रमाइलो लाग्दो रहेछ ।
तपाईले आफूलाई कसरी स्वस्थ राख्ने गर्नुहुन्छ ?
मैले पहिले पनि योगा गथ्र्ये । गर्भवती भएपछि पनि अहिले योगा गरिरहेकी छु । जुन दिन म योगा गर्दिन्न, त्यो दिन म बिरामी हुने गर्दछु । बेलुका बेलुका पहिले म हिड्ने गर्दथ्यें, तर अहिले हिड्न भन्दा पनि योगा नै गरिरहेकी छु । दिनमा २० देखि आधा घण्टासम्म म व्यायाम र योगा गर्छु । त्यसले शरिरमा दिनभर एकदम फूर्ति ल्याउने गर्दछ । र दिनभरीमा म आफ्नो काम मज्जाले गर्न सक्छु ।
गर्भवती अवस्थाको बारेमा कसैसँग केही कुरा सोध्न अथवा भन्न चाहनु भयो भने आफ्नो अनुभव कत्तिको सुनाउनु हुन्छ ?
यही अवस्थामा कतिपय मेरा साथीहरु गर्भवती अवस्थामा हुनु हुन्छ । कतिले बच्चा जन्माइसक्नु भएको छ । त्यसैले मलाई केहि पर्ने बित्तिकै जो चिनेका नजिकमा हुनुहुन्छ, जसले यो अवस्थालाई भोगीसक्नु भएको छ उहाँहरुलाई फोन गरेर रहेक दिन जसो मैले उहाँहरुसँग कुरा गरिरहेकी हुन्छु ।
तपाई जस्तै महिलाहरु कति आमा बन्दै हुनुहुन्छ । कति बन्ने योजना बनाउँदै हुनुहुन्छ । उहाँहरुका लागि कसरी आफ्नो ख्याल राख्ने भन्ने बारेमा आफ्नो अनुभवमार्फत के भन्न चाहानु हुन्छ ?
हाम्रो नेपाली समाजमा गर्भवती हुने बित्तिकै यो गर्नु हुन्छ यो गर्नु हुदैँन भन्ने धेरै कुरा उठ्ने रहेछ । यसरी नहिड, त्यसरी नहिड भन्ने गरेको पनि सुनिन्छ । यस्ता कुरा धेरै सुन्यो भने एकदम दुख लाग्दो रहेछ । त्यस्तो गर्न हुँदैन । आफू खुशी हुनुपर्दछ । आफूलाई कसरी खुशी राख्न सक्नुहुन्छ, त्यसरी नै कामहरु गर्नु पर्दछ ।
गर्भवती अवस्थामा दुई जनाको खाना खानु पर्दछ भन्ने पनि गरेको सुनिन्छ । तर त्यसो होइन । किन भने हाम्रो तौल धेरै हुने गर्दछ । बच्चाको तौल बढीमा ५ किलोग्रामसम्मको हुने गरेको पाइन्छ । त्यसले गर्दा जे पनि ब्यालेन्स मिलाएर खाएन भने झन धेरै मोटाइन्छ । यसले गर्दा बच्चा जन्माउन समस्या हुन्छ । मनोरञ्जनात्मक कुरा हेनुपर्दछ । मारकाटका फिल्म हेर्नु हुदैँन । राम्रा गीतहरु सुन्ने, गर्भवती अवस्थामा कसैले नराम्रो कुरा गर्ने बित्तिकै यस्तो कुरा नगर्नुस भन्नु पर्दछ । सबैभन्दा बढी त सकारात्मक कुरामा मात्र ध्यान दिनुपर्दछ ।
गर्भवती महिलाले कसरी चेकअप गर्र्नु पर्दछ भन्ने बारेमा यहाँलाई कत्तिको थाहा छ ?
इन्टरनेटमा हेर्दा, पढ्दा त बाहिरतिर नर्मल डेलिभरीलाई नै बढी प्राथमिकता दिने गरेको पाईन्छ । त्यस्तो अवस्थामा पहिले मिड वाइफसँग नै सल्लाह गरेको पाइन्छ । त्यसपछि गाइनोलोजिस्टसँग सल्लाह गर्ने गरेको भन्ने थाहा छ मलाई । तर नेपालमा काठमाण्डौँमा बसेको अवस्थामा मलाई अहिलेसम्म त्यस्तो थाहा छैन ।
नेपालमा नर्मल डेलिभरीमा चिरफार गरेको पाइन्छ । यसमा यहाँको धारणा के छ ?
पहिलो प्राथमिकता त नर्मल डेलिभरी नै हो । किनभने त्यसमा पुनःस्थापनाको समय पनि नर्मल नै हुने गर्दछ । र त्यसले महिलाहरुलाई धेरै फाइदा पनि गर्दछ । तर मेरो स्वास्थ्यमा केही समस्या देखिएकोले नर्मल डेलिभरी नहुने सम्भावना धेरै छ । अन्तिम अवस्थामा अल्ट्रासाउन्डको रिपोर्टले अहिलेको समस्या कायमै भएको देखायो भने मेरो सिजरिङ नै गर्नुपर्ने हुन्छ । तर मेरो पहिलो प्राथमिकता भनेको नर्मल डेलिभरी नै हो ।
हाम्रो समाजमा कतिपय कुराहरु आफ्नो श्रीमानसँग पनि भन्न नसकेको देखिन्छ । तपाईको परिवारमा कस्तो छ ?
म र मेरो श्रीमान् बिचमा एक अर्कासँग हरेक कुरा शेर हुने गर्दछ । तर नेपाली जनमानसमा के छ भने लोग्ने मानिसले श्रीमती गर्भवती हुँदा त्यति सहभागीता जनाउन हुदैँन भन्ने छ । यो महिलाहरुले मात्र भोग्नुपर्ने समस्या हो भन्ने सोचेको पाइन्छ । यो एकदम गलत हो । बच्चाको नाम, बच्चालाई नागरिकता आफ्नो नामबाट दिने तर सहभागीता भने न्यून हुने गरेको देखिन्छ । त्यस्तो गर्न हुदैँन ।
किनभने महिलाहरुलाई शारीरिक र मानसिक दुवै दृष्टिले धेरै गाह्रो हुने गर्दछ । त्यस्तो बेलामा झन श्रीमानको आवश्यकता पर्दछ । त्यसैले आफ्नो श्रीमती गर्भवती हुनुुहुन्छ भने सकेसम्म सहयोग गर्नका लागि सबै दाजुभाईहरुलाई आग्रह गर्दछु ।
साभार अन्तरवार्ता
nepaljapan

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget