Latest Post

काठमाडौँ, १६ मङ्सिर । सरकारले बंगलादेशबाट इन्धन ल्याउने प्रक्रिया सुरु गरेको छ । वाणीज्य तथा आर्पूति मन्त्रालयले बंगलादेशबाट इन्धन ल्याउने प्रक्रिया थाल्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेसँगै यो प्रक्रियाले सार्थकता पाउन लागेको हो ।

यस अघि इन्धन आयातमा संभावना बुझ्न गएको नेपाल आयल निगमको टोलीले बंगलादेशबाट नेपालमा सहजै इन्धन ल्याउन सकिने प्रतिबेदन बुझाएको थियो ।

यसअघि इन्धन आयातकै लागी पेट्रो चाइनासँग सम्झौता भएपनि दोहोरो कर प्रणालीका कारण सरकार निष्र्कषमा पुग्न नसकीरहेका बेला फेरी सरकारले बंगलादेशबाट इन्धन ल्याने औपचारिक तयारी थालेको हो । बंगलादेशबाट ग्यास बाहेक पेट्रोल, डिजेल र हवाई इन्धन ल्याउन सकिन्छ ।
etajakhabar

मृत्युको मुखमा पुगेका बाबुलाई आधा कलेजो दिएर बचाउने छोरा यिनै हुन
त्रिपुराकोट , १६ मङ्सिर / विश्वमा मानिस जति नै करुणामयी वा दानी भएता पनि अर्काको जीवन बचाउन आफ्नो अङ्गदान गर्ने मान्छे कमै मात्रैमा हुन्छन् । तर डोल्पाका एक युवाले आफ्नो आधा कलेजो दान गरेका छन् । डोल्पाको सदरमुकाम दुनैमा बस्ने चाँद हमालले आफ्ना बुबा अङ्गतकुमार हमाललार्ई पुनः जीवन प्रदान गरेका छन् ।
पेसाले जिल्ला विकास समितिको इन्जिनियर रहेका हमालको धेरै मदिरापानको कारण आधा कलेजो बिग्रेकाले बुबालाई बचाउन आधा कलेजो दान गरेको चाँद हमालले बताउनुभयो । नेपालमा उपचार सम्भव नभएपछि भारतको मुम्बईमा रहेको अस्पतालमा सफल कलेजो प्रत्यारोपण गरिएको र अहिले बुबा छोरा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको बिरामीका आफन्तले जनाएका छन् । रासस


१६ मंसिर, एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुधबार विपक्षी दलले संसदमै र्‍याख र्‍याख्ती बनाएको छ ।

विपक्षी दला सांसदहरुले संसदमा हंगामा गर्दै ४० मिनेट सम्म संसद चल्न नदिएपछि नरेन्द्र मोदी संसदबाट बाहिरिएका हुन् ।





विपक्षी दलका सांसदहरुले विदेश राज्य मन्त्री बिके सिंहलाई बर्खास्त गर्न माग गरेका थिए । सभामुख समुत्रा महाजानले शान्त हुन आग्रह गर्दा पनि सांसदहरुले नारावाजी गर्न नरोकेपछि मोदी रिसाएर संसदबाट बाहिरिएका थिए ।

मंसिर १६, २०७२- नेपालगन्जको रुपैडिया नाकामा बुधबार पनि तनाव भएको छ ।

भारतीय भूभागबाट प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार भएपछि स्थिति तनावपूर्ण भएको हो । भारतबाट आएको मोटरसाइकललाई प्रदर्शनकारीले लडाएपछि उठाउन पुगेका प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार भएको थियो ।

प्रहरीले पनि प्रदर्शनकारीमाथि ढुंगा हानेर खेदेको छ । झडपमा केही प्रदर्शनकारी र प्रहरी सामान्य घाइते भएका छन् ।

स्थिति तनावपूर्ण भएपछि भारतीय सिमा सुरक्षाबल दशगजामा तैनाथ भएपछि प्रदर्शनकारी केही तितरवितर भएका छन् ।

नेपाल–भारत सिमा सुरक्षाबारे दुवै देशका अधिकारीको बैठक सकिएलगत्तै तनाव भएको हो ।

अर्का भारतीय अभिनेता अक्षय कुमार ले आज नरेन्द्र मोदीलाई भेटेर नेपाल लाइ नाकाबन्दी नगर्न सुझाब दिएका छन उनले भनेका छन "नेपाल एक सुन्दर देश हो यसलाई सबैले जोगाइ राख्नुपर्छ"" हेर्नुहोस उनले के के भनेका थिए
Akshay Kumar was additionally taping in the region. I didn't understand there would be so much uproar and security around the territory. Individuals rushed the sides of Thamel encompassing Mandala Street urgent to see this superstar. Whilst police kidded that the president had arrived, some thought about whether the Bollywood star Akshay Kumar would turn out and wave to those holding up close-by. That he did. A lot of waves, a lot of takes and the group needed more! "We Want Akshay" was heard uproarious and clear. The on-screen character showed up at the end of the day and joined his hands together and bowed his head, Namaste.

Before anybody asks, I had no passes or anything – I was simply going to meet a companion for lunch and we wound up amidst all that. Luckily despite everything I recalled a couple bhitra ko bato to get from the passageway side of Thamel to the next and from other to inside the Mandala Street. It was entertaining. Only a little gutted that I hadn't conveyed my greater zoom len

फोटो :उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र भारतीय समकक्षी विदेशमन्त्री सुष्मा स्वराजबीच नयाँ दिल्लीमा बुधबार भएको भेटवार्ता।


काठमाडौं : भारतले मधेस आन्दोलनलाई सम्बोधन गरेर राजनीतिक समाधान भएमा अघोषित नाकाबन्दी र आपूर्तिमा भइरहेको अवरोध तत्काल हट्ने आश्‍वासन दिएको छ।

भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँगको भेटवार्तामा भारतीय समकक्षी विदेशमन्त्री सुष्मा स्वराजले यस्तो आश्‍वासन दिएकी हुन्। मधेसी मोर्चासँग सरकारले निर्णायक वार्ताका लागि तयारी गरिरहेका बेला थापाको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ।

भेटमा स्वराजले भारतबाट आपूर्तिमा कुनै पनि अवरोध नहुनेमा आश्‍वस्त पार्दै तर त्यसका लागि नेपालले जतिसक्दो चाँडो नाकाको अवस्था (आन्दोलन)लाई सामान्य बनाउनुपर्ने बताएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीटरमार्फत जानकारी दिएका छन्।



प्रवक्ता स्वरुपका अनुसार भेटमा भारतीय विदेशमन्त्री स्वराजले नेपालमा भइरहेको राजनीतिक समस्यामा तत्काल समाधान आवश्यक रहेकोमा जोड दिएकी छन्।प्रवक्ता स्वरुपले थापा र सुष्माबीच भएको भेटवार्ताबारे तीनवटा तस्बिरसहित ट्वीटरमार्फत जानकारी दिएका छन्।

नयाँ दिल्लिस्थित नेहरु भवनमा भएको भेटवार्तामा आपूर्तिको असहज अवस्था, मधेस आन्दोलन, मधेसी मोर्चसँग भइरहेको वार्ता र संविधान संशोधनलगायतका विषयमा छलफल भएको थापाको सचिवालयले जनाएको छ।

थापाले मधेस समस्यालाई राजनीतिक तहबाट सम्बोधन गर्न सकारात्मक पहल भइरहेको जानकारी दिदै आपूर्तिमा भइरहेको अवरोध हटाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए। उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले भारतीय समकक्षीसँगको भेटवार्ता फलदायी र हार्दिक भएको ट्वीटरमार्फत बताएका छन्।

सुष्मासँगको भेटपछि थापाले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा अन्य  उच्च अधिकारीहरुसँग पनि भेटेर नेपालको पछिल्लो अवस्थाबारे छलफल गर्दैछन्। नाकाबन्दीसँगै नेपाल भारतबीच उत्पन्न असमझदारी हटाउनका लागि पहल गर्न थापा भारतको अनौपचारिक भ्रमणमा गएका हुन्। थापा र सुष्माबीचको यो राजनीतिक भेटले पनि बेलुका बालुवाटारमा हुने मधेसी मोर्चासँगको वार्ताका लागि सकारात्मक सन्देश दिएको विश्‍वास गरिएको छ।
annapurnapost

मंसिर १६, २०७२- मधेसी मोर्चाका कार्यकर्ताले सनई-९ पडरीमा एक युवकको शरिरमा पेट्रोल छर्केर आगो लगाएका छन् । तेल तस्करी गरेको भन्दै रुपन्देही गाविस फर्साटिकर घर भएका ३० वर्षीय घिराउ यादवलाई स्थानीय मोर्चाका कार्यकर्ताले आगो लगाइ घाइते बनाएका हुन् ।

घाइते भएका यादवको पृथ्वीचन्द अस्पतालमा उपचार भइरहेको छ । घाइते यादवको अवस्था गम्भीर रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मोहम्मद नुरुल होदाले जनाए ।

जिल्लाको सनई-९ पडरीमा आफ्नो फुपुको घरबाट मोटरसाइकलमा फर्कने बेला पेट्रोल लगेको भन्दै मोर्चाका कार्यकर्ताले यादवको शरिरमा पेट्रोल छर्कि आगो लगाएको उनकी फुपु विन्द्रावतीले बताइन् । यादव राति फुपुको घरमा बसेको र बिहान घर फर्किरहेका थिए । उनी चढेको लु ३ प २०१७ नम्बरको मोटरसाइकल समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


आगो लगाउने समुहका दुई जना पक्राउ परेका स्थानीयले जनाएका छन् । पक्राउ मध्ये एक जना स्थानीय राजेश सैथवार रहेको र अर्कोको नाम नखुलेको प्रहरीले जनाएको छ । आगो लगाउने समूहको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक उपाध्यायको भनाइ छ ।

मोर्चाको आन्दोलनको नाममा जिल्लामा अपराधीक गतिविधि बढ्दै गएको छ । यता सो घटना मोर्चाका कार्यकर्ताले नगरी तस्करी गर्ने समूहकै भएको फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष रविन्द्र यादवले बताए । मोर्चाका कार्यकर्ता भन्दा तस्करको गिरोहहरुले नै आन्तरिक दुस्मनीले त्यस्तो गरेको हुन सक्ने जिकिर उनले गरे ।

ekantipur

काठमाडौं –इन्धन खरिद प्रक्रिया र आपूर्तिमा अनियमितताको आरोप लागिरहेको बेला नेपाल आयल निगमले अपारदर्शी तरिकाले ग्यास बुलेट खरिद प्रक्रिया अगाडि बढाएको छ । देशलाई आवश्यक पर्ने बुलेट खरिका लागि व्यवासायीलार्ई अनुमति दिन लागिएको छ ।

निगमले ४ सय ५० वटा बुलेट खरिद गर्ने गरी प्रक्रिया अगाडी बढाएको छ । छोटो अवधिको सूचना सार्वजनिक गरी व्यवासायीबाट बुलेट खरिदका लागि आशयपत्र माग गरेको आयल निगमकै कर्मचारीले आरोप लगाएका छन् । तर, केही समयअगाडी गोरखापत्रमा सार्वजनिक सुचना प्रकाशित गरी खरिदका लागि प्रक्रिया अगाडी बढाईएको निगम प्रवक्ता मुकुन्द घिमिरिले बताए । ‘देशमा ग्याँस ढुवानीका लागि बुलेट अभाव हुँदा समस्या परेकोले गोरखापत्रमै सार्वजनिक सुचना गरेर बुलेट खरिद प्रक्रिया अगाडी बढाईएको हो ।’ घिमिरेले राताीपाटीसँग भने ।

नेपालमा ग्याँस ढुवानी गर्ने आफ्नै बुलेट छैनन् । नाकाबन्दीको समयमा यसले झन् ठूलो समस्या पारेको छ । यहि मौकालाई सदुपयोग गरी बुलेट खरिद प्रक्रिया अगाडी बढाईएको हो । खरिद प्रक्रियाका लागि इच्छुक व्यवसायीलाई आह्वान गरिएको सार्वजनिक सूचनापछि ८६ जनाले खरिद गर्ने आशयसहित निगममा निवेदन दर्ता गराएको स्रोतले बतायो । पेट्रोलिय पदार्थ भिाउन नीजि कम्पनीलाई अग्रिम भुक्तानी दिएको विषयमा निगम विवादमा तानिएको थियो ।
ratopati

सन् १८१५ डिसेम्बर २ मा बेलायतले सुगौली सन्धि प्रस्ताव गरेको २०० वर्ष पुगेको अवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिमा गुमेर फिर्ता हुन बाकी भूभाग भारतले फिर्ता गर्नुपर्छ भन्ने माग गर्दै कालो दिवसका रुपमा मनाएको छ ।

सन् १८१५ मार्च ४ मा सुगौली सन्धिमा नेपालले हस्ताक्षर गरेपछि बेलायती साम्राज्यमा गाभिएका मेचीदेखि पूर्व टिस्टासम्मका भूभाग र महाकालीदेखि पश्चिम सतलज नदिसम्मका भूभागमा सन् १९४७ अगस्त १५ मा स्वतन्त्रता पाएपछि भारतले उपनिवेश कायम गर्दै आएको छ ।

सुगौली सन्धि बेलायतसँग गरिएकाले भारतबाट बेलायत बेलायतसँग भएको सुगौली सन्धि भारतसंग लागु हुन सक्दैन भन्दै मोर्चाले सुगौली सन्धि प्रस्ताव गरिएको २०० वर्ष पुगेको डिसेम्बर २ का दिन सरकार समक्ष १८ सुत्रिय माग राख्दै आज काठमाडौँ, ललितपुर, भक्तपुर , हेटौडा, पोखरा, महेन्द्रनगर, धनगडी,झापा, धरान, बुटवल, नेपालगंज, भैरहवा लगायत देशका विभिन्न सहरहरुमा पर्चा छरेको छ ।

यस्तैमा मोर्चाले १८ सुत्रिय माग सरकार समक्ष प्रस्तुत गरेको जनाएको छ। मोर्चा का अध्यक्ष फणिन्द्र नेपाले डिसेम्बर २ देखि आगामी मार्च ४ सम्म विभिन्न बिरोध कार्यक्रमहरु गरि जनचेतना जगाइने बताए ।

मोर्चाले प्रस्तुत गरेको मागको पूर्ण विवरण यस प्रकार छ ।



के चौथो पटक नाकाबन्दी नहोला ???

डिसेम्बर २ का सन्दर्भमा सरकारसँग ग्रेटर नेपालको माग

आज डिसेम्बर २ का दिन बेलायतले नेपाल समक्ष सुगौली सन्धि प्रस्तावित गरेको २०० वर्ष पुगेको छ, अर्थात् १८१५ डिसेम्बर २ का दिन प्रस्ताव गरिएको सुगौली सन्धिले नेपालीलाई दिएको पीडा हामीले २०० वर्षदेखि भोग्दै आएका छाँै । सुगौली सन्धि नेपालले बेलायतसँग गरेको थियो । १९४७ आगस्त १५ मा इन्डिया स्वतन्त्र भएपछि नेपाली भूभाग पनि स्वन्त्र हुनुपर्नेमा आजका मितिसम्म भारतीय उपनिवेशमा रहँदै आएको छ । ती भूभाग सन् १९४७ अगस्त १५ मा स्वतन्त्र भएको कुरालाई १९४७ को भारत स्वन्त्रता ऐन र सन् १९५० जुलाई ३१ मा नेपाल र भारतका बीच भएको शान्ति तथा मैत्री सन्धिका दफा १ र ८ ले पुष्टि गरिसकेका छन् । तर भारतले मेचीदेखि पूर्वका दार्जीलिंग, सिक्किम र सिलिगुडी तथा महाकालीदेखि पश्चिमका कुमाउ र गढवालमा जबर्जस्ती उपनिवेश कायम गर्दै आएको छ । ती भूभाग भारतले अविलम्ब नेपाललाई फर्काउनुपर्छ ।

गत वर्ष डिसेम्बर २ का दिन प्रकाशित गरेको पर्चामा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालका निमित्त मन्द विष (slow poison) हुन् भनी निष्कर्ष निकालेको थियो । त्यति बेला धेरैले यसमा असहमति जनाउँदै मोदीलाई नेपालका ठुला मित्र भनेका थिए । त्यसको १ वर्ष नबित्दै मोदी नेपालका मित्र होइनरहेछन् भन्ने प्रमाणित भएको छ । नेपाललाई आफ्नो छातामुनि राख्न चाहने भारतले नेपालको स्वन्त्रतालाई आफ्नो बाटोको तगारो मान्दै आएको छ । उसले हामीलाई उसको निर्देशन अनुसार चल्नुपर्ने राज्यको तहमा राख्न खोजेको छ, जबकि नेपाल भारतभन्दा २५०० वर्ष अगाडिदेखि स्वतन्त्र रहँदै आएको राज्य हो । यो व्रिटिश उपनिवेशमा २०० वर्ष पिसिएको भारतले बुझ्नु पर्ने कुरा हो । नेपालले आफ्नो संबिधान आफैले बनाई अनुकूल समयमा घोषणा गर्न पाउने अधिकारमा अंकुश लगाउन खोज्दा त्यसमा आफू असफल भएपछि त्यसको बदला लिने नियतले मोदी सरकारले बिगत ३ महिनादेखि नेपालबिरुद्ध नाकाबन्दी गर्दै आएको छ । यसमा युद्धको बेला समेत रोक्न नमिल्ने औषधी जस्ता संबेदनशील बस्तु नाकामा रोकेर उसले ठुलो आपराधिक कार्य गर्दै आइरहेको छ । भूकम्पले कम्जोर भएको अवस्थाको गलत फाइदा उठाउँदै आर्थिक नाकाबन्दी गरेर उसले नेपालमाथि निन्त्रण गर्न खोज्ने आफ्नो पुरानो प्रबृत्ति दोहो¥याएको छ । नेपालमाथि तेस्रो पटक नाकाबन्दी गरेबाट चौथो–पाँचौँ पटक पनि भारतले नाकाबन्दी गर्न सक्छ भन्ने कुराको संकेत प्राप्त हुन्छ । तसर्थ यो नाकाबन्दीलाई आत्मनिर्भर हुने पाठका रुपमा लिएर

नेपाल आगाडि बढ्नुपर्छ । डिसेम्बर २ को कालो दिनको अवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपाल सरकारसमक्ष निम्न लिखित मागहरु प्रस्तुत गर्दछ ः

१) सुगौली सन्धिपूर्वको सिमाना कायम गर्न नेपाल–भारत सन्धिको धारा ८ कार्यान्वयन गर्न भारतसँग अविलम्ब वार्ता गरियोस् ।
२) उत्तरी नाकाहरु जोड्ने सडक निर्माण गर्ने नेपाली सेनालाई जिम्मेवारी दिइयोस् । रसुवागढी नाका २ वर्षमा होइन ६ महिनाभित्र स्तरोन्नति हुने गरी सम्पन्न गर्न समय सिमा तोकियोस् ।
३) युवाहरुको विदेश पलायन रोक्न परियोजना नै धितो रहने गरी उनीहरुलाई ऋण सुबिधा उपलब्ध गराइयोस्।
४) चीनको व्यापक सडक संजालमा आबद्ध हुने गरी चीनसँग व्यापार तथा पारवहन सन्धि गरियोस् ।
५) बिजुली आयात गर्न चीनसँग बिद्युत व्यापार सम्झौता गरियोस् ।
६) नेपालभित्र विभिन्न समयमा बाँडिएका नागरिकता छानबिन गर्न उच्चस्तरीय नागरिकता उजुरी छानबिन आयोग गठन गरियोस् ।
७) तराईमा बसोबास गर्ने आदिवासीहरुलाई भारतीय आप्रवासीहरुबाट बचाउन राज्यस्तरमै वैज्ञानिक संयन्त्रको विकास गरियोस् ।
८) भाडाका सिपाहीका रुपमा भारत र बेलायतमा काम गरिरहेका युवाहरुलाई नेपाली सेनामा समायोजन गरी गोर्खा भर्ती सदाका निम्ति बन्द गरियोस् ।
९) तराई आन्दोलनका क्रममा सीमाको दुरुपयोग गरिएको हुँदा नेपाल–भारत बिचको खुल्ला सिमाना बन्द गरियोस्।
१०) राष्ट्रिय सुरक्षालाई ध्यानमा राखी नेपालमा काम गर्ने विदेशीहरुलाई ‘कार्यअनुमतिपत्र’ अनिवार्य गरियोस् ।
११) चीनसँग रक्षा सन्धि गरियोस् ।
१२) एकआपसमा विश्वास अभिवृद्धि गर्नअविलम्ब चीनसँग शान्ति तथा मैत्री सन्धि गरियोस् ।
१३) संघीयता स्थगन गरी स्थानीय निकायको निर्वाचन गरियोस् ।
१४) तराईको शतप्रतिशत जमिन सिंचाइ गर्ने गरी परियोजना सुरु गरियोस् ।
१५) भारत र चीनमा छोरा–छोरी पढाउने सरकारी अधिकारी र सुरक्षा निकायका अधिकृतहरुलाई सेवाबाट हटाइयोस् ।
१६) कूटनीतिक आचारसंहिता नमान्ने भारतीय राजदूतलाई अवाञ्छित व्यक्ति घोषणा गरी फिर्ता पठाइयोस् ।
१७) भारतीय नाकाबन्दीको अन्तराष्ट्रियकरण गर्न विलम्ब नगरियोस् ।
१८) नाकाबन्दीका कारण कलकत्ता बन्दरगाहमा रोकिएका नेपाली व्यापारीका कन्टेनरको बिलम्ब शुल्क र समग्र आर्थिक नोक्सानी भारतलाई भराइयोस् ।nepaliheadlines

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget