Latest Post

9:32:00 PM ,
बलिउडमा देह दर्शनका लागि उदार नायिकामध्ये पर्छिन मल्लिका शेरावत । छोटा पहिरनमा ग्ल्यामर दिन उनी निकै खप्पिस छिन् । छिटै प्रर्दशनमा आउन लागेको फिल्म ‘डर्टी पोलिटिक्स’ पनि उनले आफ्नो स्थापित छविअनुसार नै ग्ल्यामर, रोमान्स र बेड सिनका दृष्य दिएकी छिन् ।


तर, मल्लिकाले यस्ता सेक्सी अभिनयबाट आफु थाकिसकेको बताएकी छिन् । इन्डो एशियन न्यूज सर्भिससँग कुरा गर्दै मल्लिकाले भनिन-’मलाई जहिले पनि बलिउडबाट यस्तै सेक्सी भूमिकाका लागि अफर आउँछ, तर, म एउटा आइटम गीतमा नाच्ने र जीउ देखाउने छोटो भूमिकामात्र गर्न चाहान्न ।’

‘म एक कलाकार हुँ र भिन्नभिन्न भूमिकामा आफ्नो क्षमता देखाउन चाहान्छु तर, सवैले मलाई सेक्सी भूमिकामात्र अफर गर्दा दिक्क लागिसक्यो, म थाकिसकेँ’ उनले भनिन् । डर्टि पोलिटिक्सले आफ्नो भिन्न अभिनय क्षमताको उजागर गर्ने उनको बिश्वास छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

9:27:00 PM , ,
फेसबुक प्रयोगकर्ताहरु अहिले निकै खतरनाक भाइरसको निशानामा छन् । यो भाइरस यति खतरनाक छ कि एकपटक यसको पकडमा आइसकेपछि प्रयोगकर्ताहरुले केहि पनि गर्न सक्दैनन् । प्रयोगकर्ताहरुले जतिबेला फेसबुक पेजमा देखिने एक विशेष लिंकमा क्लिक गर्छन् तब यसले कम्प्युटरलाई हाइज्याक गरेर फेसबुक अकाउन्ट आफ्नो कब्जामा लिने गर्दछ र उक्त व्यक्तिको न्यूज फिडमा २० जना साथीहरुलाई ट्याग गरेर पोर्न भिडियो पोष्ट गर्ने गर्दछ ।


यो भाइरसको पकडमा पछिल्लो दिनमा एक लाखभन्दा बढि फेसबुक प्रयोगकर्ताहरु आइसकेका छन् । फेसबुक न्यूजमा साथीहरुलाई ट्याग गरेर पोर्न भिडियो पोष्ट गर्ने यो भाइरस फेसबुक पेजमा पोर्न लिंकको रुपमा देखा पर्नेछ जसमा उत्तेजक फोटो भिडियोको रुपमा देखा पर्दछ । प्रयोगकर्ताहरुले यस्तो लिंकमा क्लिक गर्ने बित्तिकै त्यहाँ नयाँ ट्याब खोलिनेछ जसमा युट्युब जस्ता पोर्न भिडियोले भरिएको वेभसाइट खोल्ने गर्दछ ।

निकै धेरै पोर्न भिडियोसँगै ओपन हुने यो वेभसाइटमा केहि सेकेन्डको लागि पोर्न भिडियो चल्ने गर्दछ तर केहि समयपछि यो रोकिन्छ । त्यसपछि प्रयोगकर्तालाई फ्ल्यास अपडेट गर्नको लागि आदेश दिइन्छ ।

प्रयोगकर्ताहरुले भिडियो हेर्नका निमित्त अपडेट बटनमा क्लिक गरेलगत्तै यो ट्रोजन मालवेयर कम्प्युटरको किबोर्ड र माउसलाई ह्याक गरेर त्यसलाई हाइज्याक गर्ने गर्दछ । त्यसपछि प्रयोगकर्ता केहि पनि गर्न सक्दैनन र यो भाइरस प्रयोगकर्ताको फेसबुक न्यूज फिडमा पोर्न लिंक २० जना साथीहरुलाई ट्याग गर्दै पोष्ट हुने गर्दछ ।

9:20:00 PM ,
मुम्बई । सलामान खान अभिनित फिल्म ‘किक’ वाट बलिउडमा चर्चा कमाएकी श्रीलंकाली सुन्दरी ज्याकलिन फर्नाडिज सलमानकै कारण आफ्नो जिन्दगी बनेको बताउन थालेकी छिन् ।
त्यसो त केही दिन अघि मात्रै सलमानको कारण आफ्नो हिन्दी सुध्रिएको सुनाएकी थिईन्  । ‘किक’मा काम गर्नु अघि ज्याकलिनले अर्को फिल्म ‘राय’ मा सम्झौता गरेकी थिईन् ।
राय भने रिलिज भएको छैन । किकले यत्रो चर्चा पाईसक्दा पनि अर्को फिल्मको विषयमा कुनै हल्ला छैन । त्यसकारण पनि आफ्ना लागि सलमान सबै भन्दा महत्वपूर्ण पुरुष भएको उनको भनाइ छ ।

9:10:00 PM ,
रक्सी खानु वा अर्को शव्दमा भन्दा मध्यपान गर्नु स्वास्थ्यको लागि हानिकारक हो । तर यहीँ रक्सीले नुहाउँदा सरिरका रोग निको हुँदा रहेछन् ।


 यसको प्रमाण हो रक्सीले नुहाएर उपचार गर्ने युक्रेनको बियर थेरापी । drunk पश्चिमी युक्रेनको एक स्नानघरमा नुहाउनको लागि पानी होइन बियर दिइन्छ ।
 स्नानघरमा जाँदा बियर दिएपछि कसैले खाने सुरसार कस्न बेर लगाउँदैन , तर खबरदार त्यहाँ बियर खाने होइन , बियरले नुहाउनर्ुपर्छ । युक्रेनको राजधानीबाट १२ माइल टाढा रहेको टर्नोपोलस्थित त्यस स्नानघर परम्परागत उपचार पद्धतिका पारखीहरुको लागि मक्का मदिना नै सावित भएको छ ।

 वास्तवमा युक्रेनमा घरेलु उपचार पद्धति निकै चर्चित छ । घरेलु उपचारका केही विधिहरु निकै डरलाग्दा पनि छन् । ढाड दुखेको उपचार गर्न तातो गिलासले डाम्ने देखि लिएर खोकीको उपचारका लागि तेलमा चोपेर बालिएको कपडा छातिमा राखिदिने जस्ता डरलाग्दा विधि समेत अपनाउने गरिएको छ ।

 रक्सीले नुहाउने स्नानघरमा स्वदेशी मात्र नभएर धेरै विदेश पनि धाउने गरेका छन् । बियरले नुहाउँदा मृगौलाको रोग निको हुने तथा अपचको समस्या पनि हट्ने विश्वास छ । त्यस्तै छालाजन्य रोगको उपचारमा पनि बियर बाथ थेरापीको प्रयोग हुने गरेको छ
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

9:05:00 PM ,
भाइरस अझ खतरनाक बन्ने हो कि भन्दै वैज्ञानिक चिन्तित



(एजेन्सी) गिनीमा इबोलाको प्रकोपको अध्ययन गरिरहेका वैज्ञानिक तथा अध्ययनकर्ताहरुले भाइरस म्युटेसन (स्वरुपमा परिवर्तन) हुन थालेको बताएका छन् ।
गत मार्चमा इबोलाको प्रकोपको शुरुवात पत्ता लगाउने फ्रान्समा रहेको इन्सिटिटुट पास्टुअरका अध्ययनकर्ताहरुले इबोलाको भाइरस अझ संक्रामक बनेको बारेमा अनुसन्धान गरिरहेका छन् ।


हाल यस भाइरसबाट २२ हजारभन्दा बढी संक्रमित बनिसकेका छन् भने गिनी, सिएरा लियोन र लाइबेरियामा ८ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । भाइरसको म्युटेसनको बारेमा अध्ययन गर्न वैज्ञानिकहरुले गिनीमा रहेका इबोलाका सयौं रोगीहरुको रगतको स्याम्पल अध्ययन गरिरहेका छन् ।
उनीहरुले भाइरसले कसरी आफूलाई परिवर्तन गरिरहेको र यदी भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने गरी विकसित त भइरहेको छैन भन्ने बारेमा अध्ययन गरिरहेका छन् ।
‘हामीलाई यति मात्र थाहा छ कि भारइस निकै परिर्वन भइराखेको छ,’ डा. अनावाज सकुन्ताभाईले बताएका छन् ।
‘एउटा भाइरसले आफूलाई कम खतरनाक रुपमा परिवर्तन पनि गर्न सक्छ तर हाम्रो चिन्ता भनेको यो अझ बढी संक्रमक बनेको त छैन भन्ने हाम्रो चिन्ता हो ।’ – डा. अनावाज सकुन्ताभाई
भाइरसको परिवर्तनबारे जानकारी राखिराख्नु नयाँ रोग र यसको उपचारको लागि अति आवश्यक हुने उनी बताउँछन् । ‘भाइरसलाई निमूल पार्न त्यो कसरी परिवर्तन भइरहेको छ भनेर जानकारी राख्न अत्यन्त जरुरी हुन्छ,’ सकुन्ताभाईले बताए ।
हुनतः समयमा समयमा भाइरसको स्वरुपमा परिर्वतन हुनु अस्वभाविक होइन । इबोला एचआइभी र इनफ्लुएन्जाजस्तै आरएनए भाइरस हो जसको परिर्वतन हुने दर निकै तीव्र हुन्छ । यसले भाइरसलाई वातावरणसँग घुलमिल हुन मद्दत गर्छ । यसबाट भाइरस अझै संक्रमक बनाउने सम्भावना रहन्छ ।
‘हामीले अहिले यस्ता धेरै रोगी भेटाएका छौं, जसमा इबोला भाइरसबाट संक्रमित बनेपछि देखिने कुनै पनि लक्षण देखिएका छैनन्,’ सकुन्ताभाईले भने, ‘यस्ता रोगीले भाइरसलाई अझ फैलाउने खतरा हुन्छ । एउटा भाइरसले आफूलाई कम खतरनाक रुपमा परिवर्तन पनि गर्न सक्छ तर हाम्रो चिन्ता भनेको यो अझ बढी संक्रमक बनेको त छैन भन्ने हाम्रो चिन्ता हो ।’
बेलायतको नोटिङहम विश्वविद्यालयका एक भाइरोलोजिस्टका अनुसार यसरी लक्षण नदेखाउने रोगीहरुको संख्या पहिलेको तुलनामा बढेको हो वा होइन भन्ने विषयमा अझै यकिन भइसकेको छैन ।
‘हामीलाई थाहा छ लक्षण बिनाकै संक्रमण देखिन्छन् । तर, यो पहिलेको भन्दा बढेको छ वा छैन भन्ने अझै यकिन भएको छैन,’ उनले भने, ‘हुन सक्छ यो संख्याको कुरामात्र हो । धेरै रोगी भएपछि धेरै त्यस्ता लक्षण नभएका रोगी पनि देखिका हुन सक्छन् ।’
वैज्ञानिकहरुका लागि चिन्ताको अर्को विषय भनेको इबोला परिवर्तन भएर हावाबाट सर्ने हुने हो कि भन्ने रहेको छ । यद्यपि अहिलेसम्म यस्तो कुनै संकेत देखिएको छैन । अझै पनि प्रत्यक्ष सम्पर्कबाट मात्र यो रोग फैलिरहेको देखाएको छ ।
‘रगतबाट सर्ने भाइरसहरु हालसम्म पनि हावामा सर्ने बनेका छ्रैनन् । यसका लागि भाइरसको स्वरुपमा ब्यापक परिवर्तन हुनुपर्छ,’ संक्रमित रोगका विशेषज्ञ प्रोफेसर डेभिज हेम्यानले भने ।
भाइरोलोजिस्ट नोइल टोर्डोले भने, ‘हामीले अहिलेसम्म भाइरस कुन तहसम्म परिवर्तन भएको भन्ने यकिन गर्न सकेका छैनौं । तर भाइरसमा केही परिवर्तन भने अवश्य आएको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

मुम्बई । रातको तीन बजेको थियो । अभिनेत्री कंगना राणावत निदाईरहेकी थिईन् । एक्कासी उनको घरको ढोका ढकढक गर्‍यो ।
यस्तो मध्यरातमा ढोका ढकढकाउने को होला ? कंगना निकै डराइन । तर, निकैबेरसम्म पनि ढोका ढकढकाउने क्रम रोकिएन । त्यसैले उनी चाल सुन्दै ढोकासम्म पुगिन् । जब उनले ढोका खोलिन तब झसङ्ग भइन् ।
कारण, उनको ढोकामा खडा थिइन चर्चित अभिनेतृ रेखा ।
शनिवार सम्पन्न फिल्म फेयर अवार्डमा कंगनाले ‘क्वीन’वाट सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी थिईन् । तर, अवार्ड कार्यक्रममा कंगना उपस्थित भएकी थिईनन् । सोही कारण रेखाले कंगनाको तर्फवाट अवार्ड लिएकी थिईन् ।
रेखा उनको त्यहि अवार्ड हस्तान्तरण गर्नका लागि कंगनाको घर पुगेकी थिईन् । क्वीनमा राम्रो अभिनय गरेको भए पनि अवार्ड पाउने कुरामा आफु आशावादी नरहेको भन्दै कंगनाले रेखाले घरमै आएर अवार्ड प्रदान गरेकोमा खुसी ब्यक्त गरिन् ।

6:43:00 PM ,
. कम्तिमा सात घन्टा सुतौँ :
हरेक रात कम्तिमा सात घन्टा सुतौँ । कडा परिश्रम छ भने आठ घन्टा सुत्न सकिन्छ । निद्रा बिग्रिएमा शरीर चल्ने प्रक्रियामा गडबड हुन्छ र मधुमेहले सताउने सम्भावना बढ्छ । निद्रा नपुग्दा धमनीमा क्याल्सियम जम्मा हुने खतरा रहन्छ, जसले धमनी खुम्चिन सक्छ ।
२. आफ्नो रक्तचाप जानी राखौँ :
रक्तचापको जानकारी अत्यन्त महत्वपूर्ण छ । उच्च रक्तचापले धमनीलाई कमजोर बनाउँदै लान्छ । १२०/८० देखि १३०/८५ को रक्तचापलाई उच्च मानिदैन । रक्तचापलाई नियन्त्रणमा राख्नु भनेको आफ्नो शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्नु हो । यसका लागि व्यायाम, मोटोपना घटाउने, तनाव मुक्त हुने उपाय अवलम्बन गर्नु राम्रो हो ।
३. सेकेन्डह्यान्ड धुँवाबाट बचौँ :
अरूले खाएको धुँवाले पनि तपाईंलाई उत्तिकै असर गरिरहेको हुन्छ । चुरोट खाएको वरिपरि एक घन्टासम्म बस्नाले दिनको दुईदेखि चारवटा चुरोट खाए समान हानि पु¥याउँछ । धूम्रपान यसै पनि मुटुरोगको एउटा कारण हो ।


४. दैनिक ३० मिनेट हिँडौँ :
व्यायामले मानिसको आयु बढाउन मद्दत गर्छ । साथै, व्यायामले मुटुको धड्कन हरेक दिन राम्रोसँग चलाउन पनि मद्दत पु¥याउँछ । बुढोपना शरीरमा नदेखिनु त यसको प्रत्यक्ष फाइदा भइहाल्यो । त्यसैले दिनको कम्तिमा ३० मिनेट हिँडेर भए पनि स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ ।
५. हप्ताका एक दिन माछा खाऔं :
माछामा पाइने ‘ओमेघा–३’ तेलले मुटु र धमनीको चाललाई चुस्त राख्छ । यसमा पाइने प्रोटिनले मान्छेको मुटुलाई सबैभन्दा धेरै फाइदा गर्ने अनुसन्धानले देखाएको छ ।
६. सन्तुष्ट हुन सिकौँ :
आर्थिक कारणले मानसिक तनाव कहिल्यै लिन हुँदैन । तनाबले मान्छेको निन्द्रा मात्र होइन मुटुको काम गर्ने क्षमतामा पनि ह्रास ल्याउँछ ।
७. दाँत माझौँ :  
गिजामा लाग्ने रोगहरूले कहिलेकाहीँ हृदयघातसम्म गराउन सक्छ । तसर्थ, दन्त स्वास्थ्यको ख्याल गरेर पनि मुटु बचाउन सकिन्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

6:37:00 PM ,
२० माघ, काठमाडौं ।

एमाओवादीसहित विपक्षी मोर्चाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नियम र परम्परा मिचेर एकलौटी बैठक बोलाएको आरोप लगाउँदै त्यसमा सहभागी हुनुको अर्थ नभएको बताएको छ । उसले फागुन १६ सम्म आन्दोलन तय गरिसकेको उल्लेख गर्दै संविधानसभामा सुरु भएको प्रक्रिया नरोकेसम्म नर्फकने जनाएको छ ।





एमाओवादी वरिष्ठ नेता एवं संवाद समितिका सभापति बाबुराम भट्टराईले एकलौटी ढंगले समाध्यक्षले बोलाएको बैठकमा सहभागी नहुने बताए । 'सभाध्यक्षले नियम, परम्परा मिचेर बोलाएको बैठकमा सहभागी हुनुको कुनै अर्थ हुँदैन,' उनले भने, 'हामी फागुन १६ गतेसम्म जनतामाझ जान्छौं, जनताको राय सुझावअनुसार अघि बढ्छौं ।' उनले सत्तापक्षले संविधानसभा अपहरण गरेको आरोप लगाए । 'सभाध्यक्षले संविधानसभाको प्राण लिइसकेका छन्, विपक्षी बिनाको बैठक बोलाएर नाटक गर्नुको अर्थ छैन,' उनले भने, 'हामी जनताको बलिदानबाट प्राप्त उपलब्धिका लागि आन्दोलनमा गएका हौं । जनताको अधिकार अपहरण गर्न दिँदैनौं ।'

संविधानसभा जोगाउन आन्दोलनमा जानुपरेको उल्लेख गर्दै प्रक्रिया रोकेर विगतमा सहमति र सम्झौताअनुसार संविधान निर्माणमा प्रतिबद्धता जनाएमात्र वार्ता हुन सक्ने उनले बताए । 'संविधानसभामा प्रक्रिया रोकेर सहमतिका आधारमा सहमति बन्ने ग्यारेन्टी नभएसम्म हामी संविधानसभामा र्फकने कुरा हुँदैन,' उनले भने, 'त्यसबेलासम्म हामी जनतामाझ हुन्छौं ।'

मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले हाल संविधानसभा र त्यसका कुनै पनि अंगमा सहभागी नहुने बताए । 'पेलेर संविधान बनाउन खोजिँदै छ, हामी सशक्त सडक आन्दोलनमा जान्छौं,' उनले भने, 'हाम्रो असहयोग आन्दोलन जारी रहन्छ ।' आजको कान्तिपुरमा खबर छ ।

यसैबीच एमाओवादीले पूर्वी, मध्य र पश्चिम कमान्डको बैठक गरी आन्दोलनका तयारीका लागि सबै नेतालाई जिल्ला पठाएको छ । पूर्वी कमान्ड उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पश्चिम नेता बाबुराम भट्टराई र मध्य कमान्ड अध्यक्ष पुष्पकमल दाहालले सम्हालेका छन् । तीन क्षेत्रमा प्रशिक्षण, सभा, अन्तक्रिर्या गर्ने तय भएको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

12:59:00 PM ,
किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ ।


अहिले युवाहरूको विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन । हस्तमैथुन पनि त्यसैको चपेटामा परेको छ र यस विषयमा कतिपय गलत धारणा पनि छन् । यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा यौनाङ्गहरू नै एक-आपसमा घर्षण गराइन्छ । यस्तो घर्षण अरू कसैको यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै हो । त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानि-नोक्सानी गर्दैन ।
हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ । हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ । प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्य(मान्यताले यस्तो नकारात्मक असर देखाउँछ । यसलाई हामीले मनवाट निकाल्न सक्नुपर्छ । यसको आदत वा बानी हटाउने सन्दर्भमा के भनौं भने त्यसलाई हटाउनैपर्छ भन्ने छैन ।
अनावश्यक रूपमा कुनै उपचार गरिदिन्छु भन्नेहरूको मीठो बोलीमा नफस्नुहोला । ती कुराले तपाईंलाई भन्दा उपचार गर्नेलाई फाइदा हुन्छ, तर पनि तपाईंको जिज्ञासा भएको विषयमा केही चर्चा गरौं । यो सजिलो नहुन सक्छ, तर शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरू, यौन उत्तेजना नहुने प्रकारका साहित्य पढ्ने वा आफ्नो सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट पनि हस्तमैथुन गर्ने कार्यलाई कम गर्न सकिन्छ । हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र समयको खोजीमा प्रशस्तै शक्ति खर्च गरिन्छ । त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ ।
बरु सक्दो अन्य व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन । यस्ता उपायले हस्तमैथुन गर्ने बानीमा कमी ल्याउन सकिन्छ । विवाहपछि नियमित यौनसम्पर्क गर्ने अवसर पाइने भएकाले उक्त क्रियाकलापमा स्वाभाविक रूपमा कमी आउँछ । तपाईंलाई महिलासँगको यौनसम्पर्क हुँदा यौनेच्छा शान्त पार्ने वैकल्पिक उपायको आवश्यकता नभएको देखिएको छ, तर तपाईंले विवाहभन्दा बाहिरको यौनसम्बन्धले ल्याउने समस्याका बारे मा विचार पुर्‍याउनुभएकै होला । के हस्तमैथुनले विवाहित जीवनमा असर गर्ला ? मानिसले विवाहपछि पनि हस्तमैथुन गर्छन् । कतिपय परिस्थितिमा विवाहित भए पनि यौनसम्पर्कका अवसरहरू प्राप्त नहुँदा यस्तो गरिन्छ भने कहिले अवसर पाएको स्थितिमा पनि । पहिलेदेखि बानी परेका केही व्यक्ति सजिलो रूपमा यौन चरमसुख पाउन हस्तमैथुन गर्छन् ।
कहिलेकाहीं मात्र यस्तो हुने गरेको र सामान्य यौनजीवनलाई प्रभाव नपारेको भए त खासै केही फरक पर्दैन, तर आफ्नो यौनसाथी अर्थात् श्रीमान् वा श्रीमतीसँग यौनसम्पर्क नै नगरेको स्थितिमा भने फरक पर्छ । दुवैजना आपसी हस्तमैथुन (जुन आफैंमा पाक्क्रीडा हो) मा संलग्न भए यौनआनन्दलाई बढाउन सकिन्छ । के यो शीघ्रपतन हो ? कसरी समय बढाउने ? यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुरामा भर पर्छन् ।
यी कुरा योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने होइन । प्रायः सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । किन्सेले गरेका अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको कुरा देखिएको थियो । वैज्ञानिकहरूबीच शीघ्रस्खलनलाई कसरी परिभाषित गर्ने भन्ने बहस पनि नभएको होइन । लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीयर् स्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले यो सोचमा केही परिवर्तन आउन थालेको छ । यसरी छिटो वीयर् स्खलन हुनुलाई शीघ्र वीर्य स्खलन भनिन्छ । जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले समस्या बढाउँछ । केही औषधीको पनि यस्तो प्रभाव हुनसक्छ ।
आक्कल(झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । यौनसम्पर्क रोक्ने-सुरु गर्ने, आसन परिवर्तन गर्ने, स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने, कन्डम प्रयोग गर्ने, पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ । यौनसम्पर्कको समय कति हुनुपर्छ ? यो व्यक्तिअनुसार फरक पर्ने कुरा हो । किन्सेको कुरा माथि नै पढिसक्नु भयो । मुख्य कुरा यौनसम्पर्कमा संलग्न दुवै जना यस्ता यौनसम्पर्कको समयालाई लिएर सन्तुष्ट हुनुपर्छ ।source:onlinekhabar

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget