Latest Post

12:53:00 PM ,
पतिपत्नीको सम्बन्धलाई सधैंभरि सुखद कसरी बनाउने ? बेलायती अनुसन्धाताहरूले यसको उपाय पत्तो लगाएका छन्— एउटै ओछयान अलगअलग सुत्ने पतिपत्नी विरलै होलान्) मा सुत्ने, त्यो पनि टाँसिएर, दम्पतीहरूको सम्बन्धमा जहिल्यै न्यानोपन रहिरहन्छ ।


उक्त अध्ययन हार्टफोर्डसायर विश्वविद्यालयका मनोवैज्ञानिक रिचर्ड वाइजमेनको नेतृत्वमा गरिएको हो । उनीहरूले उपर्युक्त निष्कर्ष निकाल्नुअघि इडिनबर्ग अन्तर्राष्ट्रिय विज्ञान महोत्सवमा एक हजार दम्पतीमाथि सर्वेक्षण गरेका थिए ।

'दम्पतीहरूको सुत्ने अवस्थाबारे गरिएको यो पहिलो सर्वेक्षण हो,' प्रा. वाइजमेनले भनेका छन् ।

उक्त अध्ययनमा उल्लेख भए अनुसार, जो दम्पती आफूहरूबीच एक सेन्टिमिटरभन्दा पनि कम दूरीमा सुत्छन्, उनीहरू अन्य दम्पतीको दाँजोमा बढी खुसी रहन्छन् । करिब ६६ प्रतिशत दम्पती एकअर्काबाट ६६ सेन्टिमिटर टाढा सुत्ने गर्छन् । सुखी दम्पतीहरू आमनेसामने एकअर्कालाई स्पर्श गर्दै सुत्छन् ।

सर्वेक्षण अनुसार, दम्पतीबीच सबैभन्दा प्रचलित सुताइ शैली अलगअलग दिशामा कोल्टो परेर सुत्नु हो । करिब ४१ प्रतिशत दम्पती आपसमा ढाड फर्काएर सुत्ने गर्छन् ।

12:48:00 PM ,
यदि तपाइँ आफ्नो तौल घटाउनर् इच्छुक हुनुहुन्छ भने यो गर्मीको समय तपाइँको लागि उपयुक्त हुन सक्छ । फलको राजा भनेर चिनिने आँपको सेवनले तौल घटाउन सहयोग पुर्‍याउने एक अध्ययनले बताएको छ । ताजा आँपमा पौष्टिक तत्वको साथसाथै प्रशस्त मात्रामा फाइवर समेत पाईन्छ । विज्ञहरुका अनुसार स्वस्थ्य रहनका लागि आँपको सेवन अति उपयुक्त हुन्छ । आपको सेवनले बेटा क्यारोटिन बेटा क्यारोटिन बीच उच्च रुपमा प्रवाह गराउछ । तापनि पोषक तत्वको लागि आँप महान् स्रोत हो ।


यति हुँदाहुँदै पनि क्यालोरीको कम खपत गर्नको लागी आँप उपयुक्त विकल्प हो । विज्ञहरु भन्छन्,’आँपमा पाइने बिटा क्यारोटिन्ले क्यान्सरको जोखिमलाइ पनि केहि हदसम्म कम गर्छ ।’ सही रुपमा पोषक तत्त्व प्राप्त गर्नको लागी दैनिक रुपमा एउटा आँपको सेवन नै काफि हुन्छ ।

 जसले पर्याप्त रुपमा शरीरमा भिटामिन ‘सी’ उपलब्ध गराउछ । यसले मांसपेसिलाई बलियो,बनाउनको साथसाथै क्याल्सीयम र भिटामिन ‘बी’ पनि प्रशस्त रुपमा पाईन्छ । करोटेनोइड जसले एन्टिअक्सिडन्टमा प्रभाव जमाईराख्छ । यसकारण आँपको सेवन तौल घटाउनको लागी महत्वपूर्ण हिस्सा रहन सक्छ ।

यद्यपि यसको सेवन तौल घटाउनको लागि मात्र नभई अन्य प्रयोजनको लागि पनि प्रयोग गर्न सकिन्छ । दैनिक रुपमा आँपको सेवनले शरीरको छालालाई चम्किलो बनाउनुको साथसाथै नरम समेत बनाउन मद्यत गर्छ ।  रातोपाटीबाट

12:30:00 PM ,
हरेक व्यक्तिको जिवनमा यौन भन्ने कुरा एक महत्वपूर्ण पक्ष हो । त्यसकारण यौन तथा प्रजननका विषयमा जानकारी पाउनु हरेक व्यक्तिका लागि महत्वपूर्ण हुन्छ । विकशित हुँदै गएको भएपनि यौनका विषयमा धेरै भ्रान्ति तथा अन्धविश्वासहरु अद्यापि रहेका छन् ।


यहाँ सेक्सका विषयमा केही असाधारण तथ्य प्रस्तुत गरिएको छ जो तपाइँका लागि निकै महत्वपूर्ण सावित हुनसक्छन् :

कण्डम निर्माता कम्पनी ड्युरेक्सले गरेको एक सर्भेक्षणका अनुसार स्वस्थ मानिसले वर्षमा औषतमा १०३ पटक, हप्तामा औषतमा १.९८ पटक तथा दिनमा ०.२८ पटक सम्भोग गर्छ । यदि तपाइँले जिवनमा यौनलाई सही ढंगबाट प्रयोग गर्नुभयो भने यसले विभिन्न खालका फाइदा प्रदान गर्छ । सम्भोगले तनावबाट मुक्ति दिलाउँछ र सरीरमा उर्जा समेत भर्दछ ।

टर्कीमा भएको एक अनुसन्धानले पुरुषमा यौनको क्षमता उसको सरीरको सुगठन सँग सम्बन्धित हुने तथ्य पत्ता लगाएको छ । हट्टाकट्टा मानिसले औषत ७.३ मिनेटसम्म सम्भोग गर्छ भने दुब्लोपातलो मानिसको सम्भोगको अध्याय १०८ सेकेण्डमै समाप्त हुन्छ ।वैज्ञानिकहरुले मुखमैथुन गर्भवती महिलाका लागि फाइदाजन हुने र मुखमैथुन अर्थात् ओरल सेक्स गर्ने महिलामा गर्भावस्थामा बिहानपख वाकवाकी लाग्ने समस्याबाट छुटकारा मिल्छ ।

सम्भोगका बेला सेरेटोनिन हर्मोनको उत्पादन बढ्छ । यसको मात्रा बढेसँगै मस्तिष्कमा रगतको प्रवाह सन्तुलित हुन्छ । टाउको दुखेको बेला सम्भोग गर्दा टाउको दुखाइ कम हुन्छ ।सम्भोगका दौरान स्त्री पुरुष दुबैजना एक दोश्रोको सरीरमा मुसारेर तथा कन्याएर उत्तेजना पैदा गर्ने प्रयास गर्छन् । यौनांगको स्मर्शमा भन्दा पाइताला देखि घुँडासम्मको स्पर्शले बढि उत्तेजना पैदा गर्ने विज्ञहरुको भनाइ छ ।

एक नयाँ अध्ययनले कलेज जाने युवायुवतीहरु मध्ये किशोर तथा युवकले एक दिनमा १८ पटक सेक्सका बारेमा सोँच्ने र युवतीहरुले दिनमा १० पटक सेक्सका बारेमा सोँच्ने गरेको देखाएको छ ।वैज्ञानिकहरुले पुरुषको औँलाको लम्बाइले उसको गुप्तांगको लम्बाइ निर्धारण गर्ने तथ्य समेत पत्ता लगाएका छन् । साहिँली औँलाको लम्बाइ बढि हुने पुरुषको यौनांगको आकार ठूलो हुन्छ ।

अमेरिकामा गरिएको एक अध्ययनले ४० वर्ष सम्मका ५ प्रतिशत तथा ६५ वर्षसम्मका २५ प्रतिशत पुरुष शिघ्रस्खलनबाट पीडित छन् । शिघ्र स्खलन रोक्न २५ प्रतिशतले औषधि खाने गर्छन् । अनलाइनखबर

12:25:00 PM ,
भिण्डी लोकप्रिय तरकारी मध्ये एक हो । भिण्डी खानुमा जति स्वादिष्ट छ, यो निकै गुणकारी पनि छ । आम मानिसले भिण्डीलाई स्वादका आधारमा तथा यसको चिप्लोपनाका आधारमा स्वादिष्ट तरकारीको रुपमा मात्र उपयोग गर्दै आएका छौँ ।

तर भारतीय उपमहाद्विपका केही आदिवासीले भिण्डीलाई विभिन्न रोगको उपचारमा समेत उपयोग गर्ने गरेको पाइन्छ ।


भिण्डीमा विभिन्न खाले भिटामिन तथा लवण र अन्य पौष्टिक तत्व पाइन्छ ।

यसमा भिटामिन ए, बी, सी, इ तथा क्याल्सियम, फलाम जस्ता तत्व पाइन्छ । साथै यसमा उच्चस्तरीय फाइबर समेत पाइने भएकाले स्वास्थ्यका लागि लाभदायी हुन्छ । पोषण विज्ञहरुका अनुसार भिण्डीको सेवन मधुमेहका रोगीका लागि निकै लाभदायक हुन्छ ।
भिण्डीको बिजलाई धूलो बनाउने, त्यसमा सुकमेल, दालचिनी तथा मरिचको समेत धूलो मिलाउने र यसलाई दिनहुँ मनतातो पानीमा मिलाएर पिउँदा डाइबेटिजका रोगीलाई निकै लाभ पुग्छ ।

भिण्डीको काटेको टुक्रालाई पिउने पानीमा डुबाएर रातभर राख्ने । विहान टुक्रा निकालेर बाँकी रहेको पानी खाली पेटमा पिउने गर्दा मधुमेह नियन्त्रणमा सघाउ पुग्ने बताइन्छ ।विज्ञहरुका अनुसार काँचो भिण्डी चपाएर खानाले पुरुषहरुमा यौन क्षमतामा वृद्धि हुन्छ । पानीमा भिण्डी पकाएर पिउनाले भिरिंगीका रोगीलाई समेत फाइदा गर्छ । अनलाइनखबरबाट

12:11:00 PM ,
सेक्स मानवीय जीवनको अपरिहार्य कुरा हो यसमा दुईमत नहोला । त्यसैले सेक्सविनाको जीवन परिकल्पना गर्न पनि सकिन्न । उसो त समयसँगै सेक्सको परिभाषा तथा आयामहरू पनि परिवर्तन अर्थात् आधुनिक हुँदै गइरहेको छ ।

पहिले विवाहअगाडिको सेक्स अपराध नै मानिन्थ्यो भने आजभोलि मन मिलेपछि जुनसुकै बेला सेक्स गर्दा पनि हुन्छ भन्न थालिएको छ । त्यस्तै पहिले सेक्स भनेको पुरुषको लिंग महिलाको योनीमा पसाएपछि मात्र हुन्छ भन्ने सोच थियो र मानिसले सोही अनुरूप सेक्सको मज्जा लिन्थे तर आजकल सेक्सको आयाम आधुनिक हुँदै गएको छ ।
अर्थात् अहिलेका जोडीहरू आफ्नो लिंग र योनीको प्रयोग भिन्न–भिन्नसँग गरेर यौनआनन्द लिन थालेका छन् । जसलाई मुखमैथुन वा ओराल सेक्स भनिन्छ ।अझ लन्डनमा हालै भएको एक अध्ययनले महिलाहरू त झन् मुखमैथुन गर्न मरिहत्ते गर्ने गरेको निष्कर्ष निकालेको छ ।
करिब तीन हजार जोडीहरूबीच गरिएको सो अध्ययनमा सहभागी ६३ प्रतिशत महिलाले मुखमैथुन गर्दा चरम आनन्द पाउने बताएका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

9:14:00 AM ,
स्मार्टफोन आधुनिक युगमा जिवनशैलीको अभिन्न अंग बनिसकेको छ । हामी स्मार्टफोन तथा ट्याब्लेटबाट अलग हुनै नसक्ने भएका छौँ । हाम्रा ग्याजेटलाई अब कसरी प्रयोग गर्ने तथा कुन कुन काममा प्रयोग गर्ने ? भन्ने विषयमा पनि विविधताको खोजी हुन थालेको छ ।toy यहीँ खोजीको सिलसिलामा एक सेक्स ट्वाय निर्माता कम्पनीले आइप्याण्डलाई नै यौनखेलौना बनाइदिएको छ ।

 आइप्याण्डसँग सेक्स ? कस्तो अनौठो र अपत्यारिलो । तर फ्लेसलाइट कम्पनीले यो सम्भव बनाइदिएको छ । कम्पनीले हालै फ्लेसलाइट लन्चप्याड नामक उपकरण सार्वजनिक गरेको छ । फ्लास लाइट आकारको तथा योनी जस्तो त्यो उपकरण आइप्याडको पछाडिपट्टी जोड्न सकिन्छ ।

यो वास्तवमा सेक्स ट्वाय हो । यो आइप्याड सँग जोडिने यो कृत्रिम योनीबाट पुरुषले आइप्याडमा यौन सामाग्री हेर्दै आफुलाई त्यसकै मज्जामा डुबाउन सक्ने दाबी कम्पनीको छ । कम्पनीका अनुसार यो ग्याजेटबाट प्रयोगकर्ताले आफ्नो यौनसाथीसँग स्काइपीमा लाइभ अनलाइन सम्भोगको मज्जा लिँदै अनलाइन सेक्सलाई अझै रोमाञ्चक बनाउन सक्छन् ।

 कम्पनीले यो उपकरणको विज्ञापन समेत गज्जबको बनाएको छ । यसको ट्रेलरमै एकजना युवकले आफ्नी केटी साथीसँग भिडियो च्याट गर्दै यो कृत्रिम यौनांगको प्रयोग गरिरहेको देखिन्छ । छि, सूचना प्रविधिको चिजलाई कस्तो फोहोर बनाएको होला ?

 भन्ने प्रश्न धेरैले उठाउन सक्छन् भन्ने तर्फ सचेत हुँदै कम्पनीले अबका दिनमा ग्याजेटलाई मानिससँग अझै नजिक तुल्याउने लन्चप्याड राम्रो साथी बन्ने दाबी गरेको छ । यसको मूल्य २० पाउण्ड तोकिएकेा छ -source taja khabar

8:17:00 AM ,
कुनैपनि महिलाले सम्भोगका बेला चरम आनन्द प्राप्त गर्नका लागि पार्टनरको लिंगको लम्बाइको कुनै भूमिका रहन्छ वा रहँदैन भन्ने विषयमा एकमत छैन ।

लिंगको आकारले महिलाको चरम आनन्दमा फरक पार्छ भन्ने हो भने पनि पुरुषको लिंग कत्रो भएमा महिलालाई बढि चरम आनन्द आउँछ भन्ने विषयमा पनि सर्वमान्य दाबी वा प्रमाण कसैले पेश गर्न सकेको थिएन । तर यी सबै अपूर्णतालाई मेट्दै एक अध्ययनले महिलाका लागि सबैभन्दा आनन्ददायी लिंग कति लम्बाइको हुने ? भन्ने एकिन तथ्य पत्ता लगाएको छ हुनत यो निष्कर्ष विश्वका सबै देशका महिलाका लागि लागु नहुन सक्छ । महिलाको कद, यौन चरित्र तथा सम्भोगको आसन लगायतका विषयले महिलाका लागि उपयुक्त लिंगको आकार निर्धारण गर्छ । तरपनि बेलायतमा गरिएको एक अध्ययनले भने पुरुष पार्टनरको लिंग ५.८ इन्च वा त्यो भन्दा केही लामो भएमा महिलाले सेक्सका बेला निकै राम्रोसँग यौनसुख प्राप्त गर्ने तथ्य पत्ता लगाएको छ ।

वेस्ट स्कटल्याण्ड विश्वविद्यालयका मनोविज्ञ स्टुवार्ट ब्रोडीले महिलाहरुमा गरेको एक सर्भेक्षण पछि यस्तो निष्कर्ष निकालेका हुन् । उनले अध्ययनका क्रममा ३ सय २३ जना महिलासँग उनीहरुको यसअघिको यौन सम्पर्क र त्यसको अनुभवका बारेमा प्रश्न सोधेका थिए ।त्यस क्रममा महिलाहरुले औषतमा ५.८ इन्च वा १४.९ सेमी लामो लिंग भएका पुरुषसँगको सम्भोगमा बढि चरम आनन्द प्राप्त गरेको बताएका थिए । अध्ययनले के समेत तथ्यको खुलासा गरेको छ भने लिंग जति लामो भयो महिलाहरुमा बढि चरम आनन्द प्राप्त हुन्छ । औषत भन्दा छोटो लिंगले चरम आनन्द प्राप्तिमा बाधा पूराउँछ । अर्थात् छोटो लिंग हुने पुरुषबाट चरम आनन्द पाउन महिलालाई कठीन हुन्छ ।
सेक्सुअल मेडिसिन जर्नलमा छापिएको समाचारमा शोधकर्ता ब्रोडीले भनेका छन् लामो लिंगका कारण सेक्सका बेला महिलाहरुको योनीको सबैजसो भित्री भागमा घर्षण हुन पाउँछ जसका कारण यौन आनन्दमा वृद्धि हुन जान्छ । source taja-khabar.
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

8:09:00 AM ,
पूर्वी नेपालको केन्द्रका रुपमा विकसित भैरहेको सानो शहर इटहरीमा अनेक सुविधाको विस्तारसंगै अवैध यौन धन्दा पनि मौलाउँदै गएको छ । पूर्वाञ्चलमै सबैभन्दा बढी होटल लज तथा रेस्टुरेन्ट सञ्चालन भइरहेको इटहरीमा पछिल्लो समयमा घरघरमा नै कोठी समेत सञ्चालन हुन थालेको तथ्य फेला परेको छ ।


सुनसरीको इटहरी बसपार्क आसपासका क्षेत्रमा रहेका होटलहरुमा यौन व्यवसाय हुने गरेको छ । क्याविन रेष्टुरेण्टमा काम गर्ने वेटरहरुलाइ सिपमुलक तामिल दिएर पुर्नस्थापना गर्दै आएको उप्का नेपाल होप परियोजनाका अनुसार क्याविन रेष्टुरेण्टमा कार्यरत अधिकांश महिला यौन व्यवसायमा संलग्न छन् । इटहरी बसपार्कमा मात्रै यस्ता होटेलको सङ्ख्या दर्जन भन्दा बढि छ ।source:online khabar

5:57:00 AM ,
म ३३ वर्षको भएँ। मेरा श्रीमान् ३५ वर्षको हुनुहुन्छ। हाम्रो विवाह भएको ९ वर्ष भैसकेको छ। सुरु-सुरुमा मलाई यौनको विषय नै वाहियात लाग्थ्यो। अधिकांश यौनसम्पर्कमा झगडा हुन्थ्यो, तर हिजोआज मेरो श्रीमान्मा यौनइच्छा हुँदैन भने ममा बढी यौन इच्छा छ। जब म इच्छा राख्छु, उहाँले मुड छैन भनेर टार्नुहुन्छ। यही कारणले म निराश छु। यसको केही समाधान छ कि ?

        यौन चाहना एउटा प्राकृतिक विषय हो। यसलाई सिकाइरहनु पर्दैन। तै पनि निकै कमले यौनको चरम आनन्द प्राप्त गर्छन्। यौनसन्तुष्टि प्राप्त गर्न केही सीप सिक्नु आवश्यक छ।
यौनसम्पर्क हुने जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाहीँ यौनका बारेमा वा भनौं दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या हुने धेरै उदाहरण छन्। यौन चाहना प्राकृतिक कुरा मात्र नभै मनोवैज्ञानिक विषय पनि हो।

प्रश्न हेर्दा लाग्छ, तपाईं अहिले दुविधामा हुनुहुन्छ। यौनचाहनामा भिन्नताकै कारण तपाईंहरूबीचको यौन सम्बन्ध निराश भएको हो कि भन्ने बुझिन्छ। धेरैजसो व्यक्तिले महिलामा भन्दा पुरुषमा यौन इच्छा बढी हुन्छ भन्ने धारणा राख्छन्। महिलाहरू यौन चाहना वा भनौं यौनको विषयमा खुलेर आफ्नो पार्टनरसँग कुरा गर्न सक्दैनन्। वास्तवमा महिलामा पनि यौन चाहना हुन्छ, यो स्वाभाविक पनि हो।

प्रश्न पढ्दा तपाईंको श्रीमान्को यौन चाहना समयअनुसार कम हुँदै गएको हो कि भन्ने बुझिन्छ। सबैभन्दा पहिले यसको कारण पत्ता लगाउनु आवश्यक हुन्छ। किनभने यो समस्याको स्रोत अनेक हुन सक्छ। तपाईंको श्रीमान् अहिले चिन्तामा हुनुहुन्छ कि भन्ने बुझिन्छ। दोस्रो, तपाईं र तपाइर्ंको श्रीमान् बीच अन्य कुनै कुरामा मतभेद वा झगडा छ भन्ने बुझिन्छ। एकअर्काप्रति सम्मान गर्ने बानी र स्वाभावमा पनि समस्या थपिन थालेको हुनुपर्छ। एकअर्काप्रतिको आकर्षणमा समस्या पर्न थालेको हुनुपर्छ। यसको कारण परस्त्रीगमन पनि हुनसक्छ वा भनौं मानसिक तनावका धेरै स्रोत हुन सक्छन्। तिनीहरूलाई पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतर्फ जोड दिनुपर्ने हुन्छ। हाम्रो समाजमा धेरै मानिस विभिन्न बाध्यता आशा, प्रभाव, भ्रमपूर्ण प्रेम, खानदान कथित सामाजिक प्रतिष्ठा आदिलाई ध्यान दिन्छन् र तत्काल विवाह गरिहाल्छन्। एकअर्कालाई राम्रोसँग बुझ्ने प्रयास नगरी गरिएका यस्ता कतिपय विवाह पछिसम्म पनि पारिवारिक असन्तुष्टि र कलहको स्रोत बन्न सक्छन्। तपाईंको समस्याको वास्तविकतामा पुग्नुअघि यस्ता धेरै विषय केलाउनुपर्ने हुन्छ।



तपाईको श्रीमानमा यौन निष्त्रिmयता सम्बन्धी कुनै समस्या हुनसक्छ। यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ। यदि तपाईंको यौन चाहना सधै बढी छ भने त्यो अस्वाभाविकचाहिँ होइन। खासमा यौन क्रियाकलाप कति पटक भयो भन्नुभन्दा कति गुणस्तरीय भयो भन्ने कुरा महत्वपूर्ण हो।

जहाँसम्म यौन चाहना घटीबेसीको प्रश्न छ, हरेक व्यक्तिको यौन इच्छा फरक-फरक हुन्छ भन्ने कुरा बुझ्नु आवश्यक छ। कोही दैनिक यौन इच्छा राख्छन् भने कोही महिनामा एक दुई पटक। तपाईंहरू दुवैले कहिलेकाही हुने र सधंै हुनेलाई ठूलो समस्या वा स्वस्थ नभएको भनेर बुझ्नु उचित हुँदैन।

तपाईंको श्रीमान्मा कुनै खराबी छ भनेर सोच्नुभन्दा  तपाईंहरू दुबैको यौन इच्छा फरक छ भनेर बुझ्नु र कसरी एकअर्काको यौन चाहनालाई सम्मान दिने भन्नेतर्फ लाग्नु उचित हुन्छ। एकअर्कालाई दोष लगाउँदा विभिन्न समस्या सिर्जना हुन सक्छ र सम्बन्ध अझ जटिल बन्दै जान्छ। आफ्नो पार्टनर जसको यौन इच्छा कम छ उसलाई दबाब दिनुभन्दा एकअर्काप्रतिको बुझाइलाई बढावा दिनु आवश्यक हुन्छ। त्यसका लागि दुई जनाबीचको यौन चाहनालाई लिएर कुराकानी गर्ने, भावना साटासाट गर्नुपर्ने हुन्छ। आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, ठट्टा गर्ने, यौनअंगहरूलाई उत्तेजित मुडमा सुम्सुम्याउने, एक अर्काको शरीर र भावनालाई बुझ्न प्रयास गर्ने कामहरू गर्नुहोस्। विगतमा आफ्नो यौनको ज्ञानमा कमी भएको कुरालाई स्वीकार गर्दै अहिले यस विषयमा खुलेर कुरा गर्नुहोस्। श्रीमान्लाई आफ्नो शरीर दिनमा एकपटक नजिकबाट नियाल्न लगाउनु र उहाँको शरीरलाई पनि नियाल्ने र प्रशंसा गर्ने काम गर्नुहोस्। कुराकानी सकारात्मक पाटोबाट गर्नु उचित हुन्छ। एकअर्काका राम्रा पक्षका बारेमा गरिने चर्चाले एकअर्काबीचको सम्मान वृद्धि हुन्छ र यौन सम्बन्धमा पनि सुधार आउँछ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget