Latest Post

5:51:00 AM ,
एजेन्सी । मानिसहरु विभिन्न स्टाइलमा सेक्स गर्न मन पराउँछन् । तर, एक अध्ययनअनुसार पुरुषमाथि महिला रहेर गरिने (वुमन अन टप) सेक्स सबैभन्दा खतरनाक सेक्स पोजिसन रहेको पाइएको छ ।

क्यानडाका अनुसन्धानकर्ताहरुले आधाभन्दा बढी लिंगको फ्र्याक्चर यस्तो सेक्स पोजिसनका कारण भएको पत्ता लगाएका थिए । यस्तै, अर्को पोजिसन ‘डग्गी स्टाइल’ का कारण २९ प्रतिशतमा लिंगको फ्र्याक्चर हुने समस्या देखिएको छ । अधिकांश पुरुषले प्रयोग गर्ने मिसनरी पोजिसन अर्थात् पुरुष माथि रहेर गरिने सेक्ससमेत सुरक्षित नरहेको अनुसन्धानबाट पत्ता लागेको छ । २१ प्रतिशत लिंग फ्र्याक्चर यस्तो स्टाइलका कारण हुने गर्छ । पुरुषलाई पीडा सुरु हुनेबित्तिकै सेक्स नरोकिने भएकाले पनि ‘वुमन अन टप’ पोजिसन बढी खतरनाक मानिन्छ । सेक्सका दौरान महिलाको तौलले पुरुष लिंगमा भार पार्ने भएकाले पनि समस्या सुरु हुनेबित्तिकै रोकिने सम्भावना कम हुन्छ । यसको बदलामा पुरुष माथि रहने पोजिसनमा भने पुरुष तत्कालै अलग हुन सक्छ । यो अध्ययन निरन्तर १३ वर्षसम्म गरिएको थियो । यसक्रममा डाक्टरहरुले ब्राजिलका तीन अस्पतालमा यौनांग फ्र्याक्चरको समस्या लिएर पुगो ४४ पुरुषको पोजिसनका बारेमा जानकारी लिएका थिए । यसमा २८ जनाले सेक्सका क्रममा लिंगमा समस्या आएको स्वीकार गरेका थिए । अचम्म त के थियो भने आधाभन्दा बढी मानिसले लिंग फ्र्याक्चर भएको आवाज पनि सुनेका थिए । यसपछि लिंग सुनिएको र पीडाको समस्या पनि सुनिएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

5:29:00 AM ,
-स्वास्थ्य खबरपत्रिका
कसरी आउँछ उत्तेजना ?

लिंगमा उत्तेजना विचार तथा स्पर्शबाट आउँछ । मानिसको दिमागमा एउटा सेक्स सेन्टर हुन्छ । जब यो केन्द्र उत्तेजित हुन्छ, त्यसले लिंगतर्फ सन्देश पु¥याउँछ । शरीरमा रगतको  प्रवाह तेज हुन्छ । पूरै शरीरमध्ये लिंगमा रक्तप्रवाह सबैभन्दा बढी तीब्र हुन्छ । यहीकारण लिंगमा उत्तेजना तथा महिलाको योनिमा तरल पदार्थ उत्पन्न हुन्छ । लिंग उत्तेजित हुन योग्य हर्मोन हुनु जरुरी हुन्छ । पुरुषमा ६० वर्षपछि र महिलामा ४५वर्षपछि हर्मोनको कमी हुन थाल्छ ।

के हो इरेक्टाइल डिस्फङसन  (उत्तेजित नहुने समस्या) ?

सेक्सका क्रममा या त्यसअघि नै उत्तेजना हराएर जान्छ भने  त्यसलाई इरेक्टाइल डिस्फङसन भनिन्छ । यो विभिन्न प्रकारको हुन्छ । कसैलाई उत्तेजना नै हुँदैंन भने कसैलाई सेक्सको सोच आउँदैमा उत्तेजना हुन्छ । तर, जब सेक्स गर्ने तयारी हुन्छ या सेक्स गर्न थाल्छ, त्यसपछि उत्तेजना बिस्तारै हराएर जान्छ । कसैमा भने लिंग योनिमा राख्नेबित्तिकै उत्तेजना समाप्त हुन्छ । सेक्सका क्रममा घर्षणका दौरान यदि उत्तेजना कम हुन्छ भने पनि त्यो इरेक्टाइल डिस्फङसन भनिन्छ । सेक्स पूरा भएपछि या स्खलन पछि मात्र उत्तेजना समाप्त हुनुपर्छ  । यो समस्याका कारण मानिसमा आत्मविश्वासको लेभल पनि कम हुँदैं गइरहेको हुन्छ ।

किन यस्तो हुन्छ  ?

इरेक्टाइल डिस्फङसनको मुख्य कारण शारीरिक पनि हुन सक्छ र मानसिक पनि हुन सक्छ । यदि कुनै खास समयमा उत्तेजना हुन्छ, तर, सेक्सका बेला उत्तेजना हुँदैंन भने, सम्झनुहोस्,  समस्या शारीरिक होइन, मानसिक स्तरमा छ । तर, खास समयमा अर्थात्, बिहान उठ्दा, पिसाब गर्दा, हस्तमैथुनका दौरान या सेक्सका बारेमा सोच्दा पनि लिंग उत्तेजित हुँदैन भने शारीरिक समस्या रहेछ भन्ने बुझनुपर्छ । यति मानसिक समस्या छ भने साइकोथेरापी या डाक्टरहरुले दिएको उपायबाट समाधान हुन सक्छ ।

शारीरिक कारण :

रक्सी, धूमपान, मधुमेह तथा तनावका कारण यस्तो हुन सक्छ ।
हार्मोनको गडबडीले पनि उत्तेजनामा समस्या आउन सक्छ ।
लिंग कडा हँुदा त्यसमा रक्तप्रवाह बढ्छ । जब लिंगमा रक्तप्रवाहमा कमी आउँछ भने कडा हुँदैंन र यस्ता समस्या निम्तन्छन् । कहिलेकाही सुरुमा लिंगमा पूरै रक्तप्रवाह हुन्छ । तर, योनिमा प्रवेश गर्नेबित्तिकै सबै रगत फर्कन थाल्छ  ।
स्नायुप्रणालीमा देखिएको समस्याका कारण पनि यो समस्या हुन्छ ।
दिमागमा भएको सेक्स केन्द्रमा आउने गडबडीले पनि यसमा कारक हुन सक्छ ।
डाक्टरहरुका अनुसार, यस्तोमा ८० प्रतिशत कारण शारीरिक हुन्छ भने बाँकी २० प्रतिशत मानसिक कारण जिम्मेवार हुन्छ ।

कसरी गर्न सकिन्छ यसको उपचार ?

सबैभन्दा पहिले यो समस्याको उपचार खानपान र जीवनशैलीबाट समाधान गर्ने कोशिस गरिन्छ । तर, जब यसबाट पनि समाधान हुँदैंन, त्यसपछि डाक्टरलाई देखाएर उपचार सुरु गर्न सकिन्छ ।
सामान्यतः उपचारको तरिका यस्तो छ :
हर्मोन थेरापी : यदि इरेक्टाइल डिस्फङसन हर्मोनका कारण भएको हो भने हर्मोन थेरापीको मद्दतले दुई देखि तीन महिनामा ठीक गर्न सकिन्छ । यो थेरापीको साइडइफेक्ट हुँदैंन ।
रक्तआपूर्ति :  जब लिंगको धमनीमा अवरोध आउछ भने औषधिको मार्फत् अवरोध हटाउन सकिन्छ । रक्तआपूर्ति सुचारु भयो भने लिंगमा उत्तेजना आउन थाल्छ ।
सेक्स थेरापी :  यो समस्या कतिपय अवस्थामा मानसिक पनि हुन्छ । यस्तो मामलामा सेक्स थेरापीको पनि मद्दत लिन सकिन्छ ।
भ्याकुम पम्प, इन्जेक्सन : भ्याकुम पम्प, इन्जेक्सन थेरापी तथा भियग्राजस्ता औषधिको मद्दतले यो समस्या समाधान गर्न सकिन्छ ।
यदि उच्च रक्तचाप या न्युन रक्तचाप, मुटु रोग, कलेजोसम्बन्धी रोग, ल्युकेमिया या एलर्जी छ भने भियग्रा लिनुअघि विशेष सावधानी अपनाउनुपर्छ ।
सर्जरी :  सबै उपायले काम गरेन भने अन्तिम उपाय भनेको सर्जरी हो ।
जरुरी :  आफ्नो समस्या समाधानका लागि विज्ञको सल्लाह लिनुहोला । यो अनुदित सामग्री हो ।
swasthyakhabar
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

5:23:00 AM ,
वीर्य खेर फाल्नु हुँदैन भन्ने पूर्वीय समाजको मान्यता भएकाले धेरै शक्ति खेर जान्छ भन्ने सोच छ, तर त्यसमा सत्यता छैन।


वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकाले नै यसले बढी नै महत्त्व पाएको छ। सांकेतिक रूपमा हेर्दा जन्मको सुरुवात हुने बीजका रूपमा कार्य गर्ने भएकाले यसले पाएको महत्त्व जायज नै लाग्छ। यो शक्ति आफैंमा ठूलो तथा महत्त्वपूर्ण छ।

पोषणका दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एक सामान्य व्यक्तिलाई १ हजार ८ सयदेखि २ हजार २ सय क्यालोरी शक्ति चाहिन्छ र एकपल्टको वीर्य स्खलनमा यस्तै १५ क्यालोरीजति हुन्छ।

 यौनसम्पर्क गर्दा वा त्यस अघिपछिका शारीरिक क्रियाकलापदेखि लिङ्ग उत्तेजना, रस निस्कने, वीर्य स्खलनजस्ता कतिपय क्रिया-प्रक्रियामा पनि शक्ति (क्यालोरी) खर्च हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन, तर यौनसम्पर्कभन्दा हस्तमैथुनमा कम ऊर्जा खर्च हुन्छ।

 त्यसैले हस्तमैथुनलाई दुब्लोपनको दोष दिनु जायज छैन। बरु तपाईंले पोषण र व्यायाममा ध्यान दिनुहोला।

   

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

4:47:00 AM ,
हालै गरिएको एक अध्यनले महिलाको प्रजनन क्षमता सम्बन्धी अनौठो तथ्य सार्वजनिक गरेको छ । डेली मेलको अनलाइन संस्करणमा प्रकाशित एक रिपोर्टका अनुसार बढी मेकअप गर्ने महिलालाई सन्तान उत्पादनमा समस्या हुने देखाएको छ ।

मेकअपका प्रसाधनमा हुने रसायनका कारण महिलालाई प्रजननमा समस्या हुने शोधको दावी छ ।


कस्मेटिक मात्र नभएर शौचालयमा प्रयोग हुने रसायन र अन्य प्याकेजका खानेकुराले समेत प्रजनन् क्षमतामा प्रतिकुल असर पार्ने शोधकर्ताहरुले बताएका छन् ।

शोधकर्ताहरुले ३१ हजार ५ सय ७५ महिलामाथि यो अध्यन गरेका थिए । जसमा १ सय ११ प्रकारका रसायनले गर्ने असरबारे अध्यन गरिएको थियो ।



अध्यनका क्रममा लिपिष्टिक, नङ लगाउने पालिस हटाउने रसायन, बडी वास, हेयर केयर प्रसाधन लगायतका रसायनले प्रजननमा असर पार्ने पाइएको रिपोर्टमा उल्लेख छ ।

यो शोध पीएलओएस वन जर्नलमा प्रकाशित छ ।

3:50:00 AM ,
जसरी जसरी समय वितिरहेको छ मानिसको जिवनमा पनि आधुनिकिकरण संगै व्यस्तता र तनाव पनि वढिरहेको छ । यस्तो व्यस्तता र तनावको जीवनशैलीले यौन इच्छामा पनि असर पारेको छ । विभिन्न व्यक्तिहरुले यस समस्याको समाधान लिन डाक्टरहरुको सल्लाह सुझाब र दबाई पनि लिने गर्दछन् । यस्तै आयुर्बेदमा पनि यस समस्याको उपचार रहेको छ ।
मसला

आयुर्बेदमा मात्र होईन रोमन सभ्यतामा पनि यौन ईच्छा बढाउन मसलाहरुले सहयोग पग्ने बताईएको छ । ठुलो एलाईची , एलाईची ल्वाङ्ग , दालचिनी र मरिच जस्तो मसलाको सेवन गर्दा यौन ईच्छा बढ्ने आयुर्बेद चिकीत्सक हरु बताउछन् । यस मसलाको सुगन्ध को उपभोग एरोटीक परर्फम्यु बनाउन पनि प्रयोग गरिन्छ ।
अजवाईन
अजवाईनको दानाको नियमीत सेवनले यौन ईच्छा बढाउन निकै लाभदायक छ ।
दुध बदाम
एक गिलास दुधमा मरिच को पाउडर र बदाम मिसाएर सुत्नु अगाडी यस्को सेवनले यौन ईच्छा बढाउन सहयोग गर्दछ ।
मह र मरिच
मह र मरिच मिसायर खाएमा यौन ईच्छा बढाउन निकै लाभदायक हुन्छ ।
अश्वगन्धा
अश्वगन्धा , ल्वाङ्ग , सीरेनुन को बराबर मात्रा मिलाएर सेवन गर्दा शरीर उत्तेजक हुने र लामो समय सम्म पुरुषर्थि कायम रहन आउने आयुर्बेद चिकीत्सक हरु बताउछन ।
अर्जुन रुखको बोक्रा

अर्जुन रुखको बोक्राको पाउडर लाई दुधमा मिसायर राती सेवन गर्दा कामेच्छा बढी उपयोगी हुन्छ । यो पाउडर कुनै पनि आयुर्बेदीक पसलमा पाईन्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

2:34:00 AM ,
राम्री सुन्दर महिलाको सामु पर्ने बित्तिकै पुरुषहरु नर्भस अनुभव गर्न थाल्ने तथ्य हालै गरीएको अनुशन्धानमा खुलेको छ। अनुशन्धान बाट निस्केको यो तथ्य अनुसार अधिकांश पुरुषहरु सुन्दर महिला सामु जाने बित्तिकै आफुलाई अप्ठ्यारो महसुस गर्ने गर्दछन। नेडरल्याण्डका एक अनुशन्धानकर्ताका अनुसार धेरै जसो पुरुषहरु सुन्दर महिलाहरुको सामु गए पछी सुन्दरता सामु आफु लाई अप्ठ्यारो महसुस गर्ने गर्दछन।

यो कुरा पुरुषहरुको प्रोफेसनल जिवनमा पनी देखा पर्ने गरेको तथ्य अनुशन्धान बाट पत्ता लागेको छ। यदी अफिसमा कुनै सुन्दर महिला भए आफ्नो काममा भन्दा बढी ति महिला सँग जिस्कनमा समय दिने गर्दछन र त्यो बेला कुनै जरुरी काम छ भन्ने समेत हेक्का राख्दैनन। तर यो कुराले महिलाहरुमा भने त्यती फरक पार्दैन। उनीहरु आकर्षक पुरुष सँग पनी त्यतिकै सहजता पूर्वक आफुलाई उपस्थित गराउन सक्दछन। अनुशन्धकर्ताका अनुसार पुरुषहरु सुन्दर महिला तर्फ छिटै आकर्षित हुने गरेकाले यसो भएको हुन सक्छ। साभार : राष्ट्रिय खबर

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

2:27:00 AM ,
February 02, 2015
वासिङ्टन– अमेरिकी शोधकर्ताहरुले मानिसहरुको मेरुदण्डको हड्डीमा एउटा सानो मस्तिष्क भएको पत्ता लगाएका छन् जसले हामीलाई सन्तुलित बनाउन मद्दत गर्ने बताइएको छ । हाम्रो मेरुदण्डको हड्डीमा भएको स्नायु कोशिकाहरुको समूहले संवेदनशील सूचनाहरुलाई एकत्रित गरेर मासंपेशिहरुलाई आवश्यक समायोजनमा मद्दत गर्दछ ।


क्यालिफोर्नियास्थित एक स्वतन्त्र वैज्ञानिक अनुसन्धान संस्थान ‘साल्क’ का जीववैज्ञानिक मार्टिन गोल्डिङका अनुसार हामीले उभिने वा हिँड्ने बेला पैतालाको संवेदनशील भागहरुले वातावरणको बारेमा मेरुदण्डमा रहेको सानो दिमागलाई दबाब र गतिसँग जोडिएको सूचनालाई पठाउने गर्दछ । ’
उनका अनुसार ‘यो अध्ययन मार्फत हामी हाम्रो शरिरमा विद्यमान ‘ब्ल्याक बक्स’ को बारेमा पत्ता लाग्यो । कुनै पनि कुराको प्रतिक्रिया मेरुदण्डको दिमागले कसरी इनकोड गर्छ भन्ने विषयमा हामी अहिलेसम्म अनभिज्ञ थियौँ । ’

खुट्टाबाट पुग्छ संकेत
प्रत्येक मिलिसेकेन्डमा सूचनाहरुको विभिन्न धारणाहरु मस्तिष्कमा प्रवाहित हुने गर्दछ । यसमा शोधकर्ताहरुद्वारा खोजिएको संकेतक पनि समावेश गरिएको छ । आफ्नो अध्ययनमा साल्क वैज्ञानिकहरुले यो सेन्सोरी मोटर नियन्त्रण प्रणालीको विवरणको बारेमा पत्ता लगाएका हुन् ।
अत्याधुनिक छवि प्रौद्योगिककको प्रयोगबाट अनुसन्धानकर्ताहरुले स्नायु फाइबरको पत्ता लगाएका हुन् जसले खुट्टामा भएको सेन्सरहरुको मद्दतले मेरुदण्डको हड्डीसम्म संकेतहरुको प्रवाह गर्ने गर्दछ । उनीहरुले सेन्सर फाइबर आरओआरआई न्यूरन्स नामको स्नायुहरुलाई अन्य समूहहरुसँगै मेरुदण्डको हड्डीमा पाएका हुन् ।

गोल्डिङको समूहले जब साल्कमा आनुवांशिक रुपबाट परिष्कृत गरिएको मुसाको मेरुदण्डको हड्डीमा आरओआरआई न्यूरनलाई निष्क्रिय गरे तब मुसाले आफ्नो गतिको बारेमा कम संवेदशनशील भएको उनीहरुले पाए । गोल्डिङको प्रयोगशालाका लागि अनुसन्धान गर्ने अनुसन्धानकर्ता स्टिभ बरेनले भने, ‘हामीलाई लाग्छ कि यो न्यूरनले सबै सूचनाहरुलाई एकत्रित गरेर खुट्टालाई हिँड्नको लागि निर्देशन दिने गर्दछ ।’

यो शोध न्यूरोलोजिकल र गतिलाई नियन्त्रणको जन्मजात प्रक्रियाहरु र आसपासको परिभेषलाई पत्ता लगाउनका लागि शरिरको सेन्सरहरुमाथि विस्तृत विचारमाथि प्रकाश पार्दछ । यो शोध ‘सेल’ पत्रिकामा प्रकाशित गरेको छ ।

स्रोतः इन्डो एसियन न्यूज सर्भिस

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

1:23:00 AM ,
सामान्यतः पावरवाला चश्माको विकल्पको रुपमा कन्ट्याक्ट लेन्सको प्रयोग गर्ने गरिन्छ । आँखाको सुन्दरता बढाउन पनि यसको प्रयोग गर्ने गरिन्छ । कन्ट्याक्ट लेन्सले चश्मा लगाउनुपर्ने झन्झट त हटाउँछ नै साथसाथै यसले लगाउनेको आँखाको सौन्दर्य अभिबृद्धि गराउने काम पनि गराउँदछ । कतिपयलाई त कन्ट्याक्ट लेन्स भन्ने बित्तिकै फिल्महरुमा हिरो हिरोइनको प्राकृतिक रंगभन्दा नितान्त फरक देखिने रंगीचंगी आँखाको पनि झझल्को आइहाल्छ ।

त्यसैले दिनमा हैन, सुत्दा लगाउने कन्ट्याक्ट लेन्स भनेर शीर्षक देख्दा नै तपाईंलाई हाँसो उठ्न पनि सक्छ । अझ कतिपयको मनमा त के सपना राम्रो देख्नको लागि लगाउने हो त सुत्दा पनि कन्ट्याक्ट लेन्स भनेर हाँसो पनि उठ्न सक्छ । कतिलाई शीर्षक जोक्स जस्तो पनि लाग्न सक्छ । तर कुरा सत्य हो । दिनमा मात्र हैन, रातमा लगाउने कन्ट्याक्ट लेन्स पनि हुने गर्छ ।
यो विशेष किसिमको कन्ट्याक्ट लेन्स सुत्ने बेलामा मात्र लगाउने गरिन्छ । यो लगाएर सुतेपछि यसले हाम्रो आँखाको कोर्नियाको बाहिरी पत्र एपिथेलियमलाई फैलाइ दिन्छ । फलतः त्यस कन्ट्याक्ट लेन्सलाई बिहान झिकिदिएपछि हाम्रो आँखाको दृष्टि कन्ट्याक्ट लेन्स वा पावरवाला चश्मा लगाएजत्तिकै सफा र राम्रो हुन्छ ।
त्यसो त यो लेन्स लगाउने थाल्नेबित्तिकै काम गरिहाल्छ भन्ने चाहिँ हैन । सामान्यतः यो लेन्स लगाउन थालेको ७ देखि १० दिनमा चाहिँ त्यसले काम गर्न थाल्छ । यो कुरा पनि लगाउनेको आँखाको पावर अनुसार फरक फरक हुने गर्छ ।
तर त्यसले दिनभरि मात्रै काम गर्छ । फेरि अर्को रात त्यही प्रक्रिया दोहोर्याउनुपर्ने हुन्छ अर्थात् फेरि सुत्दा त्यो लेन्स प्रयोग गर्नुपर्ने हुन्छ । कदाचित लेन्सको प्रयोग गर्न छाडियो भने फेरि ३ देखि ५ दिनमा प्रयोगकर्ताको दृष्टि पहिलेकै अवस्थामा फर्कन्छ ।
त्यसैले यो लेन्सको प्रयोग चश्मा वा दिनको कन्ट्याक्ट लेन्सबाट पूर्णतः छुटकारा पाउने विधि नभएर झन्झटबाट बचाउने एउटा उपाय मात्रै हो । विशेष गरेर बच्चा एवं किशोरहरुका लागि यो एउटा राम्रो विकल्प हुन सक्छ । किनभने दृष्टि कमजोर भएका बच्चा एवं किशोरहरु चञ्चल हुने गर्छन् र उनीहरुका लागि दिनमा चश्मा वा कन्ट्याक्ट लेन्स लगाउनु बोझिलो र झन्झटिलो हुने गर्छ ।
त्यसो त यो लेन्स जो पायो त्यहीले लगाइहाल्न मिल्छ भन्ने चाहिँ होइन । यो लगाउनुपूर्व आँखाको स्वास्थ्य र कोर्निया रिसेप गर्ने लेन्सले पार्न सक्ने असरका बारे विशेषज्ञले राम्ररी जाँच्नु पर्ने हुन्छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

1:19:00 AM ,
आकर्षक शरीरका आ-आफ्नै आधार होलान्। यहाँ यौन आकर्षणको सन्दर्भमा कस्तो शरीरलाई विशेष यौन आकर्षक मानिन्छ केही चर्चा गरौं। पुष्ट अधर, कोमल छाला, स्वस्थ आँखा, चमक भएको केश अनि कसिलो मांसपेसी भएकी महिलालाई आकर्षक मानिन्छ। त्यस्तै विकसित स्तन पनि महिलाको शारीरिक आकर्षणको मापदण्डमा पर्छ। विकसित स्तनले भावी सन्तानको पोषणको सुनिश्चिततालाई संकेत गर्छ। त्यसैले जैविक रूपमा पुरुषहरू थाहा पाएर वा नपाई विकसित अर्थात् ठूला स्तनप्रति र त्यस्तो स्तन भएकी महिलाप्रति आकषिर्त हुन्छन्  जसले गर्दा उक्त महिलाबाट जन्मने आफ्ना सन्तान बाँच्ने सम्भावना बढी होस्।
स्तनपान गराउँदैमा यौन आकर्षण घट्छ ?

कुनै पनि महिलाको एउटा महत्त्वपूर्ण पक्ष मातृत्व हो। यो नभै पूर्ण नारीत्वको कल्पना गर्न सकिँदैन। विकसित स्तनको स्वाभाविक लक्ष्य पनि भावी सन्तानको स्तनपान हो, जुन उसको स्वस्थ विकासका लागि अपरिहार्य हुन्छ। यस्तो पवित्र कार्य गर्दा कसरी यौन आकर्षण कम हुन्छ सोच्न नसकिने कुरा हो।
अब अर्को पक्ष अर्थात् शारीरिक पक्षको विवेचना पनि गरौं। तपाईंलाई थाहै होला, भू्रण अवस्थाको ६ सातामा यसको विकास सुरु हुने भए पनि किशोरावस्थामा नपुगेसम्म केटीहरूमा स्तनको स्पष्ट विकास भएको देखिँदैन। इस्ट्रोजन र प्रोजेस्टेरोनजस्ता रागरसको प्रभावका कारण  १०-११ वर्षको उमेरमा स्तनको वृद्धि प्रारम्भ हुन्छ। स्तनको स्वरूप एवं आकारमा पर्याप्त विविधता पाइन्छ। यसमा भएको तन्तुका आधारमा कुनै ठूलो वा सानो हुन्छ। त्यसका साथै पारिवारिक इतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाइ वा तन्किन सक्ने गुण अनि रागरसको प्रभावजस्ता थुप्रै कुराले स्तनको आकार वा स्वरूपलाई प्रभाव पार्छ।
स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ।  किशोरावस्थामा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र यसका तन्तुहरू पनि निकै खाँदिएका हुने भएकाले वयस्क उमेरका महिलाको भन्दा कडा हुन्छ। उमेर बढ्दै गएपछि स्तनको खँदिलोपन पनि घट्दै जानेे हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ। यहाँ कडापनको कुरा गर्दा विवाहित वा अविवाहित हुनुभन्दा पनि उमेर र स्तन विकास कुन चरणमा छ भन्ने कुरा महत्वपूर्ण हुन्छ।
गर्भावस्थामा विशेष गरेर रागरस अर्थात् हार्मोनको प्रभावमा दूध बनाउने ग्रन्थिको विकास हुन्छ र स्तन पहिलेको भन्दा ठूलो हुन्छ। स्तनपानको कार्य सकिए पछि पुनः पुरानै अवस्थामा आउँछ। त्यस्तो स्थितिमा कतिपयलाई स्तन सानो भए जस्तो लाग्न सक्छ।
किन आकर्षक नलागेको ?
तपाईंले त पक्कै बुझ्नुभएको होला, स्तनपान नगराएकै कारण कुनै महिला आकर्षक हुने होइनन्। संसारमा स्तनपान गराएर पनि आकर्षक देखिएका महिला प्रसस्तै छन्। स्तनमा देखिएका स्वाभाविक परिवर्तनलाई लिएर अनावश्यक रूपमा गुनासो गर्नु बुद्धिमानी होईन। यही सन्दर्भमा के सोध्न मन लागेको छ भने तपाईको स्तनको स्वरूपलाई लिएर तपाईंको श्रीमान्ले गुनासो गर्नुको कतै अर्को कारण त छैन ? तपाईंले विशेष गरेर त्यसको यसो खोजी गर्नु हुन अनुरोध गर्छु। एउटा कुरा के भन्न चाहन्छु भने उहाँले तपाईंलाई साँच्चिकै माया गर्नु हुन्छ भने यसरी अनावश्यक रूपमा गुनासो गर्नु हुने थिएन।
स्तन आकर्षक देखाउने उपाय
अचेल शरीरचाहिँ अति पातलो तर स्तनचाहिँ ठूलो हुनुपर्ने अपेक्षा गरिन्छ। छापा, चलचित्र वा टेलिभिजनमा देखिएका कतिपय कुराको सत्यता विचार नगरी त्यसकै पछाडि लाग्नु हुँदैन। भाग्यवश स्तन खुला राख्नु नपर्ने अङ्ग भएकाले यसको उभारलाई शल्यक्रिया नै नगरी बढी भएजस्तो देखाउन सकिन्छ। आफ्नो थुनचोली (ब्रा) भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नु नै सबैभन्दा सजिलो तथा सस्तो उपाय हो। त्यसबाहेक अलिक बढी खर्च गरेर यस्तै वस्तुहरू प्रयोग गर्न सकिन्छ।  स्तनलाई माथितिर उचाल्न प्रयोग गरिने साधनले स्तनको वास्तविक साइजमा परिवर्तन नगरे पनि देख्दा स्तन ठूलो भएको भान पर्छ र सुन्दरतामा वृद्धि हुन्छ।
स्तनमा लगाउने क्रिम अनि पम्पले स्तनको आकार बढाउने दाबी गरिएको छ, तर यसले स्तनको आकार तथा नापमा पार्ने स्थायी प्रभावका सम्बन्धमा अझै केही विवाद छ। शल्यक्रिया गरेर स्तनको आकार बढाउनु एउटा अर्को उपाय हो, तर शल्यक्रिया गर्नुभन्दा पहिले धेरै कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ, किनभने यो विधि खर्चिलो मात्र होइन, यसका नकारात्मक प्रभाव पनि हुन सक्छ।
अन्त्यमा के भनौं भने धेरैजसो परिस्थितिमा आफ्नो जीवनसाथीको शारीरिक स्वरूपलाई अनावश्यक रूपमा गुनासो गरेर त्यसलाई परिवर्तन गर्न खोज्नुभन्दा यथार्थतालाई स्वीकार गर्नु श्रेयस्कर हुन्छ। दैनिक नेपालबाट साभार
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget