Latest Post

एजेन्सी ।

के तपाइँलाई यस्तो अवस्था आइलागेको छ जहाँ तपाइँको मैत्रीपूर्ण ब्यवहारलाई सेक्सको चाहाना ब्यक्त गरेकोरुपमा बुझिएको होस् ? अधिकाँश मानिस यस्तो समस्याबाट गुज्रिएका हुन्छन् ।



हालै गरिएको एक अध्यनले यस्तो मानसिकताका विषयमा अनौठो तथ्य बाहिर ल्याएको छ । अध्यनका क्रममा अधिकाँश महिलाहरुले आफूले देखाएको मिजासलाई पुरुष साथीहरुले सेक्सका लागि गरेको ब्यवहार जस्तो ठानेको बुझ्छन् भने पुरुषलाई लाग्छ कि उनीहरुको सेक्सको इच्छालाई महिलाहरुले मित्रता बुझ्छन् ।

नर्वे विज्ञान एवं प्रौद्योगिक विश्वविद्यालय (एनटीएनयू)का शोधकर्ता मोन्स बेन्डिक्जेनले आफूहरुले गरेको अध्यनको निष्कर्ष अनौठो भएको बताए ।

शोधकर्ताहरुले १८ वर्ष देखि ३० वर्षबीचका ३०८ जना सहभागीबीच गरेको अध्यनमा विपरित लिङ्गीहरुको भावको सँधै गलत अर्थ लाग्ने गरेको तथ्य फेला पारेका हुन् ।

करिव ६० प्रतिशत महिला सहभागी उक्त शोधका क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।

शोध पत्रिका 'इभोल्यूशनरी साइकोलजी' मा प्रकाशित शोधका अनुसार सहभागी महिलाहरुले आफूले राम्रो ब्यवहार गर्ने वित्तिकै पुरुषहरुले सेक्सका लागि नजिकिएको बुझ्ने गरेको गुनासो गरे ।

पुरुषहरुले महिला साथि राम्रोसँग हाँस्दा वा बोल्दा समेत सेक्सका लागि अपिल गरेको बुझ्ने गरेको समेत महिलाहरुले बताए । छोटो अवधिमा कुनै महिला विभिन्न पुरुष साथीसँग यौन सम्पर्क राख्न सक्ने तर पुरुषका लागि त्यसो गर्दा गर्नु एक अवसर मात्र हुने भएका कारण पनि पुरुषमा यस्तो चरित्र देखिएको शोधकर्ताहरुको भनाइ छ ।



महिलाहरुलाई गर्भवती हुने डर मनमा रहिरहने तर पुरुषहरु भने रमाइलोकोरुपमा सेक्सलाई लिनेकारणले महिलाहरुको हरेक ब्यवहारलाई उनीहरुले सेक्स अपिलकोरुपमा बुझ्ने अध्यनको निष्कर्ष छ ।

12:28:00 AM ,
काठमाण्डौ । अफ्नो श्रीमतिको यौन इच्छा पुरा गर्न नसकेर हैरान भएका एक व्यक्तिले सम्बन्ध बिछेद गरेको घटना हाम्रो अनलाइनमा “श्रीमतिको यौन तृष्णा पुरा गर्न नसक्ने श्रीमानले मागे डिभोर्स “ पढ्नु भएकै होला । नआतिनुस, हामि यस घटना सुनाएर तपाईको यौन शक्तिको बिषयमा प्रश्न गर्न चाहेका होइनौ ।
हाम्रो उद्देश्य भनेको ति मानिसहरुलाई सहयोग गर्नुहो जो आफ्नो पार्टनरलाई पुर्ण रुपले सन्तुष्ट गर्न नसकेर निरास भएका छन् । यँहा हामि यौन शक्तिलाई कम गर्ने कारकहरु र त्यसलाई हटाउनको लागि खान-पिनका केहि यस्ता चिजहरुको बारेमा कुरा गर्न गइरहेका छौ जसको कारण यौन शक्ति बढाउन सकिन्छ ।
पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने केहि कारक:
जाँड रक्सी र सुर्तिजन्य बस्तुको प्रभाव: जाँड रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ र यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।
डिप्रेशन: धेरै तनाबले हार्मोनमा परिवर्तन ल्याउछ । यौन शाक्ति कम गर्ने कारण मध्ये एक यो हो ।
बिरामि: डायबीटीज र हाई ब्लड प्रेशरले पनि यौन शक्ति कम गर्दछ ।
खान-पानका केहि टिप्स जसलाई खानाले यौन कमी हटाउन सकिन्छ :
सेतो मुसली : यूनानी चिकित्साका अनुसार सेतो मुसलीको प्रयोगले यौन शक्ति बढाउन धेरै फाइदाजनक हुन्छ ।
अदुवा : यौन शक्त बढाउनेमा यसको भूमिका पनि अत्यन्त महत्वपुर्ण हुन्छ । त्यसैले यसलाई खान-पिनमा अवश्य प्रयोग गर्नुहोस ।


खजूर : बादम, पिस्ता र खजूर दैनिक खानाले तपाईले अवश्य फरक महशुश गर्नुहुनेछ ।
लसुन : काचो लसुनको २-३ पोटि दैनिक खानाले तपाईको यौन प्रभाव बढाउनेछ।
ताजा फल : यौन शक्ति कमी भएर पीडित मानिसहरुले ताजा फलहरुलाई आफ्नो नियमित खुराकमा अवश्य सामेल गर्नु पर्नेछ । एजेन्सीको सहयोगमा
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

12:11:00 AM ,
मेलवर्न (एजेन्सी)– अष्ट्रेलियाकी एक ३६ वर्षीया महिलाले अहिलेसम्म दश हजार मानिसहरुसँग सम्भोग गरेको दाबी गरेकी छिन् ।
डेली मेलको खबर अनुसार अष्ट्रेलियाकी देहव्यापारी ग्वेनेथ मोन्टेनेग्रोले अहिलेसम्म १०,०९१ पुरुषहरुसँग सेक्स गरिसकेकी छिन् । यद्यपी ग्वेनेथले अहिले यो काम छोडिसकेकी छिन् तर उनले जे गरिन् त्यो सायदै कसैले गर्नसक्ला ।
देहव्यापारीको पहिचानले काम गर्ने ग्वेनेथ १६ वर्षको हुँदा एक सामूहिक बलात्कारको शिकारी बन्न पुगेकी थिइन् । त्यसपछि उनी डान्सर बनिन् । उनी २१ वर्षको उमेरमा वेश्यावृत्तिको दलदलमा फसेकी थिइन् । उनी एक घण्टाको तीन हजारदेखि सात हजारसम्म ग्राहकहरुबाट लिने गर्दथिन् । उनी यो कामको दौरान लागुपदार्थ र रक्सीको लत बेस्सरी फसेकी थिइन् ।
ग्नेवेथले यी सबै कुराहरु एउटा किताबमार्फत सार्वजनिक गरेकी छिन् । एक क्रिश्चियन परिवारमा जन्मेकी ग्वेनेथ नाइट क्लबमा डान्सर थिइन् । उक्त किताबमा उनको पहिलो सेक्सको बारेमा पनि जानकारी दिइएको छ । किताबमा लेखिएको छ, ‘ मैले पहिलो पटक सेक्स गर्नुभन्दा पहिले निकै धेरै रक्सी पिएको थिएँ । मलाई पहिलो रातको ६० हजार डलर दिइएको थियो ।’
वेश्यावृत्तिलाई कानुनी मान्यता दिइएको देशमा ग्वेनेथ काम गर्न चाहन्थिन् । यो काम गर्दा उनले आफ्नो असली नाम कसैलाई पनि दिइनन् । उनले विश्वका चर्चित नेता, वकिल, कलाकार, संगीतकारहरुसँग रात बिताएको बताएकी छिन् । यो काम गर्दा उनलाई निकै महँगा कार र लुगाहरु उपहारस्वरुप दिइएको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

12:03:00 AM ,
धादिङे प्रेमबहादुर नेगीको रामकहानी
२०७१ माघ १९
कृष्णमुरारी भण्डारी
मैले पढेर केही पनि जानेको छैन, सबै ‘परेर’ मात्र जानेको हुँ ।
पढ्न त ‘क-ख’ पनि जान्दिन । प्रेम भनेर सही गर्न चाहिँ सक्छु । यो पनि विद्यालय सञ्चालक समितिको अध्यक्ष भएपछि गर्नैपर्छ भनेर ।
नभई नहुने भएपछि कनीकुथी १५ दिन लगाएर सिकेको हुँ । बूढापाका भन्थे, ‘बूढो सुगालाई जति धान खुवाए पनि बोल्दैन ।’ हो रै’छ । त्यसैले पाल्न समाउनेहरू सुगा, मैनाका बचोरा नै खोज्दा रहेछन् । मलाई जुनसुकै काम दिनूस् फत्ते गर्छु तर लेखपढ गर्न सक्दै सक्दिँन ।

मेरो नाम ‘प्रेम’ भन्दा अगाडि कुन र पछाडि कुन अक्षर आउँछ, मलाई पत्तोसम्म छैन । पढेपछि के हुन्छ भन्ने चाहिँ मलाई राम्रोसँग थाहा छ । त्यसैले मेरा पाँचवटै छोराछोरीलाई क्याम्पस त पढाएँ-पढाएँ, यो भेगकै केटाकेटीलाई उच्चशिक्षा दिलाउन प्राथमिक विद्यालयलाई उच्च माविसम्म पुर्‍याएँ, सञ्चालक समिति अध्यक्ष भएर । मेरो जीवनको सफलता भनेकै यही हो ।
मैले पढ्न पाएको भए मेरा सन्तान अझ धेरै सक्षम र सभ्य हुन्थे होलान् । म त झन् के-के हुन्थेँ-हुन्थेँ । मलाई पढ्न नसकेकोमा कुनै दुःखमनाउ छैन । मेरो परिवारमा विद्या भित्रिएकोमा साह्रै सन्तोष छ ।
मेरा धेरै बालबच्चा भए पनि सबैले उच्चशिक्षा पाए । दुर्गम गाउँको खनीखोस्री खाने भए पनि हामी बूढाबूढीबाहेक परिवारमा सबै शिक्षित छन् ।जेठी छोरी त शिक्षिका नै बनिसकी ।
मेरो जीवनमा यस्तो हुनु महाआश्चर्य हो । म टुहुरो हुँ । अर्काको भाँडा माझ्दै, भारी बोक्दै, गिट्टी कुट्दै, कुल्लीको जीवन गुजारेर यो अवस्थासम्म आइपुगेँ । बाबु रुपा नेगी म चौध महिनाको हुँदा बित्नुभयो ।गर्भे टुहुरो मेरो भाइ अढाई महिनाको नपुग्दै आमाले पनि संसार छाड्नुभो । मेरो बापट्टकिी हजुरआमा हुनुहुन्थ्यो रे ! त्यसपछि उहाँलाई सघाउन मेरी आमापट्टिकी हजुरआमा पनि हाम्रो घर आउनुभएछ । हामी शिशुहरूलाई माया गरेर दिदीले खेलाउनुहुन्थ्यो रे, आमा मरेको डेढ महिनापछि उहाँ पनि स्वर्गे हुनुभएछ । त्यसको महिना दिनभित्रै भाइ र दुबै हजुरआमा (मावली र घरकी) पनि बित्नुभएछ ।
त्यसपछि अब म र मेरो दाइमात्र बाँकी भयौँ । अब यी पनि मर्छन् र रुपा नेगीको वंशै मासिन्छ भनेर दाइलाई मेरी ठूलीआमा (आमाकी दिदी) ले थाक्रे गाविस, राम्चेमा लग्नुभएछ । २१ महिना उमेरको मलाई चाहिँ माइला-बाका छोरा पूर्णबहादुर नेगीले गैह्रीखर्क लगेछन् ।
दाइ सात-आठ वर्षको भएपछि कमाउन भनेर घट्टेखोलामा गएर गिट्टी कुट्न थालेछ । त्यहीँ ट्रकको ढालाले बूढीऔँला च्यापेछ । ट्रक अगाडि बढ्दा दाइलाई लछारेर बूढीऔँला छिनेछ । मोटो नसा कुमदेखिको एक हात तानिएर बाहिर निस्किएछ । दाइको पनि मृत्यु भएछ । यसरी हाम्रो परिवारका मबाहेक बा, आमा, दिदी, दाइ, भाइ, हजुरआमाहरू सबै सकिनुभयो । अनि हाम्रो घर, जग्गा र भाँडाकुडाका निम्ति आफन्तबीच तानातान भएछ । मेरो पैतृक ३६ रोपनी जमीन थियो । ठूलीआमाको छोरा मङ्गले र प्रधानपञ्च कर्णबहादुर लामाले त्यो आ-आˆनो नाममा पारेछन् । नापी हुँदा ११ रोपनी भने मेरो नाममा लेखिएको रहेछ । त्यो पनि मङ्गलेले प्रधानपञ्चसँग मिलेर लालपूर्जा आˆनो हातमा पारेको रहेछ- रुपा नेगीको छोरो दमैसिं मै हूँ भनेर ।

कृष्णमुरारी भण्डारी
मेरो खास नाम दमैसिं हो । नाम बिगारेर दमै भएको होइन ।
गाउँमा केटाकेटी कलिलैमा मर्ने भएकाले ‘तल्लो जात’ का दमै-कामीलाई ‘बेच्ने’ चलन रहेछ । जुन जातले किनेको छ, त्यही नाम राखिने रहेछ ।
मेरो दाइको नाम पनि ‘सार्की’ राखिएको रहेछ । दिदीलाई कामीले ‘किनेका’ रहेछन्, त्यसैले उसको नाम ‘कामी’ रहेछ । गर्भे टुहुरो भाइको नाम ‘गर्पु’ राखिएको रहेछ । ‘पानी नचल्ने’ जातलाई बेच्दा पनि मबाहेक कोही बाँचेनन् । त्यसैले यसलाई छोए मरिन्छ भनेर मलाई पनि पछिसम्म गाउँलेहरू छुँदैनथे । कसैको घरमा गएँ भने धपाइहाल्थे, ‘ए, तँ जा-जा ।’ आफ्ना छोराछोरीलाई तर्साउँथे, ‘योसँग खेल्न हुन्न, मरिन्छ’ भनेर । मलाई देख्यो कि मान्छेहरू कुरा गरिहाल्थे, परिवारै यसरी विनाश भयो भनेर ।
ठूलीआमाकहाँ सानैदेखि काम गर्नुपथ्र्यो । बाख्रा चराउने, मुडखोलाबाट पानी बोकेर राम्चेसम्म पुर्‍याउने र अरु पनि काम गर्नपथ्र्यो । अरुका कुरा सुन्दा र आफूले गनुर्प रेको दुःख देख्दा मलाई ठूलीआमाकहाँ बस्नै मन लाग्दैनथ्यो । कमाउन पाए गरेर देखाइदिन्थे भन्ने लागिरहन्थ्यो । म नौ वर्षको भएँ । नौ पुगेपछि बुद्धि आउने रहेछ । अनि एक दिन केही नभनी ठूलीआमाकहाँबाट काम खोज्न निस्केँ । मलाई घर छाडेर एक्लै कहीँ कतै गएको अनुभव थिएन ।
ढोडको थुप्रोमा रात बिताएँ । झिसमिसेमै उठेर हिडेँ । नौबिसे नजिकको जुँगेखोलामा ढुङ्गा कुटेर पैसा कमाउन सकिन्छ भन्ने सुनेको थिएँ ।
छ बज्दा म जुँगेखोलामा पुगिसकेको थिएँ ।  त्यहाँ मैले चिनेको एउटै अनुहार देखिन । बेस्सरी भोक लागेको थियो । गोजीमा एक पैसा थिएन । दुई-तीन घण्टासम्म मान्छेहरू भएको ठाउँमा चक्कर काटिरहेँ । एउटा क्रसरमा गाउँको एउटा मान्छे देखेंँ ।
उहाँले पनि मलाई चिनेर सोध्नुभो, ‘ए दमैं, तँ किन आएको ?’
मैले भनेँ, ‘काम खोज्न ।’
उहाँले भन्नुभो, ‘तँ जस्तो फुच्चेलाई कसले काम दिन्छ ?’
मैले भनेँ, ‘मलाई खानलाउन दिए पुग्छ ।’
उहाँले भन्नुभो, ‘ल पख्, त्यसो भए !’
आफूलाई पकाएको खाना बाँडेर मलाई पनि खुवाउनुभो । साहू केशरसिंह बल पनि आइपुगे । उहाँले साहूलाई भन्नुभो, ‘यसलाई पनि काम गर्न दिनुपर्‍यो ?’
साहूले त उल्टै हप्काए, ‘यो डोकोभन्दा सानो भुरोलाई के काम दिनु ?’
उहाँले आँसु झार्दै मेरो सबै जना मरेको ‘कथा’ सुनाए । अनि साहूले भोलिपल्टदेखि काममा लगाए । बिहान उज्यालो भएदेखि साँझसम्म काम गर्नुपथ्र्यो । मैले त्यहाँ एक महिना २५ दिन काम गरें । साहूले दिनको दुई रुपैयाँको दरले एक सय २५ रुपैयाँ दिए ।
त्यो पैसाबाट मैले एक जोर चप्पल, गञ्जी, कट्टु र पाइजामा किनेर लगाएँ ।बाँकी ९५ रुपैयाँ बोकेर ठूलीआमाको घर गएँ । ठूलाबा र आमालाई त्यो पैसा लगेर दिएँ । उहाँहरू ज्यादै खुशी हुनुभयो ।
तीन-चार महिना ठूलीआमाकै घरमा बसेँ । मलाई लाग्यो, ‘गाउँमा बाख्रा चराएर उन्नति हुन्न, काम गर्न वाहिर नै जानुपर्छ ।’
मङ्गल दाइ रसुवाको बाटो खन्दा राम्चेमा पेट्टी-ठेकेदार बनेका रहेछन् । उहाँ गाउँमा कुल्ली लिन आउनुभएको थियो । मलाई पनि जाऊँ भन्नुभो । साइट हेर्ने ओभरसियर थिए, आङकाजी शेर्पा । म सानो भएकोले उहाँको भात पकाउने, भाँडा माझ्ने र कोठा सफा गर्ने काममा लगाइएँ । आधा दाइको र आधा शेर्पाकोमा तीन महिना काम गरें । मङ्गल दाइसहित २२ जना कुल्लीको पैसा पनि नदिई ठेकेदार भाग्यो ।एजेन्सी

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

एजेन्सी । महिलाको विवाह हुन्छ तब उनी यहि मनोकामना लिएर बसेकी हुन्छिन् कि उनको श्रीमानले उनलाई सधैँ खुसी राखोस् । महिलाले मात्र होइन समाजका हरेक प्राणीले यहि सोच्ने गर्दछ कि एउटा श्रीमानले आफ्नी श्रीमतीलाई सधैँ खुसी राख्नुपर्छ । तर यो कसैले पनि सोचेको हुँदैन कि श्रीमतीको पनि आफ्नो श्रीमानलाई खुसी राख्ने कर्तव्य हुन्छ । श्रीमान–श्रीमती एक रथको दुई पाङ्ग्रा भएका कारण दुबैको खुसी महत्वपूर्ण हुने गर्दछ ।

तर यदि कहिलेकाँही तपाईंको श्रीमान उदास देखिएमा तपाईंले त्यसमा ध्यान दिनुपर्ने हुन्छ । हुनसक्छ तपाईंका श्रीमान् तपाईंका कारण नै दुखी भइरहेका छन् । तपाईंको कारण र अरु कसैका कारणले तपाईंको श्रीमान तनावमा भइरहेको तपाईंलाई राम्रो नलाग्न सक्छ । त्यसकारण हामी तपाईंलाई श्रीमानलाई सधै खुसी राख्ने तरिका बताउँदैछौँः
१. उनको कुराहरु सुन्नुहोस्ःधेरै पुरुषहरुको यहि गुनासो हुने गर्दछ कि उनका श्रीमती कहिले पनि उनको कुरा सुन्ने गर्दैनन् । त्यसकारण जतिबेला तपाईंका श्रीमान कुराकानी गर्न थाल्छन्, उनको कुरालाई निकै मन लगाएर सुन्ने गर्नुहोस् ।
२. उनको जिम्मेवारीलाई बाँड्नुहोस्ःथुपै्र पुरुषहरु श्रीमतीले उनीहरुको बित्तिय र अन्य जिम्मेवारीहरु बाँडोस् भन्ने चाहन्छन् । यदि तपाईंहरु दबैजना काम गर्नुहुन्छ भने घरखर्च चलाउने श्रीमानको मात्र जिम्मेवारी हुँदैन । त्यसकारण दुबैजना मिलेर घरखर्च टार्नुहोस् ।
३. उनको करियरमा रुची लिनुहोस्ःतपाईंको विवाह भइसकेपछि आफू आकर्षक देखिने कुरामा लाग्नुभन्दा आफ्नो श्रीमानको कामकाजमा ध्यान दिनुहोस् जसबाट उनलाई तपाईं हरेक समय उनको साथमा हुनुहुन्छ भन्ने महसुस होस् ।
४. पैसा बगाउन बन्द गर्नुहोस्ःअनावश्यक रुपमा पैसा खर्च गरेको कुनै पनि श्रीमानलाई राम्रो लाग्दैन । तपाईंको बढिरहेको सपिङको बिलले तपाईंलाई तपाईंको श्रीमानबाट टाढा बनाइरहेको हुन्छ । यदि शपिङ गर्दा तपाईं आफ्नै पैसा खर्च गर्नुहुन्छ भने यसबाट उनलाई केहि पनि फरक पर्दैन ।
५. बेडमा उनलाई खुसी राख्नुहोस्ःयदि आफ्नो श्रीमानलाई बेडमा खुसी राख्ने तरिका आउँछ भने तपाईं निकै भाग्यमानी हुनुहुनेछ । बेडमा अल्छीपन नदेखाउनुहोस् ।
६. बेकारको बहस नगर्नुहोस्ःश्रीमतीहरु आफ्नो श्रीमानसँग बेकारमा बहस गरेर कुरा लम्ब्याउने गर्दछन् । जसले गर्दा सम्बन्ध नै खतरामा पर्न सक्छ । तपाईं भने यस्तो गर्नबाट बच्नुहोस् ।
७. उनलाई तपाईंको कार्यक्रमको जानकारी दिनुहोस्ःतपाईंलाई आफ्नो प्लान बनाउनका लागि श्रीमानको आवश्यक पर्दैन तर एक्लै केहि गर्नुभन्दा पहिले उनलाई त्यसको जानकारी दिनुहोस् जसले गर्दा उनलाई नराम्रो नलागोस् ।
८. आफ्नो जीवन पनि बाँच्नुहोस्ःकोही पनि साधारण पुरुष आफ्नी श्रीमतीले उनको लागि पनि समय निकालोस् भन्ने चाहन्छन् । यसो गर्नाले श्रीमानका लागि पनि केहि समय निस्कनेछ ।
९. आर्थिक रुपमा उनलाई कहिले पनि धोका नदिनुहोस्ःमहिलाले कहिले पनि आफ्नो श्रीमानबाट पैसाको हिसाब–किताब लुकाउनु हुँदैन । यदि श्रीमानले आफ्नो पैसा तपाईंबाट लुकाएर राखेमा के तपाईंलाई राम्रो लाग्छ ?
१०. भविष्यको योजना एकसाथ बनाउनुहोस्ःचाहे तपाईं लामो छुट्टीका लागि जान चाहेको कुरा होस् अथवा घरमा कोही नयाँ साथी आउने कुरा होस्, भविष्यको सबै योजना एकसाथ बनाउनुहोस् ।
११. उनको आमा–बुवालाई इज्जत गर्नुहोस्ःजसरी तपाईं आफ्नो आमा–बुवालई माया र इज्जत गर्नुहुन्छ त्यसरी नै आफ्ना श्रीमानका आमा–बुवालाई सम्मान गर्नुहोस् ।
१२. उनको साथी बन्नुहोस्ःतपाईंहरु दुईमा श्रीमान–श्रीमतीको भन्दा साथीको सम्बन्ध बढि हुनु आवश्यक छ । आफ्नो श्रीमानको साथी बन्नुहोस्, उनको आमा अथवा बोस होइन ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

11:49:00 PM ,
काठमाडौं । एक अध्ययनअनुसार हरेक पुरुषले महिलाको मित्रवत व्यवहारलाई यौनसम्बन्ध गर्ने इच्छाको रुपमा लिने गरेको पाइएको छ । तर महिलाले पुरुषलाई असल मित्रको रुपमा लिने गरेको पत्ता लागेको छ ।
नर्वे विज्ञान तथा प्रविधि विश्वविद्यालयले सो अध्ययनमार्फत यस्तो अचम्मको तथ्य पत्ता लगाएको हो । १८ देखि ३० वर्ष उमेरसमुहका ३०८ मा गरेको अध्ययनले सो तथ्य फेला पारेको हो । जसमा ५९ प्रतिशत महिला रहेका थिए ।
विपरित लिङ्गीसँगको सम्बन्ध भएको एक वर्षभित्र नै यौनसम्बन्धको इच्छा जाहेर गर्ने गरेको बताएका छन् ।
पुरुषले महिलाले हाँसेर बोल्दा यौनसम्पर्कको इच्छा जाहेर गर्ने गरेको अनुसन्धानले देखाएको छ ।
पुरुषले महिलालाई यौनसम्पर्क गर्ने, सन्तान उत्पादन गर्ने साधनको रुपमा लिने गरेको पाइएको छ भने महिलाले पुरुषसँगको सम्बन्धलाई यौनसम्पर्क गर्ने मात्र नभएर जिन्दगी भरको साथीको रुपमा लिने गरेको पाईको छ । एजेन्सीको सहयोगमा

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

प्रेममा धोका खाएपछि महिलाहरू सबैभन्दा बढी के गर्छन् ? यो सम्बन्धमा केहि समय अगाडि गरिएको सोधमा अनौठो तथ्य पत्ता लागेको छ ।



फोर्जा सप्लिमेट्सद्धारा गरिएको शोधमा सम्बन्ध टुटेपछि महिलाहरूले आफ्नो सबैभन्दा बढी आफ्नो तौल घटाउने गर्छन् ।




डेली एक्सप्रेसमा प्रकाशित सोध अनुसार लामो समयसम्म रहेको प्रेम सम्बन्ध टुटेपछी प्राय महिलाहरू एक महिनामा २ देखी साढे २ किलो तौल घटाउँछन् । शोधमा समावेश गरिएका १ हजार जनासँग गरिएको प्रश्नमा ४६ प्रतिशत सहभागीले सम्बन्ध टुटेपछिको दुःखमा खाना कम खाने गर्छन्, जसले शरिरको तौल घटाउँछ ।



यस्तै, ४७ प्रतिशत महिलाहरूले तौल घटाउनुको कारण आफू पहिलेको भन्दा आकर्षक हुन चाहेको बताउँछन् । यस्तै, ७७ प्रतिशत महिलाले आफूहरू प्रेम सम्बन्ध अघि स्लिम भएको र प्रेम सम्बन्धपछी मोटाउँदै गएको बताउँदै आफ्नो शरिरलाई पुरानै स्थानमा ल्याउनका लागि तौल घटाउने गरेको बताउँछन् ।

 सबै ब्यक्तिमा फरक फरक गुण दोष हुन्छन् । गुणले मानिसलाई समृद्ध बनाउँछ भने दोषले मानिसलाई दुख र झन्झट दिन्छ । हिन्दु धर्मग्रन्थ श्रीरामचरित मानसमा तीन कामको उल्लेख गरिएको छ जुन गर्दा पुरुषको जीवन बरवाद हुन्छ ।

के हुन् पुरुषको जीवन बरवाद गर्ने ३ काम ?

तात तीनि अति प्रबल खल काम क्रोध अरु लोभ।
मुनि बिग्यान धाम मन करहिं निमिष महुँ छोभ।।

यो श्लोकमा भनिएको छ कि काम, क्रोध र लोभ- यी तीन कुरा कुनै पनि पुरुषका प्रमुख शत्रु हुन् । कुनै पनि पुरुष स्त्रीलाई देखेर मन चन्चल पार्न सक्छ किन भने कामदेवले यस्तो शक्ति महिलालाई दिएका छन् । काम बासनाले प्रसिद्ध र ठूला ठूला विद्वान समेत भ्रष्ट भएका छन् । स्त्रीको सुन्दरताकै कारण ठूला ठूला तपस्वीले समेत तपस्या छोडेका छन् । काम बासनामै नियन्त्रण गर्न नसक्दा धेरै मानिसले जीवनमा दुःख पाएका छन् ।

लोभ कें इच्छा दंभ बल काम कें केवल नारि।
क्रोध कें परुष बचन बल मुनिबर कहहिं बिचारि।।

अर्थात लोभ यानी लालच, इच्छा तथा घमण्डको कारण बन्न पुग्छ । हरेक पुरुषमा असिमित इच्छा हुन्छन् । मनमा यस्ता इच्छा हजारौं हुने हुँदा कहिले पनि सन्तुष्टी मिल्दैन । जव धन सम्पति जम्मा हुन्छ तव यसले मानिसलाई घमण्ड र अहंकार पनि दिन थाल्छ । अनि थप सम्पति जोड्ने लालसा बढ्न थाल्छ । लोभले कुनै पनि पुरुषलाई बरवाद पार्न सक्छ ।

क्रोध मनोज लोभ मद माया। छूटहिं सकल राम की दाया।।
सो नर इंद्रजाल नहिं भूला। जा पर होइ सो नट अनुकूला।।

अर्थात रिस वा क्रोध मानिसको जीवनमा सबै भन्दा ठूलो शत्रु हो । कुनै पनि मानिसले क्रोधमा नियन्त्रण गर्न नसक्दा अनेक समस्यामा पर्छन् । रिसाएको मानिसले अपशब्द प्रयोग गर्छ भने यस्ता अपशब्दले अरुको मन दुख्छ । रिसाहा ब्यक्तिका सम्बन्धहरु पनि विग्रन्छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

10:25:00 PM ,

कट्रिना कैफ, रणबीर कपुर र दीपिका पादुकोण प्रेमसम्बन्धको कारण चर्चामा छन् अहिले । कहिले दीपिकाले आफुले पूर्वप्रेमी रणवीरसँग बिबाह गर्न चाहेको त कहिले कटि्रनालाई बिबाह नगर्न सुझाव दिएका खवरले बलिउड तारिहेको छ ।
कुनै बेला रणबीरकी प्रेमिका रहेकी दीपिका अहिले रणबीर सिंहसँग रमाएकी छिन् भने कट्रिनासँगको सम्बन्धलाई अझै औपचारिकता दिने हिम्मत गरेका छैनन् रणबीरले ।
तर, यति नै बेला रणवीर कपुरले झण्डै एक महिना आफ्नी पूर्व प्रेमिका दीपिका पादुकोणसँग बिताउने भएका छन् ।
दीपिका र रणवीरको मन मुटु छुटिएपनि ब्यबसायिका सम्बन्ध भने टुटेको छैन् । ब्रेकअपपछि पनि उनीहरुले अनस्त्रिmन रोमान्स जारी राखेका छन थुप्रै फिल्ममा ।
दर्शकले उनीहरुको जोडीलाई ब्रेकअपपछि पनि मन पराएका छन् । सायद त्यही कारण होला, दीपिका र रणवीर कपुरलाई लिड रोलमा लिएर बक्सअफिसमा कब्जा जमाउन खोज्ने निर्माताको कमी छैन बलिउडमा ।
इम्तियाज अलिको निर्देशन रहेको ‘तमाशा’ मा दिपीका र रणबीरले मुख्य भुमिका निर्वाह गर्न लागेका छन् । अहिले कैट आदित्य रायको ‘फितुर’ मा काम गरिरहेका छिन् । चाँडो सुटिङ सकाउने योजनामा रहेका निर्देशक रायले सुटिङ अवधिभर कैटलाई नभेटन रणबीरलाई आग्रह गरेका छन् ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget