Latest Post

9:58:00 PM ,
२०७१ माघ १९
कतै तपाइँको फेसबुक वालमा कुनै पोर्न भिडियोको लिंक सहित सो भिडियो हेर्न फ्लास प्लेयर डाउनलोड गर्नुस् भन्ने सामाग्री पोष्ट भएको त छैन ?
यदि छ भने होसियार हुनुहोस् र भने बमोजिम उक्त लिंकमा क्लिक गरेर कुनै चिज डाउनलोड गर्नेतर्फ नलाग्नुहोस् । यदि गर्नुभयो भने तपाइँको कम्प्युटरमा भाइरस आक्रमण हुनेछ ।
हो, फेसबुकमा अहिले ‘पोर्न भाइरस’को आतंक चलेको छ । पोर्न भिडियोको लिंक दिई फेसबुक प्रयोगकर्ताको अकाउण्टमा भाइरस आक्रमण हुँदा दुई दिनको अवधिमै १ लाख दश हजार भन्दा बढि फेसबुक प्रयोगकर्ता प्रभावित भएका छन् ।

ह्याकरहरुले फेसबुक प्रयोगकर्ताको वालमा एडल्ट भिडियोको लिंक पोष्ट गरिदिएका छन् । सो भिडियोलाई हेर्नका लागि फ्ल्यास प्लेयरको पछिल्लो अपडेट डाउनलोड गर्न आग्रह हुन्छ । तर, जब उक्त लिंकमा क्लिक गरिन्छ चलाइरहेको कम्प्युटरमा ‘ट्रोजन’ भाइरसले आक्रमण गर्छ । यो भाइरसले कम्प्युटरका महत्वपूर्ण डाटाहरुलाई नष्ट गरिदिन्छ ।
फेसबुकमा यसअघि पनि विभिन्न खाले अनलाइन सुरक्षा खतरा पैदा हुने गरेका भएपनि पछिल्लोपटकको पोर्न भाइरस आक्रमण सबैभन्दा खतरनाक भएको डेलीस्टारले लेखेको छ ।

फेसबुक प्रयोगकर्ताको वालमा पोर्न साइटका लिंक पोष्ट हुने र एउटा अकाउण्टमा भाइरसले आक्रमण गरेपछि सो फेसबुक प्रयोगकर्ताको अकाउण्टबाट अन्य २० जनासम्मलाई सोही लिंक ट्याग हुने भएकाले समेत यो सबैभन्दा बढि खतरनाक भएको बताइएको छ । प्रयोगकर्ताका वालमा पोर्न भिडियोका लिंक पठाएर भाइरस आक्रमण गर्ने यो काइदाका कारण धेरै प्रयोगकर्ता छिटै फस्न पुगेका विज्ञहरुले बताएका छन् ।
सेक्युरिटी वेबसाइट थ्रेट पोष्टका अनुसार फेसबुकले प्रयोगकर्तामाथि भएको यस्तो आक्रमणप्रति सचेत बनेको जनाएको छ ।
विभिन्न स्वचालित पद्धतिको प्रयोग गरि हानिकारक बन्नसक्ने लिंकहरुको पहिचान गरि त्यस्ता लिंकहरुलाई फैलिनबाट रोक्ने काम भैरहेको फेसबुकको भनाइ छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

9:51:00 PM ,
February 01, 2015



न्युयोर्क,  रियालिटी शो स्टार तथा मोडल किम कर्दासियनका पिता ब्रुस जेनरले लिंग परिवर्तन गरेर महिला बन्न लागेका छन् ।
पूर्व ओलम्पियन समेत रहेका जेनरले लिंग परिवर्तन गर्ने हल्ला पहिले नै चलेपनि अहिले आएर त्यसलाई पारिवारिक स्रोतले पनि पुष्टि गरेको छ ।
२३ वर्षको वैवाहिक जीवनपछि जेनर र पत्नी क्रिसले गत महिनामात्र सम्बन्ध विच्छेद गरेका थिए ।
चार महिनाअघि देखि उनले लिंग परिवर्तन गर्न लागेको समाचारहरु बाहिर आएको थियो । नेलपोलिस लगाएर गाडी चढिरहेको तस्विर बाहिर आएपछि यो हल्ला झन् फैलिएको थियो ।
यसबारेमा परिवारले खुला रुपमा केही नबोले पनि आफ्ना पिताको निर्णयको समर्थनमा रहेको बताएका छन् । तोरी क्लोह कर्दासियनले ‘तपाईंमाथि भरोसा छ’ भनेर ट्वीटरमा उल्लेख गरेकी छिन् ।
त्यस्तै किमले पनि इन्टरटेन्मेन्ट टुनाइटलाई अन्तरवार्ता दिँदै आफ्ना पिता खुसी रहेको र उनको ‘यात्रा’ को बारेमा उनी आफै तयार भएपछि जानकारी दिने बताएकी छिन् ।


भिडियो हेर्न तलको बाकस थिच्नुहोस

9:45:00 PM ,
, February 02, 2015
काठमाडौं, माघ १९– राज्यले तय गरेको आर्थिक ऐन अन्य निकायमा जस्ताको तस्तै लागू हुनछ, तर नेपाली सेनामा भने ठीक उल्टो रुपमा लागू हुन्छ भन्दा धेरैलाई पत्यार लाग्दै । तर गत साता भएको एउटा घटनाले यसलाई सत्य साबित गरेको छ ।

जंगी अड्डा प्रमुखको इसारामा काम गर्नुपर्ने बाध्यताका कारण खाद्य तथा परिवहन आपूर्ति बोर्डले प्रधानसेनापति गौरवशमशेर राणाको संकेत बुझेरै सरकारको आर्थिक नियमविपरित सबैभन्दा महंगो बिस्कुट खरिद गर्न सिफारिस गरेर यो कुरा सत्य साबित गरेको हो ।
गत वर्ष दुई करोड रुपैयाँमा यस्तै संकेत दिएर निर्णय गराउन सफल व्यापारीले यसपटक चार करोड रुपैयाँ खर्च गरिएको बुझिएको छ ।
प्रसंग सेनाका लागि आपूर्ति गरिने बिस्कुटकै हो । आगामी वर्षका लागि ५० करोड रुपैयाँको आई इनर्जी बिस्कुट खरिदका लागि सेनाले टेन्डर आह्वान गर्यो । चारवटा कम्पनीले टेन्डरमा भाग लिए । जसमध्ये खजुरी बिस्कुटले १० रुपैयाँ ५० पैसा प्रतिप्याकेट उपलब्ध गराउने सर्त राखेर बोलपत्र पेस गर्यो । सबैभन्दा कम कबोल गर्ने र सबैभन्दा बढि कबोल गर्ने बीचको मुल्यअन्तर ३५ प्रतिशत रहेको छ भने यसका असली मालिक बसन्त चौधरीले बिस्कुट प्रकरणबाट मात्र १३ करोड रुपैयाँ नाफा गर्ने भएका छन् ।आजको तरुण लेख्छ ।
सरकारी राजस्व र कर छलीका लागि बसनतले कागजी रुपमा आफ्ना सप्लार्यस पुष्प पियालाई मालिक बनाएका छन् । चौधरीले १३ करोड रुपैयाँ नाफा हुने भएपछि सेनापति राणालाई चार करोडसम्म सहयोग गर्ने बताएका थिए भने मिडिया मिलाउन केही लाख खर्च गर्ने गरी उनी आफैं जुटेका थिए । बसन्तको हण्डीमा कुन कुन अखबार र पत्रकार प्रयोग हुन्छन्, हेर्न बाँकी नै छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

9:38:00 PM ,
काठमाडौं, माघ १९– पूर्व युवराज पारस शाह थाइल्याण्डको जेलमा लामै समयका लागि भित्रिएपछि यता निर्मल निवासमा खुसीयाली मनाइएको खबर छ । पारस जेल पर्दा पूर्व राजपरिवार खुसी हुनुको कारण भने कम्तीमा अब उनी जेल बसुन्जेल सुरक्षित भए भनेर हो ।
पारस पछिल्लो पटक पक्राउ परेपति करिब तीन महिनादेखि जेलमै छन् । उनी जेल परेपछि पूर्व राजपरिवार खुसी हुनुका कारण रहेको निर्मल निवास स्रोतले जनाएको छ । पहिलो कारण अब जेलमा परेपछि पारसको व्यक्तिगत भौतिक सुरक्षाको चिन्ता रहेन । दोस्रो उनी लागु औषध र प्रेमिकाको चक्करबाट टाढिएकाले हो । तेस्रो कारण भनेको हरेक महिना पैसा पठाउनुपर्ने बोझले हटेकाले हो ।
स्रोतका अनुसार पारस पछिल्लो समय बैंककमा असुरक्षित थिए । लागू औषध कारोबार तथा दुव्र्यसनीबाट पारस असुरक्षित भएपछि उनले पछिल्लो समय कोठा समेत फेरेका थिए । उनी नियमित लागू औषध सेवनका कारण जीर्ण बन्दै गएका थिए, भने प्रेमिकासँगको सम्बन्ध पनि उतारचढावपूर्ण थियो । आजको साँघुमा लेख छापिएको छ ।
प्रेमिकाकै कारण आफू फसेको बताएका पारसले पछिल्लो पटक फेसबुकबाटै माफी माग्दै आफूलाई बिगार्नमा राजदरबारको सम्पत्ति हत्याउन खोज्नेहरु रहेको बताएका थिए । उनले फेसबुकबाटै पत्नि हिमानीप्रति आक्षेप समेत लगाएका थिए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

9:24:00 PM ,
पाठेघरमा बच्चा बस्न वा गर्भ रहन थुप्रै कुराको तालमेल मिल्नुपर्छ । सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ ।
यौनसम्पर्कका बेला पुरुषको वीर्य स्खलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीसम्म पुग्छन् ।   त्यहाँ परिपक्व भएको डिम्ब (अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ।
यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ । यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु वा बच्चा बन्छ । यी कुराहरुलाई तपाईं यहाँ दिइएको थ्रीडि भिडियोमा पनि हेर्न सक्नुहुन्छ

9:16:00 PM ,
१९ माघ, नवलपरासी ।

नवलपरासीको देउराली २ थुम्कीदेवी सामुदायिक बनमा एक होटल व्यवसायीको मृत्त अवस्थामा शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार धारिलो हतियारले घांटी रेटी हत्या गरि बनमा फालिएको अवस्थामा उनको शव फेला परेको हो ।



 प्रहरीले शवको पहिचान गर्दै जिल्लाको कावासोती २ बस्ने २९ वर्षिय दिपेन्द्र पाण्डेको रहेको जानकारी दिएको छ । पाण्डे विगतका वर्षहरुदेखिनै मनकामना होटल एण्ड रेष्टुरेन्ट संचालन गर्दै आएका थिए ।

शनिवार देखी सम्पर्क विहिन रहेका पाण्डेयको आईतबार जंगलमा शवफेला पारेको प्रहरीले जानकारी दिएको छ ।

ओएस नेपाल, काठमाडौँ, १८ माघ । धुर्मुस अर्थात् सिताराम कट्टेल र सुन्तली अर्थात कुञ्जना घिमिरे बुढा बुढी छोरी सहित पत्रकार सुमन गैरेको बिहेको पार्टीमा पुगेका थिए ।
अन्य कलाकारको समेत बाक्लो उपस्थित थियो । बिहेको पार्टीमा नाच्नेको भिडमा कलाकार नै धेरै देखिन्थे त्यही बीचमा नाच्दै थिइन प्रियंका कार्की ।
फिल्मी पत्रकारको बिहेको निम्तो मान्न धुर्मुस पनि त्यही पुगे । नाच्दै गरेकी प्रियंकाले धुर्मुसको गालामा ओठ जोडीहालिन । उता छोरी बोकेर साइटमा बसेकी धुमुर्सकी श्रीमती सुन्तली हेरेको हेर्यै भइन ।
बिहेको पार्टीमा नाचेर तातेका कलाकार धुर्मसको गालामा प्रियंकाको ओठ देखेपछि केही छक परे त केही त्यही रमाइलोमा भुले बिहे पार्टीमो माहोल अझ तातियो ।
धुर्मसको गालामा चुम्बन गरेर प्रियंकाले चर्चा बटुलिन सुन्तली हेरेको हेर्यै भइन भने अन्य चर्चित कलाकार तथा हिरोइन हेरेको हेर्यै भए । यो दृश्यका साक्षी थिए दीपाश्री निरौला, केकी अधिकारी, कविता शर्मा दीलिप रायमाझी सँगै गजित विष्ट ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

9:01:00 PM
वि.सं.२०७१ साल माघ १९ गते, सोमबार।
इश्वी सन् २०१५ फेब्रुअरी २ तारिख, नेपाल संवत् ११३५ शिल्लाथ्व।
प्लवङ्ग संवत्सर। उत्तरायण। शिशिर ऋतु। माघ शुक्लपक्ष।
तिथि– चतुर्दशी, रात्रि २:२५ बजेउप्रान्त पूर्णिमा।
नक्षत्र– पुनर्वशु, साँझ ६:२५ बजेउप्रान्त तिष्य।
योग– प्रीति, रात्रि १:५९ बजेदेखि आयुष्मान्।
करण– गर, दिउँसो १:४५ बजेदेखि वणिज, रात्रि २:२५ बजेउप्रान्त भद्रा।
आनन्दादिमा धुम्र योग।
चन्द्रराशि– मिथुन, मध्याह्न ११:५९ बजेदेखि कर्कट।
काठमाडौंमा सूर्योदय– ६:५२ बजे, सूर्यास्त– ५:४४ बजे र दिनमान २७ घडी ०८ पला।

पर्वविशेष– पशुपतिनाथको छायाँ दर्शन गर्ने दिवस।


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने मौका छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ । पुरानो समस्याले झमेला बढ्ने र सरकारी काममा पनि बाधाको योग छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। नयाँ काममा हात हाल्ने समय छ। प्रतिस्पर्धापछि लाभ मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : 
बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा पनि आघात पुग्ने सम्भावना छ, सचेत रहनुहोस्। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। तापनि, सहयोगीहरूले काममा साथ दिनेछन्। बिस्तारै फाइदा उठ्ने योग छ। विगतमा सम्पादित कामबाट धन लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ। अनावश्यक वादविवादमा परिने समय छ, सचेत रहनुहोला।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । तर, पेटको खराबीले स्वास्थ्यमा कमजोर बन्नेछ। सहयोगीहरूले पनि राम्रो साथ नदिन सक्छन् । विशेष काममा अवरोध आउला, सचेत रहनुपर्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
केही मात्रामा खर्च बढ्नेछ। तर, काममा लगानीबढाउने समय छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यपूर्वक काममा जुट्नुहोला। बिस्तारै फाइदा लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धापछि फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
समय उत्साहवर्द्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधनको सदुपयोगबाट राम्रो लाभ हुनेछ । नयाँ ज्ञान सिक्ने योग छ। कृषि तथा पशुपालनमा लगानी बढाउनुपर्ला। तापनि राम्रै लाभ हुनेछ। व्यापारमा प्रशस्त फाइदा हुने योग छ। दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन होला। पढाइलेखाइमा पनि प्रगतिको समय छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ। सरकारी कामकाजमा खर्च बढ्नुका साथै उत्साहमा कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत बन्नेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। अरूको मन जित्न सकिनेछ। पढाइमा प्रगति हुनेछ। परिश्रम परे पनि काममा सफलता मिल्नेछ। मंगलमय कार्यहरू सम्पादन होलान्। रोगबाट आराम मिल्नुका साथै स्वास्थ्य सबल बन्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ला। आजको भ्रमण उपलब्धिमूलक नहुन सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम भने यथावन् सम्पादन हुनेछन्। इष्टदेवको पूजा–उपासनाले तपाईंलाई फाइदा हुनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn : 
विगतका समस्या बल्झिन सक्छन्। प्रयत्न गरिरहँदा मात्र व्यावसायिक काम बन्नेछन् । व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। यात्रामा पनि समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ। दाम्पत्य सम्बन्धमा असमझदारी वा प्रतिस्पर्धाको समय छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : 
व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। आफ्नो अधिकारका लागि प्रतिस्पर्धामा उत्रनुपर्नेछ शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। चुनौती सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा नयाँ अवसर पाइनेछ। मौकाको फाइदा लिन सकिनेछ। यात्रामा केही समस्या आउलान्। शत्रु, रोग र मुद्दा–मामिलामा सावधानी अपनाउनुपर्ने समय छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : 
सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा हुन सक्छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

1:14:00 PM ,
के तपाईले भुत देख्नुभएको छ ? यदि देख्नु भएको छैन भने पनि सुन्नुभएको छ होला पक्कै पनि । भारतको उत्तराखण्ड प्रहरीसंग एउटा यस्तै हैरान पार्ने बिषयले यतिबेला भारतीय सञ्चारमाध्यममा स्थान पाएको छ । यो सुनेर सबै अचम्ममा  पर्ने परेका छन ।

उत्तराखण्डको चर्चित तीर्थस्थल हरिद्वारमा एक युवतीले कनखल पुलिसचौकीमा भुतले आफुलाई गर्भवती बनाएको दाबी गरेकी छिन् । ती युवतीले आफुलाई भुतले गर्भवती बनाएपछि आफुले जुम्ल्याहा बच्चालाई जन्म दिएको दाबी गरिन् । ती युवतीका अनुसार ती बच्चालाई जन्म दिएर आफुसंगै राखेको बेला अचानक गायब भएको पनि प्रहरीलाई बताएकी छिन् । उनले ती बच्चाहरु खोजिदिन प्रहरीलाई आग्रह समेत गरेकी छिन् ।
एक भारतीय समाचार पत्रमा प्रकाशित रिर्पोटका अनुसार यो घटना गत बुधबारकाे हो । यो कुरा सुन्दा भारतीय प्रहरी समेत अक्क न मक्क परेको छ । प्रहरी स्रोतका अनुसार ती युवती फटाफट अंग्रेजी बोलिरहेकी थिइन् । उनले यी सबै कुरा प्रहरीलाई अंग्रेजीमै बताएकी थिइन । उनको साथमा एक आफ्ना बितेका सबै कुरा लेखेको डायरी थियो । ती युवतीले आफु इजीनियरिङकी छात्रा बताएकी थिइन् र आफुले बिएड गरेको समेत उनले प्रहरीलाई बताएको प्रहरीले जानकारी दियो ।
प्रहरीहरुले भने ती युवती मानसिक रुपमा ठिक नभएको दाबी गरेको छ । उनले अनुसन्धानका लागि युवतीका परिवारसंग कुरा गर्ने बताएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget