प्रचण्ड पुत्रीलाई जोगाउन खोज्दा इन्स्पेक्टरको यो हालत
काठमाडौँ, १९ फागुन । विपक्षी मोर्चाको आन्दोलनका क्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीलाई जोगाउने क्रममा घाइते भएका नेपाल प्रहरीका एकजना इन्स्पेक्टरको अवस्था अझै गम्भीर छ ।
एमाओवादीको फागुन १६ गतेको आमसभाका क्रममा बानेश्वरमा झडप भएपछि नेपाल प्रहरीको कोटेश्वर प्रभागका इन्स्पेक्टर धर्मराज भण्डारीको हात फ्याक्चर भएको हो । उनको शरीरका अन्य भागमा पनि चोट लागेको छ ।
काठमाडौँको तीनकुनेबाट खुल्लाा मञ्च आउँदै गरेको एमाओवादीको जुलुसले निषेधित क्षेत्र तोड्न खोज्दा गत शनिबार बानेश्वरमा प्रहरी र माओवादी कार्यकर्ताहरुबीचको झडपमा उनको यो हविगत भएको हो ।
एमाओवादी अध्यक्ष प्रचण्डकी पुत्र रेणु दाहालको नेतृत्वमा प्रहरीसँग झडप सुरु भएपछि प्रहरी निरीक्षक भण्डारी उनै रेणुलाई जोगाएर झडप मिलाउन पुगेका थिए । रेणुलाई जोगाउन सफल भए पनि आफैलाई जोगाउन सकेनन् । एमाओवादी कार्यकर्ताहरुले उनीमाथि लाठी प्रहार गरेका थिए । टाउकोमा हेलमेट भएकालेले टाउको जोगियो, तर उनले हात जोगाउन सकेनन् ।झडपमा झडपमा भण्डारीसहित जनपद र सशस्त्रका गरी २० जना प्रहरी घाइते भएका थिए ।
प्रहरीसँगको झडपमा १५ जना आन्दोलकारी पनि घाइते भएका थिए । उनीहरुको तीनकुनेस्थित कान्तिपुर अस्पताल र सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
नयाँ बानेश्वर क्षेत्र रणभूमि बनेको यो पहिलो होइन् । पाँच वर्षअघि बानेश्वरमा झडप हुँदा बानेश्वर वृत्तका तत्कालिन डिएसपी दिलीप चौधरी घाइते भएका थिए । त्यसबेला उनलाई सरकारले कामु एसपीमा बढुवा गरेको थियो ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.