बाराकी ६ वर्षीया बलात्कृत बालिकाको निधन

काठमाण्डौँ, फागुन २४ -  बारा जिल्ला कलैयाकी ६ वर्षीया बलात्कृत बालिका पूजा साहको उपचारका क्रममा  आइतबार बेलुका ७ बजे निधन भएको छ ।

कलैयामा बलात्कारपछि असक्त बनेकी साहलाई थप उपचारका लागि फागुनको १० गते कान्ति बाल अस्पताल काठमाडौँमा भर्ना गरिएको थियो ।

निधन भएकी बालिकाको शव त्रिवि शिक्षण अस्पतालमै रहेको र भोलि जिल्लाबाट परिवारजन आएपछि सल्लाह गरेर दाहसंस्कारका लागि घर फर्किने निजका बुवा बद्रीनारायण साहले जानकारी दिए ।

बालिका यही फागुन ९ गते बिहान करिब ६ बजे कलैया–६ मोतीमार्गस्थित कपास उद्योगको  फोहर फ्याक्ने ठाउँमा अचेत अवस्थामा फेला परेकी थिइन् ।

सुरुमा बालिकालाई उपचारका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा लगिए पनि पछि थप उपचारका लागि कान्ति बाल अस्पताल ल्याई भर्ना गरिएको थियो ।

घटनामा संलग्न कन्हैयालाल गुप्तालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget