यदि जिब्रो स्वस्थ छैन भने त्यसले स्वास्थ्यमा समेत असर पारिरहेको हुन्छ । चिनिया चिकित्सा र नेचुरोप्याथीका अनुसार जिब्रोको सम्बन्ध शरीरका कयौं हिस्सासंग हुन्छ । जिब्रोको रंग र छालाका आधारमा स्वास्थ्य अवस्था पत्ता लगाउन सकिन्छ ।
डाक्टरले बिरामी जाँच्दा सबैभन्दा पहिले जिब्रो हेर्नु पनि यहीकारण हो । जिब्रोका आधारमा कुनै रोगको अनुमान गरिरहेका हुन्छन् डाक्टरहरु ।
जिब्रो सुक्ने समस्या
जिब्रो सुक्नु आममानिसको समस्या हो । डिहाइड्रेसन वा स्लाइभरी ग्ल्याण्डको समस्याका कारण जिब्रो सुख्खा हुन्छ । यदि जिब्रोमा सुुख्खापन या तनावमध्ये कुनै पनि लक्षण महसुस भएको छ भने डाक्टरसंग सम्पर्क गर्नुपर्छ । सही समयमा लक्षण थाहा पाएर उपचार गर्ने हो भने कयौं स्वास्थ्य समस्यालाई रोक्न सकिन्छ । सेतो पत्र जम्नु यदि जिब्रोमा पातलो सेतो पत्र जमेको देखिन्छ भने कुनै चिन्ता मान्नु पर्दैन ।
यो कुनै स्वास्थ्य समस्या होइन । तर, सेतो पत्र मोटो भयो र रंग गाढा सेतो भयो भने ब्याक्टेरियल संक्रमणको संकेत हुन सक्छ । चिनिया चिकित्सा पद्दतिअनुसार यस्तो हुनु पाचनप्रणालीमा गडबढीको संकेत हुन सक्छ । यस अवस्थामा भने डाक्टरसंग सम्पर्क गर्नुपर्छ ।
अल्सर या घाउ हुनु
जिब्रोमा स–साना दुख्ने घाउ हुनु आम समस्या हो । तनाव तथा चिन्ताका साथै हर्मोनमा भइरहने परिवर्तनका कारण यस्तो हुन सक्छ । यो कुनै खास रोगको लक्षण पनि होइन । यस्ता घाउ केही दिनमै ठीक हुन्छ । तर, केही खास खालका घाउ या अल्सर शरीरमा एलर्जीको रियाक्सन, भाइरस संक्रमण तथा प्रतिरोधी प्रणालीमा गडबडीको संकेत हुन सक्छ । यदि जिब्रोको एकापट्टिमात्रै पीडा भइरहेको छ भने तत्काल डाक्टरसंग सम्पर्क गर्नुहोला । यस्तो समस्या क्यान्सरको लक्षण पनि हुन सक्छ ।
रंग परिवर्तन हुनु
हल्का पहेंलो जिब्र्रोले शरीरमा आइरनको कमीको संकेत गर्छ । अर्कोतिर रातो जिब्रो खानामा नियासिनको कमीको संकेत गर्छ । यदि जिब्रो स्ट्रबेरी रंगको छ भने यसको अर्थ हो तपाईंलाई स्कारलेट फिभर हुन सक्छ ।
सेतो दाग ज्वरो, डिहाइड्रेसन, ओरल क्यान्डिडाइसिस, साइफिलिस गराउने ल्यूकोप्लेकियाका कारणले हुन सक्छ । जिब्रो सुन्निने र रातो हुने स्थितिलाई ग्लोसाइटिस भनिन्छ, जो ब्याक्टेरिया या भाइरस इन्फेक्सनको कारणबाट हुन सक्छ । यो संक्रमण मुखको ठीकसंग सफाई नगर्दा, जिब्रो छेड्दा या मसाला, रक्सी या सुर्तीको अधिक सेवनका कारणले हुन सक्छ । कयौंपटक जिब्रोको आकार पनि बढ्छ । यस अवस्थालाई मेडिकल भाषामा म्याक्रोग्लोसिया भनिन्छ । यो थाइराइड र हर्मोनको गडबडीले हुने समस्या हो ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.