एसिडपीडित किशोरीको प्रश्नःबाबा आज अपराधी पक्राउ परेको हो ?

काठमाडौं,फागुन २७ – ‘बाबा,आज अपराधी पक्राउ परेको हो ?’ एसिड आक्रमणमा घाइते किशोरी संगीता थापा मगरले आफ्ना बाबुलाई हरेक दिन गर्ने प्रश्न हो यो ।

संगीता यतिबेला सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत छिन् । हेरचाहमा छन्,बुबा प्रेमबहादुर थापा मगर । घाइते भएपछि उनी केही दिनसम्म होसमा आएकी थिइनन् । जुन दिनदेखि अस्पतालमा बोल्न थालिन्,त्यही दिनबाट उनले बारबार एउटै प्रश्न गरिरहेकी छन्,‘अपराधी कहिले पक्राउ पर्छन् ?’ १६ दिन बितिसक्दा पनि बाबुसँग भने छोरीलाई दिने कुनै पनि उत्तर छैन ।
अहिले मात्र होइन,थोरै होस आउँदा बाबुलाई देख्नासाथ उनको पहिलो प्रश्न नै अपराधी पक्राउ परे–नपरेको हुन्छ । प्रेमबहादुर भन्छन्,भित्र छिर्नासािथ त्इही कुरा सोध्दा कसरी छिर्ने भन्ने पो चिन्ता लाग्छ ।’ बाबु प्रेमबहादुरसँग मात्र होइन,प्रक्राउको जिम्मा दिएको सुरक्षा निकायसँग पनि यसको जवाफ छैन । प्रहरीले आफू निरन्तर अनुसन्धानमा लागेको बताए पनि अहिलेसम्म अपराधीको पहिचान हुन सकेको छैन,आजको राजधानी दैनिकमा खबर छ ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget