केटीमाथी एसिड हान्ने पक्राउ..

काठमाडौं,फागुन २० – ‘बढ्ता हुन्छस् ! तैँले मलाई चिनिनस् ? एसिड फ्याँकेर केटीहरुलाई ड्याम पार्न लगाउने मैं हुँ !’ केटोले मकवानपुरको चित्लाङ जाने बसको टिकट त लियो ,तर सिटका लागि गलफत्ति हुँदा प्वाक्कै बोलिहाल्यो ,त्यस्तो कुरा ।आफ्नो थुतुनो भन्दैमा जथाभावी चलाउन बानी परेकाले होस् गर्नुपर्ने भएको छ । किनभने आजकल ठूलै प्रलयमा परिन्छ ।


सोमबार बिहान राज्यव्यवस्था समितिको बैठकमा गृहमन्त्री वामदेव गौतम पीडित पक्षको सहयोग नपाउँदा बसन्तपुरमा एसिड छ्याप्ने अपराधी हालसम्म पक्राउ नपरेको बताउँदै थिए । ठीक त्यहीबेला कलंकीबाट चित्लाङका लागि छुट्नै लागेको गाडीको ढोकामा उभिएर त्यो ठिटो बास्दै थियो । आजकालका जनता कति सचेत भने,प्रहरीको १०० नम्बरमा तुरुन्त फोन आयो । भन्नेको हुलिया (२२ –२५ वर्षको ,तामाङ समुदायको) गाडी नम्बर , उसले बोकेको झोला,लुगाको रंग र ढाँचासमेत फोन गर्नेले टिपाएछन् । प्रहरीले जानकारीलगत्तै नागढुंगासम्म पछ्यायो,तर फेला पार्न सकेन ।

प्रहरीले पछि चित्लाङ पुगेर गाडी पत्ता लगायो । अरु सिसाको गिलासमा चिया पिउँदै थिए,ठिटो चाहिँ स्टिलको गिलासमा टुच्च सोलमारी लगाउँदै थियो । एकजना सादा पोसाकका प्रहरीले सोधे,‘एसिड त हामीलाई पनि चाहिया’छ यार, मिलाइदेउ न साथी । केटो हौसियो,ह्या केही गाह«ो छैन । यसबाट प्रहरीले भेरिफाइ गरिहाल्यो ,‘यो त्यही ठिटो हो,अघि कलंकीमा बर्बराउने । प्रहरीले च्याप्प समात्यो र लिएर हिँड्यो । काठमाडौं आइपुग्दा रक्सीले छाडिसकेको थियो । आफूलाई प्रहरीले पक्राउ गरेको कुरा पनि उसले चाल पाइसकेको थियो । जब आइतबार साँझ हनुमानढोका लगियो,अनि भन्यो,‘सर रक्सीको तालमा मैले बोलेको मात्रै हुँ । तर गरेको होइन हजुर ।’ बोल्ने बोल्ने अनि पछि होइन भन्ने ? प्रहरी पनि यत्तिकै किन मान्थ्यो र ? रातभर केरकार गर्यो । अनेकन उपाय लगाएर सोध्यो । अलग्गै टोली खटाएर बयान लियो । र,२४ घन्टापछि निष्कर्ष निकाल्यो – यो जड्याहा नै हो,जाँडको तालमा बोलेको मात्रै हो । कसुरदार होइन । जनआस्था लेख्छ – निर्दोस रहेको प्रहरी अनुसन्धानले पुष्टि भएपछि ठिटो हिजो छुटिसक्यो ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget