मंगलवार, 26 फागुन,
बासिंगटन-अमेरिकन इमिग्रेशनका उच्च अधिकारीअनुसार सोमबार अमेरिकी विशेष टोलीले अवैधानिक रुपमा अमेरिकामा बसिरहेका र क्रिमिनल रेकर्ड भएका २ हजार आप्रवासीहरुलाई पक्राउ गरेको छ । पाँच दिन लगाएर गरिएको 'अप्रेशन क्रस चेक' नाम दिइएको उक्त अप्रेशनका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । यो अप्रेशन सन् २०११ मा सुरु गरिएको थियो ।
जसमा २०५९ जनामाथि गम्भीर क्राइममा संलग्न भएको आरोप छ । जसमा चोरी, बलात्कार, हत्या र चाइल्ड पोर्नेग्राफी रहेका छन । समातिएका मध्ये ९१५ नसामा डाइभिङ गर्दा पक्राउ पर्नेहरु छन भने ४७६ जना इमिग्रेशन कानुन मिच्नेहरु छन । उनीहरुमध्ये कोही पनि आतंकवादी गतिविधीमा भने संलग्न नरहेको कुरा इमिग्रेशनले जनाएको छ ।
फिर्ता पठाइएका मा एक तिहाइलाई इलिगल्ली अमेरिका छिरिरहेको अवस्थामा बोर्डरबाटै फिर्ता पठाइएको थियो । पक्राउ पर्ने आप्रवासीहरुमा नेपालीहरुको अवस्था के छ ? कति नेपाली परेका छन भन्ने विषय भने खुल्न सकेको छैन ।
अमेरिकन इमिग्रेशन विभागकी निर्देशक सेरहा सल्डनाकाले सरकारको यो कदमले जनसुरक्षा अझ चुस्त हुने बताइन । 'यस्ता ब्यक्तिहरुलाई फर्काउदा जनताको सुरक्षा बढ्नुका साथै समाज आंतकहरु कम हुन्छ,' उनले भनिन्, 'यसले हामीसँग भएको सिमित स्रोतलाई उतरदायी तरिकाले प्रयोग गर्न सक्छौ ।'
अमेरिकन सरकारका आन्तरिक सुरुक्षाका विभागका डेपुटी सेक्रेटरी एलेजेन्डो मायरकासले राष्ट्रिय र नागरिकको सुरक्षालाई ध्यान दिइएर यस्तो कदम चालिएको बताए ।
यो कदम इमिग्रेशनले त्यतिबेला उठाएको छ जतिबेला ओबामा सरकारको खुकुलो नीतिको विपक्षी दलहरुले कडा विरोध गरेका थिए । पछिल्लो वर्ष मात्रै ३ लाख १६ हजार जनालाई यसैगरी फर्काइएको थियो ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.