काठमाडौ, २५ फागुन । कसैलाई आफ्नो तौल बढाउनु छ त कसैलाई हाइट । कसैलाई मोटोपना घटाउनु छ । कोई जिममा आफ्नो बडी बनाउनका लागि आफ्नो डाइटलाई नियन्त्रण गरिरहेका छन । कोही एक्सरसाइज नगरेर मोटा भइरहेका छन । यसकारण सबै जानकारी प्राप्त गर्नका लागि डाइट एक्सपर्टको सल्लाह लिनु जरुरी छ ।
व्यक्तिको हाइट उसको वंशानुगत गुणमा भर पर्छ । बंशानुगत गुणले जब हाम्रो उचाई बढाउन बन्द गर्छ त्यतीबेलादेखि नै हामी बढ्न छोड्छौ । सामान्यतया २० वर्षको उमेरपछि हाम्रो उचाई बढ्दैन । यदि तपाई आफ्नो हाइट बढाउनका लागि सिरियस हुनुहुन्छ भने तपाईले कडा मिहेनत गर्नुपर्छ ।
एक्सरसाइज तथा डाइटको सही सन्तुलनबाट तपाईले सकारात्मक परिणाम पाउन सक्नुहुन्छ । राम्रो खानाले तपाईको हड्डि बलियो हुन्छ र सजिलैसँग बढ्न सक्छ । योगा गर्नाले पनि हाइट बढाउन सकिन्छ । यसले तपाईको मसल्समा लचीलोपना आउछ । याद राख्नुस कि योग सही तरिकाबाट गर्न धेरै जरुरी हुन्छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.