बुधबार, फाल्गुण २०,
कोरियाको न्याय मन्त्रालयले त्यहाँको कुनै पनि विश्वविद्यालयबाट स्नातक वा सोभन्दा माथि उत्तीर्ण गरेका आप्रवासीलाई स्थायी बसोबासका लागि अनुमति (पीआर) दिने भएको छ ।
विज्ञान वा इन्जिनियरिङमा स्नातक उत्तीर्ण भएका र कोरियामा वैधानिक रुपले लामो समय बसिसकेका जोकोहीले पीआर पाउनेछन् । यसका लागि वार्षिक २७ हजार अमेरिकी डलर आम्दानी भएको हुनुपर्नेछ ।
कोरियाली आर्थिक उद्यमशीलता र रोजगार अभिवृद्दिमा टेवा पुर्याउने आप्रवासीलाई स्थायी बसोबासका लागि प्रोत्साहन गर्ने नीति अनुरुप यो नियम लागू गरिएको मन्त्रालयले जनाएको छ । न्यायमन्त्री ह्वाङ कोएनले कोरियामा रहेका प्रवासी विद्यार्थीको प्रतिभा कदर गरिने बताएको समाचार कारोबार दैनिकले छापेको छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.