आमाले जंगलमा फालेको ११ महिने बच्चाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । नवलपरासी गैडाकोट ३ की मिना पौडेल (परियार) ले जंगलमा छाडेका छोरा भिष्म पौडेललाई निमोनियाको गम्भीर संक्रमण देखिएको चिकित्स्कले बताएका छन् ।वालक झण्डै २० घण्टासम्म जंगलमा फालिएका थिए । वालकलाई अनकन्टार जंगलमा फालेर आमा प्रेमीसँग हिँडेकी छन् ।
पौडेलाई बुधबारदेखि मणिपाल अस्पालत पोखराको आइसियुमा राखेर उपचार भैरहेको छ तर स्वास्थ्यमा सुधार आउन नसकेको पौडेलको उपचारमा सलग्न चिकित्सकले जानकारी दिए ।
पर्वतका प्रहरी प्रमुख डिएसपी श्याम अधिकारीले बालक पौडेल पहिले देखि नै निमोनियाको रोगी भएको र रातभर जंगलमा चिसो र बर्षाले रुझेका कारण संक्रमण बढेको बताउनु भयो ।
निर्दयी आमा मिना पौडेलका बिरुद्ध श्रीमान कृष्णबहादुर पौडेलले ११ महिने छोरालाई जंगलमा छाडेर मार्ने प्रयास गरेको किटानी जाहेरी दिनुभएको छ । आमाले मुडिकुवा गाविसमा पर्ने सिर्सुवाको जंगलमा मंगलबार दिउँसो छोरालाई छाडेर फलेबासमा प्रेमीलाई भेट्न गएकी थिइन् ।
प्रहरीले आफन्तको सहयोगमा बच्चा जंगलमा फालेको २० घण्टा पछि जीवित उद्दार गरेको थियो ।
बागलुङ जिल्लाको पैञ्युपाटा ५ मा डेरामा बस्दै आएकी मिनाले प्रेमीको विश्वास जित्न छोरालाई जंगलमा फालेर गएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रेमीले छोरा नभए स्वीकार गर्ने बताएकाले जंगलमा छाडेर हिँडेको मिनाले बयान दिएकी छन् ।
दलित समुदायकी मिना परियारले क्षेत्री समुदायका कृष्णबहादुर पौडेलसँग अन्तरजातीय प्रेम बिबाह गरेकी थिइन् । बिबाहपछि केटाको परिवारले हेला गर्न थालेकाले उनी माइती नजिक डेरामा बस्दै आएकी थिइन् ।
मिनाको प्रेमको विश्वासमा परेर आफुले परिवार र आफन्त छाडको कृष्णबहादुरको दावी छ ।
उहाँका ५ वर्षीय छोरा किस्मत र ३ वर्षीय छोरा काले मामा घर बस्छन् ।
कृष्णबहादुर सवारीचालक हुन् ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.