अमेरिकाको मिचिगन विश्वविद्यालयका शोधकर्ताहरुले अध्ययनका क्रममा ५ हजार जना अमेरिकी वयस्क मानिसहरुको मुटु स्वास्थ्यको अध्ययन गरेका थिए । जसको चार वर्षको अन्तरालमा मुटुसँग सम्बन्धित कुनै पनि समस्या देखिएका थिएनन् ।
शोधकर्ताहरुले त्यस क्रममा सामाजिक सम्बन्ध र मुटु सम्बन्धि समस्याबीचको तादात्म्यताको तुलना गरेका थिए । त्यस क्रममा छिमेकीहरुसँगको सामाजिक सहयोगको सम्बन्धले हृदयाघातको खतरा १७ देखि २२ प्रतिशलते घट्ने देखिएको थियो । यस सम्बन्धि अध्ययन प्रतिवेदन इपिडिमियोलोजी एण्ड कम्युनिटी हेल्थ जर्नलमा प्रकाशित भएको छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.