हामीले खाने खानेकुराहरुले आफ्नो यौनेच्छालाई सकारात्मक र नकारात्मक दुबै तरिकाले प्रभावित गर्छन् । त्यसैले यौन सम्पर्कको तयारीमा हुनेहरुले आफुले खाने परिकारमा ध्यान दिनैपर्छ ।
केही खानेकुराहरुमा एन्टी एफ्रोडायासिक अर्थात् यौनबर्धक प्रतिरोधी गुण हुन्छ । त्यसैले सहवासको अगाडि त्यस्ता खानेकुराहरुले खानाले मानिसमा यौन इच्छामा कमी आउँछ । सहवास अगाडि खान नहुने केही खानेकुराहरु यी हुन्-
१. चिज- दुग्धजन्य पदार्थ विशेषगरी चिजलाई यौनइच्छा मार्ने खाद्यपदार्थको रुपमा लिइन्छ । सहवास अगाडि चिज नखानु राम्रो हुन्छ ।
२. सिमी- सहवास अगाडि सिमी तथा गेडागुडी समेत नखानु राम्रो हुन्छ । यसले पाचन क्रियालाई बढि व्यस्त बनाउने र पाचनमै उर्जा खपत हुने भएकाले मानिसलाई अल्छी तथा यौनिक रुपमा कम सक्रिय बनाउँछ ।
३. रातो मासु- सहवास गर्नु अगाडि रातो मासुको सेवन लाभदायक हुँदैन । खासगरी पाचन क्षमता राम्रो नभएका तथा बढि ग्यास पैदा गर्ने मानिसहरुलाई रातो मासुको सेवन गरेको लामो समयसम्मै जिउ पूरै थकानयुक्त बनाइदिन्छ । त्यसैले त्यस्ता व्यक्तिहरुमा तत्कालका लागि यौन इच्छा कम भइदिन्छ ।
४. टोफु- टोफु लगायतका भटमासजन्य पदार्थहरुमा फाइटोस्ट्रोजेन हुन्छ । यसको बढि सेवनले सरीरमा टेस्टेस्टेरोन हर्मोनको मात्रा घटाइदिन्छ जसका कारण यौनइच्छा कम हुन्छ ।
५.ड्राइ फुड तथा बोतलबन्द तयारी खानेकुराहरु- प्रोसेस्ड फुडहरु तथा कम पोषण भएका तयारी खानेकुराहरु जस्तै ड्राइफुडहरुको सेवन समेत सहवासका लागि सहयोगी हुँदैन । सहवास अगाडि यस्ता खानेकुराको सेवनले यौनेच्छा घटाउन सहयोग गर्छ ।
६. रेड वाइन- यद्यपि थोरै मात्रामा रेड वाइनको सेवन कामोत्तेजना बढाउन सहयोगी हुन्छ र यसले सरीरमा रक्त प्रवाह बढाउँछ । तर यसको मात्रा बढि भयो भने परिणाम उल्टो हुन्छ ।
७. इनर्जी डि्रंक्स- इनर्जी डि्रंक्सको सेवनले जिउमा उर्जा प्रवाह गर्ने र सम्भोगलाई थप उर्जाशील बनाउने सोँचाइ धेरै मानिसको हुनसक्छ । तर इनर्जी डि्रंक्सले सहवासलाई उर्जाशील होइन निकम्मा बनाउने खतरा हुन्छ । यस्ता पेय पदार्थमा उच्च मात्रामा चिनी तथा कृत्रिम रंग र स्वादजन्य पदार्थहरु हुन्छ । यसले कामोत्तेजनालाई क्षयिकरण गर्ने खतरा हुन्छ ।
८. ब्रोकाउली- ब्रोकाउलीको सेवनले सरीरमा रहेका विषाक्त पदार्थलाई निर्मल्ीकरण गर्नुका साथै पोषक तत्वहरुले जिउमा अनेक फाइदा पूराउँछ । तर धेरैलाई थाहा नहुन सक्छ ब्रोकाउलीले तत्कालका लागि कामोत्तेजना कम गरिदिन्छ । ब्रोकाउलीमा सल्फोरेफेन र इन्डोल थ्री कार्बिनोल जस्ता रसायन हुन्छन् जसले सरीरमा वेस्ट्रोजेन हर्मोनको मात्रा घटाउने र कामोत्तेजना घटाउने काम गर्छन् । त्यसैले रात्रीकालीन सहवासलाई रोमान्चक तथा उर्जाशील बनाउनका लागि बेलुकीको भोजनमा ब्रोकाउलीको तरकारी नखानु राम्रो हुन्छ ।
९. पुदिना- पुदिनामा मेन्थोल तत्व हुन्छ जसले सरीरमा टेस्टेस्टेरोन हर्मोन घटाउने काम गर्छ । यो हर्मोन कम हुँदा मानिसको यौनेच्छामा कमी आउँछ । त्यसैले सहवास अगाडि पुदिनाको चटनी नखानु राम्रो हुन्छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.